Saturday, July 26, 2014

विश्वकपलाई बनाइँदै जुवाको खाल !

रविन्द्र श्रेष्ठ

बढ्दो फुटवलप्रतिको आकर्षणले खेलाडी र सहभागी मुलुकबीच मात्र होइन खेलप्रेमीबीच प्रतिस्पर्धा हुने गरेका छन् । पैसाको बाजी खेल्नु, मन पर्ने देशको जर्सी लगाएर प्रदर्शन गर्नु, मध्यरातमा ठूला पर्दा राखेर फुटबल देखाउनु र हेर्नुजस्ता क्रियाकलापहरु विश्वकप महाकुम्भका समयमा देख्ने गरिन्छ ।

कसैले खेलाडीका आधारमा त कसैले विगतका खेलले दिलाएको सफलताका आधारमा मुल्याङ्कन गरि समर्थन गर्ने गरेका भेटिन्छन् । मुल्याङ्कन आ–आफ्नै हुन्छन् तर, खेल र खेलाडी विदेशी भएपनि नेपालीहरु उनीहरुकै खेल हेरी बाजी लडाई रहेका छन् ।


न त ति खेलाडीलाई हौसला मिल्नु, न कि राष्ट्रलाई हौसला मिल्नु । हचुवामा खेलिने जुवा दाउ र जर्सी लगाएका हुलले सडक छेकेर रमाइलोमा झुम्नु कत्तिको सकारात्मक रुपमा लिन सकिन्छ रु हामीले गरेका क्रियाकलाप कतै तमासा त बनिरहेका छैनन् ।

जबकी यसपटकको विश्वकप आयोजक ब्राजिलमै ठूलो नागरिक हिस्साले ब्राजिलले विश्वकपको आर्थिक भार थेग्न नसक्ने भन्दै विरोध जनाइरहेका छन् । ब्राजिललाई पटकपटक विश्वकपको कप उचाल्न योगदान पुर्‍याएका चर्चित खेलाडी रोमियोको नेतृत्वमा ब्राजिलको दोस्रो ठूलो सहर रियो दे जेनेरियोमा विशाल जुलुस समेत निस्किएको थियो ।


उनीहरुले ब्राजिलमा आर्थिक वृद्धि नभइरहेको र नागरिकका लागि आवश्यक भौतिक विकास दिन नसकेको बेला अथाह रकम खर्च हुने विश्वकपले ब्राजिललाई फाइदा भन्दा घाटा पुर्‍याउने तर्क गर्दै आएका छन् ।

तर हामी रमाइलोको नाममा आर्थिक पाटोलाई ख्यालै नगरी बाजी थाप्नेदेखि टिसर्ट किन्दै छातिमा भिरिरहेका छौं । पक्ष विपक्षमा रहेर सौहार्द वातावरणमा खेल हेर्न छाडेर जुवाकै बाजी अन्तिम विकल्प ठान्नेहरु यसपटक पनि कमी छैन । खेलप्रेमी देखासिकीमै रुमल्लिरहेको प्रष्ट देखिन्छ । अनावश्यक रुपमा गरिने खर्चलाई खेलकुद क्षेत्रमा लगानी भएको मानिदैन ।

जापानको हारको पीडा जर्मनीले बढायो

अस्तित्वको लडाई नै बनाएर वादविवादमा उत्रनुले नेपालीहरुको मानसपटलमा लुकेको रवैयाले जरा गाडी रहेको प्रष्ट बुझ्न सकिन्छ । विदेशमा रहेकाहरुको भने आफनो विगत र परिस्थिति भुलेर हजारौं दाउ हान्ने गरेका समेत घटनाहरु बाहिर आए ।

ाद(कतबगक(धयचमि(अगउ(यिततबचथजापानले पहिलो खेलमा हार व्यहोरेपछिको घटना हो । जापानमा अध्ययनरत एक विद्यार्थी भिषामा रहेकाले स्टाटस लेखे, जहाँ देखासिकी र देखावटीको प्रभाव झल्किन्थ्यो । उनले लेखेका थिए ‘जापानी टोलीले ७ मान ९लगभग सत्तरी हजार० खाए अब पोर्चुगलबाट फिर्ता ल्याउने तयारी’ भनेर पोस्ट गरेका थिए ।

जापानीलाई समर्थन गर्दा ७० हजार हारेको अब हुने खेलमा पोर्चुगललाई समर्थन गरि जर्मनीले हारेमा पैसा फिर्ता आउने आशय नै थियो । सोमबार राति भएको खेलले ठिक उल्टो परिणाम दियो । जर्मनीले बाजी मारे तर स्टाटसवाला विद्यार्थीले भने फेरी पनि बाजी हारे ।

खेल कसैको वसमा हुँदैन । न त बाजीसंग खेलाडीको कुनै नाता सम्बन्ध नै रहन्छ । बाजी हारेको झोकमा पोर्चुगललाई समर्थन गर्दा फेरि आफै पल्टिए । उनले सोचेनन जुवाको नसाले वर्वाद गर्छ, चाहे आफूले जित्दा, अर्कोले हार्दा वा आफूले हार्दा अर्कोले जित्दा होस् आखिरमा हार्नेको पीडा एकै हुन्छ ।

No comments:

Post a Comment