Saturday, July 26, 2014

कालो डायरी: शान्ति पदयात्राका अध्यक्षको भौतिक आक्रमण भोग्दा…

रविन्द्र श्रेष्ठ
जापान, २०१४-६-२९ । जापानको टोकियो सहरको मेगुरोस्थित मेगुरो कुमिन सेन्टरमा फिल्म कबड्डी हेर्न साँझ ६ बजे पुगेको थिएँ । कम्पाउण्डभित्र प्रवेश गर्नासाथ नेपालजापान युथ क्लब तथा गैर आवासीय नेपाली संघ ९एनआरएन० आईसीसीका युवा प्रतिनिधिटासी लामासँग हात मिलाएर सरोजकुमार खत्री भएको तिर लागेँ । भेटेर सामान्य कुराकानी भयो र जोन छन्त्याल भएको ठाउँमा गई केही मिनेट गफगाफपछि नेपाल सन्देशका प्रबन्ध निर्देशक नविन निउरेसंग भेट गरेँ ।

नेपाल सन्देशले अफिसियल मिडियाको जिम्मा लिएकोले हामीलाई पासको व्यवस्था गरिएको रहेछ । निउरेले पास दिएपछि भित्र प्रवेश गर्‍यौं । फिल्म सकेर बाहिर निस्कदा सिमसिम पानी परिरहेको थियो । ओत लाग्ने कम्पाउण्ड भित्रकै अर्को छेउतिर गयौं । निउरेलाई जाऊँ भन्दै गर्दा ‘म टासी सरोज लगायतसँग गएँ है’ भनेर आउँछु भनेर उनीहरु भएको ठाउँतिर खोज्दै गए । म र एक जना साथी त्यहीँ कुरेर बस्यौ ।

५ मिनेटसम्म नआएपछि दायाँबायाँ हेर्दा टासी लामा, सरोजकुमार खत्री, किरण थापा मगर र लेनिन लगायतसँग गफ गरेको देखेर उनीहरु भएको ठाउँमा पुगे र नविनजी जाऊँ भनेपछि क्रमस सरोज, लेनिन, किरण थापा मगर, टासी लामा र अरु तीनजना नचिनेकासंग हात मिलाई हिँड्न लाग्दा लेनिनले अस्ति लेखेको स्टाटस भन्नुभयो । टासीजीलाई थाहा छ । ‘तपाईंलाई पनि नविन जीले भनेको हैन’ भन्दा हो भने ।

लेनिनले अरुको शेयर नगरेको भए हुन्थ्यो भने लगत्तै किरण भन्नेले हात उठाउँदै शरिरलाई समात्न खोजे । ‘नसमात्नु होला’ भन्दा के गर्छस् भनेपछि मैले उनको हात झड्कालेर कलदारबाट छुटाएँ । उताबाट के भयो भन्दै एक जना आएका थिए ।

परबाट के भयो भनि आउँदै गर्दा लेनिन र अरु दौडिएर ‘साथीहरु बीचमा बोल्ने त को होस्’ भन्दै त्यही लडाइदिए । ‘को रु’ भन्ने मैले चिनिन र फर्किए टासी, लेनिन र उनका साथीहरु । त्यसपछि अर्को पवन केसी भन्नेले अचानक मुर्मुरिएर ‘रविन्द्र भन्ने तै होइनस् रु’ भन्दै आक्रामक शैलीमा आएको देखेँ ।

नविनले पवनलाई समातेर पर लगेपछि किरणले कलदारमा समात्दै ‘किन लेखिस हाम्रो बारेमा रु’ भन्दै आक्रामक बनेपछि ‘प्रष्ट पार्न टासी र लेनिनलाई सबै थाहा छ’ भनेर उहाँहरुसंग सोध्न अनुरोध गरें । उनीहरुको समूहका अधिकांश त्यही रहेछन् र घेरिहाले । जब बुझाउन खोज्दा हात कलदारमा पुग्छ भने मानव भैसकेपछि स्वाभाविक रिस उठिनै हाल्ने कुरा हो । ‘हो शेयर गरे अब समाधान खोजौं’ भन्दा बढी बोल्छस् भन्दै किरणको मुडे बलले स्थान पाउँदा घटनाले ठूलो रुप लिन पुगेको थियो । टासी र लेनिनले घटना बुझेका थिए । र, त मौन थिए ।

कसले लेखेको भन्ने प्रष्ट थाहा थियो । टासी र लेनिनको अनुरोध अनुसार फेसबुक स्टाटस बारे प्रष्ट पारिसकेको हुँदा बारम्बार टासीलाई सोध्न भनिरहँदा मौन देखिए । कमसेकम जिम्मेवार मान्छेलाई सब थाहा छ भने आफू मातहतको सदस्यहरुलाई सर्कुलर गर्नुपर्छ कि पर्दैन रु के नेपालजापान युथ क्लबमा विधि–विधान भन्ने छैन रु मुडे बल मात्रै हो रु चित्त नबुझे कानुनी सल्लाह कि सामूहिक छलफलले समाधान निकाल्नु पर्छ भन्ने सामान्य कुरा बिर्सेर पाखुरीको दम्भ प्रस्तुत गर्ने रु

जबकी टासी र लेनिनले पत्ता लगाएकोमा धन्यवाद दिँदै नराखेको भए हुनेथियो भनेर महिनौ दिन पहिले म्यासेज गरेको थियो । जव लेख्ने मान्छे नै उनको अगाडि राखिदिएपछि चेतनशील व्यक्ति हुँदो हो त बुझ्दो हो । मानवरुपी दानवको श्रृंखला पार गर्नुपथ्र्यो र रु दम्भ र आक्रोश पोख्ने मुर्खहरुसंग मुखमुखै लाग्नुभन्दा सकेको पिट भनेर आफ्नो शरिर तिनैलाई सुम्पिदिएको थिएँ । जुन विषय उठाएर हातपातको श्रृंखला थोपर्ने काम गर्‍यो । त्यो घटनासँग परिचित थिए वी फर अलका अध्यक्ष सरोजकुमार खत्री ।

उनैले छुट्टयाउने प्रयास गरेका थिए । सरोजको सकारात्मक सहयोग र नविनको सकारात्मक पहलकदमीले केही राहत मिल्यो । मैले सकेको पिट, पिटेर समस्या समाधान हुने भए भनेर बारबार भनिरहेँ उनीहरुले अनुहारमा हिर्काउन निकै प्रयास गरेका थिए । अनुहार बचाउन सफल भएँ । नविनले जाऊँ भन्दै तानेर गाडीतिर लगे । बीचमै छाता तेस्र्याएर आएको देखें । त्यसको छातालाई तानेर धकालिदिएँ । म आफै संयमित हुनुपर्छ भन्दै हात छोड्ने काम गरिन ।

केही दर्शकले पाखुरीवालालाई नै समर्थन गरेर लहलहैमा लेखेको पनि देखें । गाडीको नजिकै पुग्दा बुर्कुसी मारेर पिट्न खोज्दै थिए । त्यहि बेला पुनस् जति सक्छस् पिट भन्दै सरोज वा कोही साथीले समात्दा झड्कालेर उनीहरुलाई शरिर सुम्पिदिए । सहयोगीको रुपमा सरोज वा अर्कैले पुनस् समात्यो ।

लगत्तै टासीले मुखमा प्रहार गरेको थियो । दुश्मनले आक्रमण गर्दा शरीरको कुन भागमा कसरी सेभ गर्ने भन्ने सिकेको कला प्रयोग गरें । उनीहरुको मुभमेन्ट हेर्दै बचाउ गरिरहें । टासीको जवाफी आक्रमणलाई लेनिनले समर्थन गरेझैं मुर्मुरिएर आए । यस्तो लागेको थियो, टासीको निर्देशन कुरेर बसेका थिए लेनिन । यसको मतलब टासीको निर्देशन अरुले नमान्ने रहेछ । मात्रै लेनिनले मान्दोरहेछ ।

लेनिनले टासीको निर्देशन मानेको देख्दा सच्चा कार्यकर्ता नेपालजापान युथ क्लबमा उनी मात्रै रहेछझैँ लाग्यो । किरण, पवन लगायतले पाखुरीको दम्भ देखाएर जापानमा आफ्नो साम्राज्य खडा गर्ने सोचेकाहरु यो विदेशी भूमी हो र एकले अर्कोलाई साथमा लिएर बढ्नुपर्छ भन्ने भुस भरिएको दिमागले सोच्न सकेनन् । केही हदसम्म मान्छेको रुपमा टासी र लेनिन उभिएका थिए । तर, मन थाम्न सकेनन् अन्तत प्रहार गरे । मेरो मुखमा हानेको मुक्का मेरो हातमा बज्जारिएको थियो । मेरो हात उनीहरु तर्फ फर्किएन ।

मलाई समात्ने सरोजले अनुभव गरेका थिए होला । कुनै बेला ‘आक्रमण गरेमा ठोक्नुपर्छ’ भन्ने सरोजले मलाई समात्दा बुझें होलान् मैले हात छोडे वा छोडिन भन्ने । मलाई याद भएसम्म मैले एक पन्च पनि फर्काइन । मेरो पेशाप्रतिको इमान्दारिता, संयमता र धैर्यतालाई निरन्तर कायम गरि बढे ।

अध्यक्ष तथा संयोजक लामाले घटनाको केही दिनअघि तेज अर्यालको समाचारबारे केरकार गरेका थिए ।

‘समाचार गलत छ । केहि मिल्दैन । त्यो पहिल्यै मिलाई सकेको घटना थियो ।’ लामाले घटना सत्य हो पनि भन्न भ्याएका थिए । एनआरएन आईसीसी युवा संयोजकको हैसियतले नै ममाथि प्रश्न गरेका थिए । त्यसकारण कतै न कतै यस घटना र तेजप्रसाद अर्यालले समाजको सामू पिट्ने हुंकार गरेका थिए । जब उठबस तेजको टासीसंग हुन्छ भने ‘दालमा केही कालो छ’ भनेर सानो दिमागले पनि सोच्न सक्छ । एक पत्रकारको नाताले त सोच्ने भैहाल्यो । जापानमा रहेका डन संथाका व्यक्ति जोडिएकोले आक्रमण गर्छन् भनेर कुलेलम ठोक्ने कुरा पनि भएन । गलत र सही पहिचान गरेर लेख्दा जोसुकैको आक्रोश र धम्कीसंग आत्तिन थालियो भने त पत्रकारिता हैन, कोदाली र हलो बोकेर खेतबारीतिर लागे भो।

त्यसैले आक्रोशित जत्थाको गुण्डागर्दी शैलीको स्वागतलाई स्वीकार्दै मुकदर्शक बनेका नेपालीहरुको भीडमा पिटाई खानु उपहार सम्झिँदै स्वीकारेको थिए । तर, नेपालजापान युथ क्लबको नाममा जारी गरिएको भनिएको विज्ञप्ति नेपाल सन्देश र महासंघले निकालेको विज्ञप्ति ठाडै अस्वीकार गर्दै ‘हामीले कुनै पत्रकारमाथि हातपात गरेका छैनौ’ भन्ने शिर्षकमा समाचार नै प्रकाशित गर्दा नैतिकता हराएपछिको परिणाम ठानें । यसले दिउँसै समाजमा भ्रम फैलाउन सक्छ भन्ने अर्थ लाग्न सक्छ । अब बुझौं क्लब भन्ने सस्थाको हैसियत कति रु

 ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्दै विश्वमा शान्ति फैलाउने सन्देश दिने उद्धेश्यले जापानमा ‘लुम्बिनी शान्ति पदयात्रा’ गर्ने संस्था नेपाल जापान युथ क्लबका अध्यक्षको नेतृत्वमा यस्तो हर्कत हुँदा अचम्मित भएको छुँ । सो पदयात्राको नेपाल सन्देशले विशेष प्राथमिकताका साथ समाचारहरु प्रकाशन समेत गरेको थियो । प्रवासी भूमिमा नेपालीमाथि नै हातपात गर्ने अध्यक्ष रहेका संस्थाले शान्ति ‘पदयात्रा गर्नु नाटक पो रहेछ’ भन्ने महसुस हुँदा दुस्खित बनेको छु ।

No comments:

Post a Comment