Saturday, July 26, 2014

आमाघर प्रकरणसँगै नेपाली पत्रकारितामा प्रश्न

रविन्द्र श्रेष्ठ 

दिलशोभाबारे विकसित घटनाक्रमले महत्वकासाथ मिडियामा स्थान पाएसंगै अनेकौ प्रश्नहरु पनि उब्जिएका छन् । दिलशोभाबारे नागरिक दैनिकमा ‘यौन दुराचार’ शीर्षकमा समाचार लेख्ने केपी ढुंगाना घेराबन्दीमा पर्नु स्वाभाविक छ ।

समाचारलाई सुक्ष्म गहिराईमा हेर्दा अतिरञ्जित गरि लेखिएको हुन सक्ने आशंकाका साथै दिलशोभाका विगतका गतिविधि बाहिरिँदै जाँदा सोच्नै पर्ने बाध्यता पनि छ ।

टेप प्रकरणबारे सत्यतथ्य बाहिर आउने सम्भावना कम देखिन्छ तर, दिलशोभाले सञ्चालनमा ल्याएको आमाघरलाई शंकाको दृष्टिले हेर्नेहरु बढ्ने देखिन्छ ।

प्रक्रियागत त्रुटिमा आमाघर सञ्चालनमा ल्याइएको र मापदण्ड विपरित बालबालिका राखिएको भन्दै उद्धार गरिएको छ । यद्यपी मापदण्डको सवालमा यो आमाघरको मात्र होइन अधिकांश आश्रमको समस्या हो ।

समय सन्दर्भमा पत्रकार ढुंगाना सहि वा गलत भन्नेमा तर्क वितर्क गर्ने कम छैन । पत्रकार विजय कुमारले ‘यौन दुराचार’को समाचार माथि प्रश्न उठाएका छन् । तर यो पनि सोच्नै पर्ने हुन्छ कि नेपालमा मिडिया प्रतिस्पर्धाको अवस्था कस्तो छ र ?

यही घटनालाई लिएर आ–आफू अनुकुलका तर्क वितर्क हुनुलाई नकारात्मक पटक्कै मान्न नसकिएला । तर मिडिया केन्द्रित भाले जुधाईले मिडियाप्रतिको विश्वास बढ्ने हैन, घट्ने पो हो की र ?

यसबाट जोखिम मोलेर खोजमुलक समाचार सम्प्रेषण गर्ने पत्रकारहरुमा कमी आउन सक्छ । कलमको डोबबाट शब्दवाण फाल्नेहरुका कलमहरु निमोठिन सक्छ । यसको मतलब पत्रकार ढुंगाना सही छन् या सही हुनुपर्छ भन्ने अर्थ नजाओस् ।

नेपालमा जोखिममा रहेको पत्रकारिता पेशामा फेरि समाचारका प्रतिक्रिया स्वरुप धम्की उपहार पाइएको यथार्थ छ । पत्रकारले कैयौं जोखिम मोलेर सकारात्मक खोजमूलक समाचार सम्प्रेषण गर्ने यथार्थलाई मुल्यांकन गर्ने कि नगर्ने रु यी विषयहरुको उठान किन गरिदैन रु सामाचारको गाम्भीर्यतामाथि प्रश्न उठ्नुलाई अन्यथा मान्नु स्वाभाविक हुँदैन र पत्रकारलाई इंगित गरिनु कुनै अनौठो पक्कै होइन ।

समाचारकै कारण घरवार बिग्रिएकादेखि आत्महत्यासम्मका घटनाहरु हाम्रा सामु छन् । यस्ता घटनाबाट पाठ नसिकी अरुको पिडामा रमाउने पत्रकारको पनि कमी नभएको भने होइन । आग्रह र पूर्वाग्रह, विज्ञापन र आर्थिक फाइदाका लागि ब्ल्याकमेलिङ, अवैध काममा प्रोत्साहन गर्ने पत्रकारहरु पनि हामी माझ होलान् ।

समाजमा व्याप्त विकृत र विसंगतिलाई चिर्न तत्परता भन्दा पनि मिडिया मालिकको भलो हुनेतिर बढी ध्यान दिने कलमबाजहरु पनि होलान् । यी इतरका पत्रकारका समाचारहरु प्रकाशित नगरिदिने हर्कतहरु पनि प्रशस्तै भएका होलान् । हुनत सत्य सँधै अन्धकारमा रुमलिएको हुन्छ ।

यसबीचमा गम्भिर प्रश्न उठेको छ, ‘आमाघर प्रकरण मिडिया प्रतिस्पर्धा कि सत्यतथ्यका लागि अनुसन्धानमा सहयोग पुर्‍याउने बहस रु’

No comments:

Post a Comment