Sunday, August 18, 2013

थप्पडसंग प्रचण्ड किन तर्सिए ? तस्विर सहित

नेपाल सन्देश डट कम का फोटो पत्रकार गोकर्ण लामिछानेको फोटो सुट रोचक र घोचक लाग्यो l सन्दर्भ जोडौ कैदी शैलीमा पार्टी प्रवेश कै l नेपालका अधिकांशको मुखमा धेरै झुन्डिने नाम कसको भनिरहनु नपर्ला l बालक देखि बृद्वसम्म चर्चाको शिखरमा रहनुमा जनयुद्व, शान्ति प्रक्रियाका प्रमुख व्यक्ति, रुन धुनमा माहिर, थप्पड प्रकरण त कहिले पारिवारिक झमेला, महंगा बस्तुको उपयोग, अझ देश कै आशा र भरोसाको केन्द्र मानिएका उनी कहिले उट्पट्यङ्ग भाषणले चर्चाको शिखरमा त कहिले चातुर्य पन लगायतले गर्दा नेपाल कै चर्चित अनुहार बनेका हुन् प्रचण्ड l


हट्टा कट्टा ज्युडाल, लामो कपाल भएका व्यक्ति पार्टी प्रवेशको उत्साहले मंचमा पुग्छन l तब सुरु हुन्छ रमाइलो भाग l हो, आज त्यहि रमाइलो भागलाई तस्विर सहित राख्ने जमर्को गरेको छु l देश कै नेतृत्व गर्न तयार, जनयुद्व ताका नायकको उपाधि पाएका सर्वाच्च कमान्डर एकाएक हताहत मानसिकतामा किन पुगे ? अनुमान गर्न सक्नु भो होला l त्यहि जुन थप्पड प्रकरणले चर्चित भन्यो l उनी माथि थप्पड हान्ने उनैका कार्यकर्ता थिए l जो आवेग र आक्रोशले निम्त्याएको चर्चित प्रकरण थियो l प्रचण्डलाइ थप्पड हान्ने पदम कुवर थिए l उनकै त्रासले बाचिरहेको झल्को दिलायो पार्टी प्रवेश कार्यक्रमले l

हुन त मैले भनिरहनु पर्दैन l तस्विर आफै बोल्छ l तस्विर हेर्ने साना देखि बृद्वसम्मकाले उनलाई किन समात्यो भन्ने प्रश्न नगर्ने मान्छे नै नहोला पनि l पार्टी प्रवेशको लाम लस्करमा संगै त्रास लिएर प्रवेश गराउनु साथै कैदी जसरी पार्टी प्रवेश गर्नु चाहि नेपाल र बिश्व मै नौलो प्रयोग मान्न सकिएला ? यसरी अपमानित हुदै पार्टी प्रवेश हुनुलाई प्रवेश गर्नेले कसरी लिए होलान उनकै कुरा l तर, समातिदा पनि विवाद बिनै सहजै टिका टालोमा सरिक हुनुमा भने अर्थ पूर्ण तरिकाले मुल्यांकन गर्न सकिने ठाउ प्रसस्तै छ l

कपाल लामो हुनेलाई नेपालमा झ्याप्ले, गुण्डा अर्थात डन भन्ने चलन छ l लाग्छ उनी गुण्डा कै बहुरुपी होला न होला अर्कै कुरा भो l मेरो अनुभब र अनुभूतिका संगालोमा भने पार्टी प्रवेश केहि कारणले गर्ने गर्छन l
१) काम गरिरहेको पार्टीमा पदीय तथा बैचारिक बिचलनको आरोप सहित बाहिरिनु l
२) आफ्ना कर्तुत ढाक्न बिकल्प ठान्दै पार्टी प्रवेश गर्नु l
३) अर्को बिशुद्व राजनैतिक तथा बैचारिक उपलब्धि प्राप्तिका लागि कटिबद्व हुदै प्रवेश गर्नु l
४) अवसरको खोजीमा भौतारिदै प्रवेशको बिकल्प देख्नु l

यी केहि कारणले प्रवेश गर्ने प्रचलन नेपालमा विद्यमान रहिआएको छ l एमाओबादीमा प्रवेशको कारण अवसर र बिगतका कमीकमजोरी छोप्न अपमानित हुदै लाम्लस्कर लाग्दै कैदी शैलीमा प्रवेश गरेको बुझ्दा न्याय हुने देखिन्छ l बैचारिक राजनैतिक धरातल भएकाहरु कैदी शैलीमा प्रवेश गर्दैनन् l बाकि आफ्नै रहर र कार्यशैली कै कुरा हुन l

तस्विर आफै बोल्छ

साभार गरिएको तस्विर

1 comment: