Saturday, July 26, 2014

नयाँ नेपालका लागि नयाँ शक्ति

रविन्द्र श्रेष्ठ

आजभोलि राजनीतिक वृत्तमा नयाँ शक्तिको चर्चा छ । नयाँ शक्तिको विश्लेषण कुनै पार्टी विशेषले सक्दैन । राजनीतिक दरिद्रता प्रदर्शनले नेपाली जनता वाक्कदिक्क भईसकेका छन् । अमन–चयन र शान्ति स्थापनाका लागि पनि नेपालमा नयाँ शक्तिको उदय अपरिहार्य बन्दै गएको छ ।

देश असफल दिशातर्फ बढिरहदा पुनस् जोखिम मोलेर ठोस कदम उठाउन सक्ने नेतृत्व क्षमता र सर्वप्रिय पात्र नभएका हैनन् ।


नेपालमा नयाँ सोचको उदय भइसकेको छ । यसको मतलब हाम्रो मनमा नयाँ सोचले डेरा बसाइसकेको छ । हामी भित्र आएका भित्री इच्छाले हाम्रो जीवन र साथ रहने मानिसहरुको मन परिवर्तनको चाहनालाई उजागर गर्न सक्छ रु

यदि सक्छ भने हामीभित्र भएको राजनीतिक आस्था र विचारलाई थाँती राखेर आफ्नो भित्रि इच्छा शक्तिलाई जगाउनु पर्ने हुन्छ । त्यसपछि सबै मिलेर नयाँ जोस र जाँगरले देश परिवर्तन गर्न सक्ने हिम्मत बटुल्न सक्छौं ।

यो आजको समयको माग पनि हो । फेरि पनि देशले संविधान नपाउने आशंका व्याप्त बन्दै गएको छ । त्यसैले पनि बदलिँदो परिस्थितिमा कर्मठ जुझारु परिवर्तनको एजेन्डालाई अघि बढाउन सक्ने, सबैका प्रिय पात्रको आवश्यता टड्कारो बनेको छ ।

हाम्रो आफ्नो देशको स्वच्छ, सुन्दर, समृद्ध, शान्त, भ्रष्टाचार, महंगी मुक्त र विकासतर्फ अघि बढाउन अग्रंसर हुनको लागि सबै मिलेर संकल्प गर्ने बेला आएको छ । यो तब मात्र सम्भव छ जब हामी भित्र एक नयाँ चेतनाको जन्म वा उदय हुन्छ ।

यसको लागि हामीले सबैभन्दा पहिला नेपाल र नेपाली त्यसपछि मात्र जात–जाति, धर्म–वर्ण, भेषभुषा, लिंग लगायत के–के छन् ती सबलाई हामी मान्छौं र सबैले अपनायौं भने दुनियाँको कुनै तागतले हाम्रो सोच र विचारलाई हराउन सक्ने छैन ।

अहिलेको जस्तै राजनीतिक खिचातानीमा नै रुमल्ली रह्यौं भने परिवर्तन कदापी हुन सक्दैन । नेपाली जनताको चेतनास्तर निकै माथि उठिसकेको छ । मानिसले यी मान्छेहरुका चालबाजीलाई बुझिसकेका छन्, त्यसैले नेपालमा हालै भएको चुनावी परिणाम उल्ट्याई दिएको छ ।

संविधानसभाको दोस्रो निर्वाचनको परिणाम हेर्दा नेपाली जनताको समस्या समाधान हुन सक्दैन भन्ने स्पष्ट रुपमा देखियो । सबभन्दा पहिला हामी नेपाली हौं, त्यसपछि अरु कोहि हौं । नयाँ चेतनाको उदय चाँडै भए देश विकासतर्फ दौडन सुरु गर्नेछ ।

आफ्नो सन्तान जन्मँदा खुसी सञ्चार भएजस्तै देश प्रेमको चेतनाको उदय भयो भने देशवासीमा खुसीका लहर सञ्चार हुन्छ । एकको दुई, दुईको चार भएजस्तै गुणात्मक रुपमा नयाँ नेपाल निर्माणको चेतना हरेक नेपालीको मनमा जागृत भैसकेको छ । रावणको अन्त्यसंगै रामराज्यको स्थापना नेपालमा पनि सम्भव छ । त्यसपछि चारैतिर भाईचाराका वातावरण आफै निर्माण हुन्छ ।

एकपटक हामी सबै कुम्भकर्णरुपी निन्द्राबाट ब्युझनुपर्छ र हामी सबै मिलेर देश विकासका लागि अघि बढ्ने संकल्प गर्न सक्नुपर्छ । तब मात्र भावी पिडीमा आफ्नो देशप्रति केही नयाँ गर्ने चेतना जागृत भइरहनेछ र सारा विश्वमा आफ्नो देशलाई चिनाउने तर्फ लम्किरहने छ ।

हामी सबैले बुझेका छौं कि बच्चालाई हुर्काउन सबैभन्दा पहिला उसको आमाबुबा र त्यसपछि परिवारको महत्वपूर्ण भूमिका हुन्छ त्यस्तै आफ्नो देशलाई परिवारको रुपमा स्थापित गर्नका लागि पनि हामी सबैको समान दायित्व र कर्तव्य हुन्छ ।

तवमात्रै देशका हरेक नागरिकका समस्या सबै मिलेर समाधान गर्न सकिन्छ । नेपालमा चलेको १० वर्षे कालजयी जनयुद्ध र ६२र६३ सालको जनआन्दोलनका उपलब्धि रक्षाका लागि नेपाली जनताले शासन सत्ता राजनीतिक दललाई सुशासन सहितको समृद्ध राष्ट्र निर्माणको कार्यभार सुम्पिदिएका थिए । सबै मिलेर देशलाई सही दिशामा लग्नुपर्नेमा जनआन्दोलनका सहयात्री दलहरु नै अहिले एकआपसमा लडिरहेका छन् ।

नेपाली जनताले सत्ताको बागडोर नेताहरुलाई सुम्पेपनि चेतेका छैनन् । यसैबीचमा नयाँ शक्तिको उदय नेपालीको भित्री चाहना बनेर आउनुपर्छ । तब मात्रै सुन्दर, शान्त, विकसित, भ्रष्टाचार र महंगी मुक्त नयाँ नेपालको निर्माण सम्भव छ ।

No comments:

Post a Comment