Tuesday, August 13, 2013

गोलमेच मोह कि बाध्यता

रबिन्द्र श्रेष्ठ । rabindra shresthaश बर्षे जनयुद्वको जगमा बाह्र बुँदे सहमति र  तत् पश्चात जनआन्दोलनले ल्याएको उभारले राजतन्त्रलाई गणतन्त्रको घोषणाले सर्वश्व हरण गर्‍यो । राजनैतिक दलमा बिवादकै बीच गरिएको गणतन्त्रको घोषणाले राजतन्त्र त फ्याँक्यो तर राजतन्त्रको अवशेष चाहि हुत्याउन सकेन ।  अर्थात, राजनैतिक दलहरुको बझ्याईले केहि दल ठूला त बने, राजाको मुकुण्डो फेरीए तर नयाँ राजाको अवतारको रुप धारण भने गणतन्त्रसंगै लिएर आए  ।
नेपाली जनताको आकांक्षा र भरोसाको केन्द्र राजनैतिक शक्ति थिए  । राजतन्त्रात्मक व्यवस्था हुदा राजनैतिक दल पिजडाको पन्जा भित्र जस्तै थियो  । उनीहरुलाई गणतन्त्रले पिजडा मुक्त गर्‍यो । दलहरु बीचको तिक्ततासँगै देशै भरि चुनावी सरगर्मी बढेर गएका कारण चुनाव रोक्ने आँट दलहरुसँग भएन । अन्ततः जनताले प्रत्यक्ष र समानुपातिक गरि ६०१ एक जना सभासद्लाई संबिधान बनाउन पठाए तर बहुमत भने कुनै राजनीतिक दललाई दिएनन् ।

जब दलहरु संविधानसभा भवनको घेरा भित्र पसे तब  सरकार निर्माण र राष्ट्रपति निर्वाचनको दौरानमा बिगतका संसदीय शासनका प्रवृति जस्तै राजनीतिमा मै खाउँ र मै लाउको तुच्छ व्यवहारले स्थान पाउदै गए । बहुमत नपुगेको अवस्थामा सरकार  बनाउने र ढाल्ने प्रक्रिया निरन्तर चलिरहे ।  जनताले बिश्वास गरेर हालेका भोटहरु नोटमा बिक्रि हुन थाल्यो  ।  अझ भनौं निर्वाचन क्षेत्र विर्सेर उनीहरु काठमाण्डौको माया जालमा लर्वरिदै फस्दै लड्दै बढ्दै गए । सून्यतामा बदलिंदै गए  ।
त्यसै प्रक्रियाको दौरानमा सरकार बिरोधि आन्दोलन भए वा भनौं गरे  ।  आन्दोलन एमाओबादीको जनउभारले गाउँदेखि जिल्ला हुदै काठमान्डौंमा अवस्थित सिंहदरबार केन्द्रित आन्दोलन चर्काइयो ।  माधव नेपाल सरकार  नेतृत्वका विरुद्व सरकारको बिघटन, गोलमेच सम्मेलन लगायत जनपक्षीय  नारा स्थापित गर्दै बढ्दा केहि हताहत मानसिकताका कारण बिचैमा बिछोड भो आन्दोलन ।
संबिधान सभा भित्र बिवादित बन्दै गएको मुद्वाहरुको वाक्क दिक्कले बिरक्तिएका माओवादीहरु आन्दोलनको दौरानमा गोलमेच सम्मेलनलाई उच्च प्राथमिकताका साथ् उठान गर्ने गर्थे । लाग्छ, अनुकुलता र ब्याकुलताभित्र भित्र खोजिएको एक मात्र बिकल्प देशै भरिका अस्तित्वमा रहेका राजनैतिक शक्तिबीच राउण्ड टेबल अर्थात गोलमेच सम्मेलनले एक ताका स्थान राम्रै पाएका थिए तर पनि पछि सुनिएन अर्थात अन्तत केहि समयसम्मका लागि स्थगन गरे जस्तै भो माओवादी भित्र ।
जब दुई माओवादीले सामान्य तरिकाले समस्या समाधान हुने छाँटकाँट देख्दैनन, त्यसपछि बार्गेनिङ्गको बिकल्प गोलमेच सम्मेलन देख्ने गरेका छन् ।  आजका दिनमा एमाओवादीले मोह त्यागेको र नेकपा—माओवादीले एक मात्र बिकल्प  किन देखेका हुन् त्यो भने समयको चक्रले देखाउला । यद्धपी समयको चक्रले पुनः गोलमेच कै वरिपरि राजनीति घुमिरहेको छ । राजनैतिक दलका शिर्ष नेताहरुले गोलमेच बारे आ—आफ्ना धारणा प्रस्तुत समेत गर्दै आएका छन् तर, त्यसबारे स्पष्टता भने देखिन्न ।
स्पष्ट हुन चाहन्छ नेपाली जनता साच्चै गोलमेचले समस्या समाधान दिने हो कि सत्ता राजनीतिमा आफ्नो स्थान सुरक्षित गर्न कार्यकर्तालाई भुल भुलैयामा पारिएका हुन् । स्पष्टता सहितको गोलमेच सम्मेलनको वकालत गरिएकै हो भने संबिधान सभाको चुनाव भन्दा अगाडी व्यापक कार्यकर्ता र जनता माझ स्थापित गराउन सक्नु पर्छ । ढुलमुले नीति हो भने वार्ता र संबिधान सभाको कथित फोहोरी राजनीतिको आहालमा डुब्न गोलमेच सम्मेलनको बढ़त्याई गरिएको हो भने जनताले नेकपा—माओवादीलाई आगामी दिनमा स्विकार्ने छैनन्  । राजनैतिक दल र जनताबीच स्थापित बन्दै गएको गोलमेच सम्मेलनले स्थान त पाउदै गएका छन् संगै बिश्वास पनि गुमाउदैछ ।
दैनिक हुने राजनैतिक उतार चढावले गाजेको बेला जनताको आकांक्षा फेरी कुठाराघात हुने सम्भावना देखिन्छ  । वार्ता र आन्दोलनको बीचमा गोलमेच गुम हुने साथै सरकार र राजनैतिक दलबीच वार्ताले सहमत भएमा फेरी गोलमेच सम्मेलन तुइने सम्भावना बढेर जान सक्ने आधारहरु बर्तमान परिस्थितिमा सृजना भएको आभाष हुन थाल्दो छ । गोलमेच सम्मेलनको नाममा जनता भिडाउने दुष्प्रयास नगरेकै बेस ।
साच्चै जनता प्रति बफादार हौ भने दह्रोसंग पकड्दै सम्भव भएसम्म सबै राजनैतिक घटकलाई गोलबन्द गरि गोलमेच सम्मेलनको बाटोमा माओवादी बढोस अन्यथा घरवार बिहिन बास हुनेछ  ।

No comments:

Post a Comment