चुनाब बारे तीन कुरा: रबिन्द्र श्रेष्ठ
दलहरुको ३३ दिनको कसरत पश्चात प्रधानन्यायाधीश खिल राज रेग्मीको नेतृत्वमा चुनाबी मन्त्रिपरिषद गठन गरे l रेग्मी नेतृत्वको सरकार चुनाब पश्चात संबिधान सभाबाट नया प्रधानमन्त्री चुनिदासम्म रहने गरि ४ दलको रोहवरमा नियुक्त गरियो l रेग्मी नेतृत्वको सरकारले ११ सदस्सीय मन्त्री परिषद समेत गठन गरिसकेको छ l २ जना थप गर्नु पर्ने भन्दै दलहरु चलखेलमा लागेका छन् l दलहरुका बीच मत भिन्नता रहेकै छ l चुनाब बारे समर्थन र बिरोध हुदा हुदै पनि सरकारले मङ्सिर ४ गते चुनाब गर्ने घोषणा गर्दै गृह कार्यमा जुटिरहेको छ l
दल बारे
दलहरुको भाग बण्डामा मन्त्रीपरिषदमा मन्त्रीहरु चयन गर्दै चुनाबको मिति घोषणाको समर्थन र बिरोधमा आवाजहरु उठ्दै आएका छन् l सरकारले तोकेको समय सीमामा चुनाब गराउने भन्दै सरकारको कदमलाई स्वागत गरेका छन् l दलहरु विवादका बीच चुनाबी माहोल तर्फ बढेको देखिन्छ l दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई गाउ फर्क अभियानमा लाग्न निर्देशन समेत दिएका छन् l
शहर केन्द्रित राजनीति गरेका दलहरु रित्तो हात लिई पुन भोट माग्न गाऊ जान लागेका हुन् l चुनाब ताका मात्रै गाऊ प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरु पुन आफ्ना पुराना नारा लिएर गाऊ घरमा देखिन थाल्ने क्रम चुनाबी गर्मि संगै बढेर गएको जनता बताउछन l चुनाबी बातावरण बनाउन चार दल छलफल, अन्तरक्रिया र सभाहरुमा समेत जुटिरहेका छन् l
खिलराज बारे
चार दलको बहस, छलफल र अभ्यास पश्चात अन्तत खिलराज रेग्मी चुनाबी मन्त्रीपरिषदको अध्यक्ष्यमा चयन भए l ०६९ चैत्र १ गते विवादका बीच राष्ट्रपति निवासमा राष्ट्रपतिको उपस्थितिमा पदिय सपथ ग्रहण हुदै चुनाबको मिति घोषणा लगतै १०० दिनको कार्यक्रम समेत प्रस्तुत गरिसकेका छन् l खिलराज रेग्मीले प्रधानमन्त्रीमा नाम दर्ज गर्दै दुई *प्रधान* शब्द थप्ने पहिलो व्यक्ति समेत बने l
खिलराज रेग्मी न्यायालयमा सफल ठहरिए पनि सरकारको नेतृत्वमा सफल हुने वा नहुने भन्नेमा भने केहि समय कुर्ने पर्ने हुन्छ l उनको प्रयास र कार्य कुशलताले समस्याबाट निकाश पायो भने उनको दुई *प्रधान* शब्दावलीले सार्थकता पाउनेछ l यदि सफल भएनन भने दुई *प्रधान* फोटो भित्तामा झुन्डाउदै एक इतिहास रच्नेमा दुई मत रहने छैन l
आन्दोलन बारे
नेकपा-माओबादीको नेतृत्वमा अन्य साना राजनैतिक दलको समर्थनमा आन्दोलन गरिरहेका छन् l आन्दोलन धर्ना, बन्द, हड्ताल, चक्काजाम, पुत्लादहन, प्रतिरोध अभियान जस्ता बिरोध र बहस गर्दै आएको छ l त्यस्तै गरि मधेशी दल, नेपाल बार एसोसियसन, जनजाति पार्टी लगायत अन्य साना दलले छुट्टा छुट्टै बिरोधहरु जनाइरहेका छन् l
आन्दोलनको नेतृत्व गरिरहेका नेकपा-माओबादी चुनाब नगराउने पक्षमा रहेको छ l अझ निर्वाचन आयोगमा समेत दर्ता नगराई आन्दोलन गरिरहेका छन् l त्यस्तै गरि ३३ दलको बैठकले मन्त्रीमण्डल र चार दलीय सिण्डीकेटसंग बार्ता गर्नुको औचित्य नरहेको भन्दै प्रेस बिज्ञप्ति मार्फत धेरै पटक जानकारी गराइसकेका छन् l प्रतिगमन तथा फासिवादको अभ्यास गर्ने र सिक्किमीकरण तर्फ देश लम्केको भन्दै संघर्ष बढाइएको नेकपा-माओबादीले भनिरहेका छन् l जबसम्म सहमतीय बाटोमा सरकार र चार दल पुग्दैनन तबसम्म चुनाब हुनै नदिने बताइ रहदा अर्को तिर गोप्य बार्तामा समेत सहभागी हुदै आएका छन् l नेकपा-माओबादीको मोर्चामा केहि दिन सामेल भएका दलहरु अशोक राई नेतृत्वको समाजबादी पार्टी, यादब नेतृत्वको फोरम लगायत दल थिए तर केहि कुरामा मत भिन्नता देखिएकोले ति पार्टीहरु भने बाहिरिएका छन् l
अन्तमा
४ दलले चुनाबी सरकारको वकालत गरिरहेको अवस्थामा अर्को ठुलो शक्ति आन्दोलनमा छ l बार समेतले बिरोध गरिरहेको र दलहरुले चुनाबी रटान मात्रै गर्नाले मङ्सिरमा चुनाब हुनेमा चार दल मै विवाद रहेको देखिन्छ l चुनाबका लागि राष्ट्रिय सहमति जुटाउन सकिरहेका छैनन l यता सरकारले भने चुनाब गराउने प्रतिबद्वता जाहेर गर्दै मिति घोषणा गरिसकेको अवस्थामा राजनैतिक खिचातानीले भने मङ्सिरमा चुनाब हुनेमा आशंका थपिएको छ l
बढ्दो दलहरु बीचको अबिश्वासले देश मुडभेड तर्फ जाने देखिन्छ l देश भित्रका अस्तित्वमा रहेका राजनैतिक दलहरु सजग बनि सहमतीय बाटो पैलाउदै चुनाबी प्रक्रियामा अघि बढ्न सकेमा देशले निकाश पाउने छ l अन्यथा देश पुन: द्वन्द्व तर्फ धकेलिनेछ l

No comments:
Post a Comment