भुकम्प धेरै जाने भएर जापानलाई भुकम्पको देश भनेर चिनिन्छ । भूकम्प
गैरहने भएकाले नै जापानमा उच्च सतर्कता अपनाउने गरिन्छ । अर्थतन्त्रमा
विश्व मै अग्रस्थानमा रहेका जापानको भुकम्प जोखिमबाट बच्ने उपाए र अपनाउने
बिधि नै रोचक रहेको छ ।
जापान अर्थतन्त्रमा अग्रस्थानमा आउनुका मुख्य कारण मिहिनेती र परिश्रमी हातहरु नै हुन् । यहाका मान्छेहरु आफ्नो परिवार भन्दा कामलाई जोड दिन्छन ।
समय मै काममा जाने, दिईएको जिम्मेवारी पुरा गर्ने भएकोले काममा एकरुपता र सहजता पैदा हुने हुदा काम र दाम दुवै हिसाबले राम्रो मानिन्छ ।
राष्ट्र धनि त्यसै हुदैन । त्यसका लागि समयको महत्व अधिक बुझेको हुनु पर्छ । यहाँ एक सेकेन्ड फरक पर्ने बित्तिकै काम चौपट हुने गर्छ त्यसैले समय मै जानकारी लिने र सोहीअनुसार कामकाज गर्ने हुदा कम जोखिम र छिटो छरितो साथै सहजता हुने गरि पहिले नै सतर्कता अपनाउने गरिन्छ ।
जापानमा भूकम्प जोखिमबाट जोगिने नाटकीय तर यथार्थ लाग्ने केहि काल्पनिक घटनाक्रम
उत्साह र कौतुहल मनमा लिदै भित्र प्रवेश गर्दै टोकियोमा अवस्थित भुकम्प तालिम केन्द्र ।
सामान्य जानकारी तत्पश्चात दिईएको हाते कम्प्युटरको माध्यमबाट भुकम्प बारे दिइएको निर्देशनलाई डोराउदै लिफ्ट मार्फत दोश्रो तलाका लागि प्रस्तान टिम संख्या १० जना ।
लिफ्ट दोश्रो तलका लागि बढ्दै गर्दा पहिलो धक्का हल्लियो लिफ्ट लाग्थ्यो साच्चै भुकम्पको धक्का साथै बत्ति निभेकाले अनुभब उही भुकम्प कै झैँ लिफ्टको ढोका उघारियो अन्धकार मै हिड्न सहज होस् भनेर पिलिक पिलिक बत्ति बालिएको थियो त्यस बाहेक अन्य भुकम्प जादा गरिने अनुभब भन्दा कम थिएन ।
पाइलाहरु बढ्दै गए ।
भित्रि कोठामा प्रवेशसंगै बाहिरी संसार भित्र प्रकट भए जस्तो हेर्दा त्यस्तै लाग्थ्यो । घरहरु बनाइएका, गाडीहरु, पसलहरु, बाटो, ट्रेन स्टेशन लगायत बाहिर संसारका न्युनतम बनावटहरु त्यहा राखेका थिए ।
बनाइएका घरहरु भत्किएका, चर्किएका, गाडीहरु सिसा फुटेका, पसलका सामानहरु लथालिङ्ग पारेका, टिभीले समाचार लाइभ दिईरहेका हेर्दा लाग्थ्यो साच्चै भुकम्पले गर्दा यी सब भएका हुन् ।
हाते कम्प्युटरले सोधेका प्रश्न र ३ ओटा उत्तर मध्य छान्दै अघि बढ्नु पर्ने थियो । बिग्रिएमा मार्क घट्ने रहेछ, जुन पछि थाहा पाइयो ।
मार्क ९० आयो पनि ।
आफ्नो भाईलाई बचाउन गरिएको प्रयास शब्द चित्रमा
मायाले नै संसार टिकेको छ । मायालाई फरक फरक तरिकाले व्याख्या गरिएला तर माया माया नै हो । चाहे बाबु छोरा छोरीको होस चाहे दाजु बहिनी, दिदी भाइ कै किन नहोस । गर्ने तरिका र अजमाउने बिधि मात्रै फरक हुन् । मायाले बेरिएको एक बालिका र उसका भाइको सानो भुकम्प सम्बन्धि भोगाइ जनचेतनाका लागि ।
दिदी भाई रेल स्टेशन अगाडी हात समाउदै बढ्दै थिए । एका एक हात छुट्न पुग्छ कारण बालहट भनौ हात छाडेर अन्यत्र दौडिदै दिदीलाई जिस्काउदै थिए ।त्यसै बेला आएको भूकम्पले छुट्टाइ दिएको दिदी भाईको दुरी ।तितर बितर हुल, आ आफ्नै ज्यान बचाउन आतुर देखिन्थे तर ति दिदीमा देखिदैनथ्यो आफु बच्नु पर्छ भन्ने ।मेरो भाई, मेरो भाइ भन्दै चिल्लिदै थिए, कराउदैथिए । टुप्लुक्क पुलिस आउछ र बोलाउछ हिड जाउ किन बसेको त्यहा ।
ति बालिकाले हात झडकालेर भंनिन मेरो भाई । त्यस लगतै खोज्दै गए, छुट्टिनु अगाडीका भाइका गतिबिधि सम्झदै गए अन्तत हात छुटे पश्चात गएको दिशा पत्ता लाग्यो र त्यस तर्फ मोडियो बालिका र पुलिस ।
बालिका भाई भाई भन्दै चिचाउदै जादा आवाज आउछ बचाउ बचाउ तर देखिन्न । एक बाकस मुनि चेपिएको अवस्थामा भेटियो । रुदै कराउदै दुबैको उद्वार प्रहरीले गरे पछि बाहिर हल्का हुल मान्छे तितर बितर भएका घुम्ती शिविरहरु खडा गरिएका त कतै खाने र बस्ने व्यवस्था गरिएका थिए ।
दिदि भाइलाई खासै चोट पटक नलागेको तर दिदि भाईसंग असाध्यै रिस्सिएको थियो । गालीका बर्षा दिन थाले दीदीले, कारण हात समाउन छाडी अन्यत्र लाग्नाले चिन्तित बनेकैले आक्रोशित थिए ।
लामो समयको गन्थन मन्थनले बिरक्तिएका बालक दौडी अन्यत्र लागे सोहि समयमा पुन भुकम्प जादै थियो संगैको टावर दिदि भाई पट्टि ढल्कियो ।
दिदि बालबाल बचे । भाई त्यसै टावर मुनि परे घोप्टो परेको अनुहार साना साना ढुंगा सरिर माथि तर पुन बच्न सफल भए ।
दिदि भाइ खुशी हुदै घर पुलिसको मद्वतले पुगे । घरमा लथालिङ्ग पारिएका सामानहरु हेर्दा त्यहा पनि धक्का पुगे जस्तो ।
रुदै कराउदै भित्र पुगे पछि नदेखिएको बाबा आमालाई कराउदै खोज्दा टुप्लुक्क आइपुग्छिन आमा छोरी रुदै अँगालो हाल्दै गर्दा चटपटे छोरोले हसाउदै पुन दैनिकीमा फर्कन्छ दिनहरु ।
May 24, 2013 8:50 am

No comments:
Post a Comment