Saturday, July 26, 2014

डलरको पक्षमा ‘डलर मिडिया’

रविन्द्र श्रेष्ठ

‘दीक्षितमाथि अमर्यादित प्रहार’ शीर्षकको एक अनलाइनको सम्पादकीयले पछिल्लो समय नेपाली पत्रकारितामाथि थप प्रश्न थोपरेको छ । राष्ट्रिय स्तरमा बहसको विषय बन्दै गइरहेको बेला ‘व्यक्ति–टकराव’संग तुलना गरिनु र संसदमा उठाइएका विषयवस्तु उपर खिल्ली उडाउनु भनेको शान्ति प्रक्रियामाथि पनि प्रश्न तेस्र्याउनु हो ।

मिडियाले सचेतना जगाउने हो, न कि कसैको बचाउ गर्दै आफ्ना तर्कहरु प्रस्तुत गर्ने हो । न्याय दिलाउने नाममा शान्ति प्रक्रिया भाँड्न खोज्नु कत्तिको न्यायोचित हुन्छ रु फुजेल घटनासँग माओवादी आन्दोलन र शान्ति प्रक्रिया संगसंगै जोडिएकाले गम्भीर बहसको विषय छँदैछ ।

राज्य पक्ष र तात्कालीन माओवादीबाट युद्धकालीन समयमा भए गरिएका सयौं घटनाहरु छन् । फुजेल त उदाहरण मात्रै हो । त्यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत समाधान गरिनुपर्छ भन्नेमा राजनीतिक दलहरु एक ठाउँमा उभ्भिएका छन् ।

फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीलाई उचालेर शान्ति विरोधी हर्कतमा सहयोगी भूमिका मिडिया र मिडियाकर्मीले गर्नु सायदै हुन्थ्यो । आग्रह र पूर्वाग्रहको आँखाले हेर्दै  डलरको खेतीमा रम्नु नेपाली जनता माथि धारिलो हतियारको प्रहारभन्दा फरक हुनै सक्दैन ।
दीक्षितको विषयमा संसदमा उठेको प्रश्न र उनले फुजेल घटनालाई उचाल्न खोज्नु शान्ति प्रक्रियासँग जोडिएकाले संसदमा उठान गर्न पाउने अधिकार राजनीतिक दललाई स्वतस् रहन्छ । फुजेल घटना कुनै एक व्यक्तिको समस्या नभई सिंगो माओवादीसँग गाँसिएको र राष्ट्रिय मुद्धा बनेको घटना हो ।

माओवादी शान्ति प्रक्रियाको खम्बा हो र खम्बालाई काट्न खोज्दा आफैतिर पनि लड्न सक्छ भन्नेतिर पनि ध्यान दिनु डलरमणिको मिडिया र सहयोग गर्ने मिडियाको ध्यान जानु जरुरी छ । सिंगो राष्ट्रले पाउने दुस्खलाई संसदीय वहसको विषय बनाइनु नाजायज माग कसरी हुनसक्छ रु

दीक्षित एक व्यक्ति रहेनन्, उनी त मिडियाकर्मी साथै नागरिक अगुवा हुन् । देशको जिम्मेवार व्यक्ति पनि हुन् । उनले देशको शान्ति प्रक्रियामा खलल पुर्‍याउने कि समाधानको बाटो खोज्ने रु डलरको आडमा देशमा अशान्ति फैलाउनु उनका लागि शोभनीय काम हुन सक्छ र रु

उनी जिम्मेवार नागरिक भएकाले उनीसँग जोडिएको करोडौं रकमको हिसाब खोजिनु गलत हुन सक्दैन । अर्को सत्य कुरा फुजेलको घटनालाई मलजल गर्ने मिडियाको नेतृत्व उनैको मिडियाले गरिरहेको छ भन्दा फरक पर्दैन । नन्दप्रसादलाई खुलेर सहयोग गर्ने व्यक्ति पनि उनै दीक्षित हुन् । शान्ति प्रक्रिया टुंगोमा पुग्न लागेको बेला उनको सक्रियता किन र केका लागि रु

फुजेल मात्रै कसरी बहसको बिषय बन्न सक्छ रु यदि साँच्चै न्यायको कुरा गर्ने हो भने सबैको समान तरिकाले समाधान खोजिनु पर्छ कि पर्दैन रु एउटा घटना प्रमुख बनाइनु शान्ति विरोधी हर्कत सिवाय अरु हुन सक्दैन ।

अधिकारी दम्पतीले अनशनको समयमा स्लाइन दिन मात्रै दैनिक ५ हजार कहाँबाट ल्याउँछन् रु फुजेलका एक सामान्य किसान परिवारले काठमाडौंको महंगीमा यत्तिका रकम कहाँबाट ल्याए रु दीक्षितले अधिकारी दम्पतीको घाउमा मलम लगाइरहेको ढोंग रच्दै डलर फलाइरहेका छन् वा डलरको आश्वासनकै कारण नियोजित अघि बढिरहेका छन् ।

हत्या भएको लामो समयपछि न्यायको लागि न्यायालय धाउनुको पछाडिको रहस्य खुल्दै जालान् । तर, अधिकारी दम्पतीको ढाडमा टेकेर दीक्षितले माओवादी र शान्ति प्रक्रियामाथि बन्दुक चलाइरहेका त छैनन् भन्ने प्रश्न स्वाभाविक भएर आउँछ ।

माथि चर्चा गरिएको अनलाइनको सम्पादकीयले मिडियाले पनि डलरको आडमा भ्रमको खेती त गरिरहेको छैन भन्ने अर्को सपाट प्रश्न उब्जाएको छ । देशलाई अराजक गतिविधितर्फ अघि बढाउन केही मिडियाले अग्रणी भूमिका खेलिरहेका त हैनन रु ओझेलका प्रश्नहरुका उत्तरहरु विस्तारै खुल्दै जालान् ।

No comments:

Post a Comment