Thursday, August 28, 2014

तीज विशेष : जापानमा को हिट को फ्लप ?

पृष्ठभूमि

तीज हिन्दू नारीहरुको महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाहरुद्वारा स्वतन्त्र र आनन्दानुभूति गर्ने पर्वको रुपमा मनाइने तीज आजकल अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाएको पाइन्छ ।


यो पर्व मुख्य रुपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मानेको भेट्न सक्छौ । भनिन्छ, हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पति पाउँ भनी ब्रत बसेको पौराणिक कथा छ ।

सोही आधारमा अहिलेसम्म विवाहिता नारीले पतिको स्वास्थ्य तथा दिर्घायु र अविवाहित नारीले सुयोग्य पति पाउँ भनी हरितालिका तीजको दिन निराहार ब्रत बस्ने परम्परा रहिआएको छ । तर, समयान्तरालसँगै तीज मनाउने परिपाटी पनि बदलिएको छ । अहिले तीज आउनुभन्दा पहिले नै विभिन्न कार्यक्रम गरी तामाझामका साथ तीज मनाउने क्रम बढेको छ । यसले गर्दा समाजमा पर्व प्रति नकारात्मक सन्देश प्रहाव गरिरहेको छ ।

विदेशमा तीज

दिनानुदिन नेपालीहरुको वसोवास विदेशी भूमिमा बढ्दै छ । विभिन्न अध्ययन, पेशा, व्यवसाय गरी बस्नेको संख्या बढेसंगै विभिन्न सामूहिक संरचनाको घेराभित्र रही दुःख सुख बिसाउने चौतारीको रुपमा विकास गर्ने र विभिन्न गतिविधि संचालन गरी सामाजिक बन्ने अभिप्राय अधिक सस्थाहरुमा देखिन्छ ।

नेपाल देखि कलाकार बोलाएर मनोरञ्जन गर्ने गर्छन् तर, केही यस्ता संस्था पनि विदेशमा हुर्कदै छन्, ती सस्थाले नेपालीको बदनामको शृंखला बारबार दोहोर्‍याउँदै बढ्ने गरेका छन् । झुटको खेति गरेर नेपालीको दिमाग भुट्ने काम गर्दै आएका छन् । तीज जस्तो महान पर्वमा समेत एकै क्षेत्रमा भिन्दा भिन्दै कार्यक्रम गरेर उल्टै दुनियाँ हसाउने गतिविधि प्रस्तुत गर्दै अस्तित्वको लडाईमा उत्रेको हेर्नुपर्दा नेपाली हुनुमा पीडा महशुस नहुने कुरै भएन ।

अझ कलाकार अनुपस्थित हुँदा कार्यक्रममा पुग्ने दर्शक र फ्यानहरुलाई कस्तो असर पुग्छ, याद गर्नुपर्छ कि पर्दैन आयोजकले ? प्रचार एकातिर, कार्यक्रममा कलाकार नभई दिदा आफ्नै संस्थामाथि प्रश्न तेर्सिन्छ भन्ने हेक्का नगरी पुरुषले तीजमा हस्तक्षेप गरी कार्यक्रम गरेर मनग्य आम्दानी गरी स्वाहा पारेका केहि घटनाहरु विगत र वर्तमानमा विभिन्न देशमा समेत देख्दै, सुन्दै र भोग्दै आएका छौ । विदेशमा सामाजिक काम गर्ने आश्वासन बाँडेर खल्ती भर्नेको जमात निकै बढ्दै छ ।

जापानमा तीज : को हिट को फ्लप ?

तीज हिन्दू नारीहरुको पर्व हो । विदेश र नेपालको जुनसुकै कुनामा छरिएर रहेका नेपाली नारीहरु आखिरमा आफ्नो पर्व तीज त पक्कै भुल्दैनन् । सोहिअनुसार जापानमा बसोवास गर्दै आएको म नेपाली ग्रप जुन नेपाली नारीहरुको सामुहिक संरचना बनाई आफ्ना गतिविधि बढाई रहेको छ । त्यसैको पछिल्लो समय आयोजना गरिएको तीज महोत्सव नेपाली नारीहरुसंग हातेमालो गर्दै अन्तराष्ट्रिय नेपाली समाज जापानको सयुक्त आयोजनाले थप टेवा पुर्‍याइदियो ।

नारीहरुको आयोजना त्यसमा पनि नेपालका ख्यातिप्राप्त गायकगायिकाहरु खुमन अधिकारी, रमिला न्यौपाने र कला पंगेनीको विशेष उपस्थितिमा भएको कार्यक्रम भव्य नहुने कुरै भएन । समाजमा सकारात्मक गतिविधि संचालन गर्ने समूह नै नेपाली समुदायका मानिसहरुले अधिक रुचाउछन् । त्यसैको प्रतिफल इकेगामी हलमा भरिएको खचाखच भिडले प्रष्टाईदियो ।

त्यस्तैगरी ‘वि फर अल’ ले आयोजना गरेको सिन्जुकुमा अन्तिम समयसम्म प्रचार गरिएको लोक गायक रामजी खाँड उपस्थित भएनन् । लोक गायिका मन्जु पौडेल, टिका पुन आएपनि गायक खाँडका फ्यानहरु भने खिन्न भएर फर्किए । नेपाल र विदेशमा रहेका नेपालीहरु माझ गायक खाँड सबैको दिल दिमागमा बस्न सफल भईसकेका छन् । यसरी खिन्न पार्ने गरी भोलिका दिनमा गलत नजिर बसाल्ने कार्यक्रम गर्दा संस्थामाथि प्रश्न नतेर्सिएला भन्न सकिन्न ।

अन्तमा,

जसले जे भनेपनि जति दावी गरेपनि नारीहरुको कार्यक्रम भनेपछि नारी भएको तिर अधिक हुन्छन् नै । गलत नियत र नजिर बसाल्नेहरुको कार्यक्रमहरु असफल नै हुन्छन् । केहि सस्थाले समाजमा विस्थापित हुने कार्ड आफै फालिरहेका छन् । टिकट विक्री गरेर कार्यक्रम गरिसकेपछि जे जसरी प्रचार गरिएको हुन्छ सोही अनुसार आयोजकले आफ्ना गतिविधि संचालन गर्नु पर्छ ।

तीज कै वरिपरी केहि यस्ता गतिविधि देखिए, जुन प्रचार प्रसार गरिएअनुसार कलाकार अनुपस्थित हुँदा समेत माफी माग्न नसक्नेहरुले कस्तो संरचना र विधि विधानले चलाउदै छ सस्था भन्ने प्रश्न आगामी दिनमा नआउलान् भन्न सकिन्न । आफूलाई छुट्टै परिभाषित गर्ने पात्रहरु यसरी चिप्लिदा नेपालीहरुले खिन्नता व्यक्त गरेनन् भन्न सकिन्छ र ?

खैर, यस्ता गतिविधिले अर्को संस्थामाथि आउँदो दिनमा गलत पटाक्षेको सिकार नबनोस भन्ने नै हो । यहि समाजमा रहेर सामाजिक गतिविधि बढाउनेहरुले नै आवेगमा आएर उल्टो चर्चा परिचर्चा गरि बढ्दा आफ्ना हर्कतहरुले नेपालीहरु माझ गलत छाप छाड्छ भन्ने बुझ्ने कि नबुझ्ने ? सोचनीय छ ।

No comments:

Post a Comment