Saturday, July 26, 2014

गृहमन्त्री घेराबाहिर, खरेल घेराभित्र

रविन्द्र श्रेष्ठ

त्यसै भनिएको होइन, नेपाल सतिले सरापेको देश भनेर । राष्ट्र अहितका भाषा प्रयोग गरि बोल्ने नेतादेखि सरकारी कर्मचारी कारवाहीको घेरामा कमै तानिएका छन् । उच्च ओहोदावाला बडिगार्ड अघिपछि लिएर हिँड्नु सुरक्षाको हिसाबले ठिकै हो । तर, सोमबारसुरक्षाको घेराभित्र रहेकाले ट्राफिक नियम उल्लङ्घन गरेको घटना चर्चाको बिषय बन्यो ।

चर्चा उनै गृहमन्त्री बामदेव गौतकको हो । त्यसमा पनि गौतमले आफ्नै शैलीबाट बाटो काटेको विषय चर्चामा आएको हो । गौतमका अघिपछि सेना–प्रहरी लुरुलुरु हिँडेका र गौतम भने मध्य सडकममा लेन छुट्याउने डोरी नाघेर बाटो काटेका तस्वीरमा प्रष्टै देखियो ।

गृहमन्त्री जस्ता जिम्मेवार व्यक्तिले बाटो काट्दा ट्राफिक नियम उल्लङ्घन मात्रै गरेनन् । कानुनी राज्यको उपहासको अर्को ज्वलन्त उदाहरण समेत पेश गरे । त्यसैकारण कानुनी राज्यको खिल्लीसमेत उडाउने भन्दै ‘खिल्लीको पात्र’ बने गौतम । बीच बाटोमा गाडी पसारेर ओलर्नूलाई मन्त्रीको कस्तो हर्कत भन्ने रु मन्त्रीलाई नियम लाग्दैन रु

जनतालाई कानुन, मन्त्रीलाई छुट हुनु नेपालमा मनोतन्त्र चलिरहेको छर्लंगै देखिए । त्यस्तै सेना, प्रहरी नेपालका पहरेदार हुन् । उता बामदेवको बाटो काटेकै दिन प्रहरीका एसएसपी छानविनको दायरामा तानिए । बिटाका बिटा लिएर पदोन्नतिका लागि नेताका डेरा र गृहमन्त्री समक्ष विन्ती गर्नु प्रचलित प्रक्रिया नै हो । त्यसैको विरोधमा बोल्दा यहाँ सत्यको दियो निभ्ने गर्छ ।

भ्रष्ट समाजमा भ्रष्टचारीविरुद्ध बोल्नु महापाप ठहर्छ । सत्य तीतो भई दिन्छन् बिटा र चाकडीको बोलवाला चलिनै रहेका छन् । प्रहरीको भेषमा पदीय लालसाले बिटो बोकेर हिँड्नेहरु र प्रहरीको भेषमा चेन अफ कमाण्ड मिचेर गैरजिम्मेवार अभिव्यक्ति दिनु दुवै गलत हुन् ।

जनतामा चुलिँदो रमेश खरेलको वाहवाही केही तह र तप्काका प्रहरी अधिकृतमा इष्र्याको विषय बन्नुकै दुष्परिणाम पनि ठान्नेको कमी छैन । जनताको मन जित्न सफल सायदै नेपालमा कमै प्रहरी अधिकृत रहेका छन् । जनताका प्रिय पात्र बनेकाले गृहमन्त्रीको निर्णयलाई नमान्ने देखिएपछि पछिल्लो समय खरेल गृहमन्त्रीको नजरमा समेत आखे कसिंगर बनन पुगेका थिए ।

पदकै लागि बिटो बोक्न र नेताको चाकडीको दौडमा आफूलाई अघि नबढाएकै प्रतिफल स्वरुप आन्तरिक चलखेल पीडा स्वरुप सार्वजनिक कार्यक्रममा प्रहरीकै भेषमा आफ्नै सहकर्मीविरुद्ध आक्रोश पोखे । चेन अफ कमाण्ड, चेन अफ युनिटीभन्दा बाहिरको अभियक्ति भन्दै मुख्यालयमा गरिएको सरुवाले देशदेखि विदेशसम्म रहेका नेपालीको मनमा केही ठेस अवश्य पुगेको छ ।

जनता माझ रहेको ‘क्रेज’लाई केही अधिकृतले सस्तो लोकप्रियता पनि भने होलान् र छानविनको घेरामा तानिन पुगे । बिटो बोकेर हिँड्नेहरुलाई त स्वाभाविक खुराक मिल्न पुग्यो । विगतमा विवादास्पद बारे अभियक्ति दिने सुरक्षा निकायमा प्रसस्तै होलान् । सत्य यहि हो पैसाको आवरणमा सरुवा बढुवा हुने गर्छन् नै ।

यदि बिटाको चलखेल नहुँदो हो त प्रहरी प्रशासनमा उलेख्य सुधार हुने थियो । खुल्लमखुल्ला अपराधि हिँड्ने थिएनन । यदि खरेलमाथि कारवाही भइहालेमा नेपाली जनता र निडर प्रहरी अधिकृत हच्किन सक्छ । छानविन समितिको निर्णय कुर्दै छन् खरेलका प्रशंसक ।

No comments:

Post a Comment