टोकियो । गैर आवासीय नेपाली संघ(एनआरएन) जापानको केन्द्रिय
अधिबेशन नजिक्कीदै गर्दा बिभिन्न क्षेत्रमा अधिबेशन चलिरहेको छ । त्यसै
क्रममा कान्तो क्षेत्रको तेश्रो अधिबेशनबाट संयोजक सरोज कुमार खत्री चयन
भएका छन् ।
जापान स्थित नेपाली राजदुतको प्रमुख आथित्यमा सुरु भएको कार्यक्रमले
उपसंयोजकमा दिपेन्द्र पौडेल, सचिबमा प्रकाश थापा, कोषाध्यक्ष्यमा अभिषेक
सुबेदी चयन गरेका छन् । यस अघि सदस्यहरु भने निर्विरोध चयन भएका थिए
।सदस्यद्वय नबिन न्युरे, लक्षमण दत्त सुबेदी, योगेन्द्र कुमार बोहोरा, अशोक
शर्मा, धन बहादुर खत्री, तारा प्रसाद सापकोटा, र रतन बोहोरा रहेका छन् ।
के भो हल भित्र
औपचारिक कार्यक्रमसंगै अथितिले बोल्ने क्रम सकिदासम्म सामान्य स्थिति थियो ।
जब पुरानो कार्य समिति भंग गरेर नया कार्य समिति चयन लागि प्रस्ताब पेश
गरियो ।
लगतै हलमा उपस्थित भएका एन आर एन जापानका अध्यक्ष, आइसिसि प्रतिनिधि, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु खत्रीको प्यानललाई जिताउन हुदैन भन्दै कडा रुपमा उत्रिएका थिए ।
खत्रीलाई समर्थन गरेका नेपाल जापान युथ क्लब र उइ फर अलका अध्यक्ष खत्रीले हातपात समेत गरेपछि विरोध जनाएका थिए । प्रतिस्पर्धी कंडेलले आफुले संयोजक पाउनु पर्ने बताए पनि दबाबका कारण पछि हटेको स्रोतको दाबी छ ।
को-को थिए प्रतिस्पर्धी
संयोजकमा प्रेम प्रसाद कंडेल र खत्री प्यानलले छुट्टा छुट्टै उम्मेद्वारी
दर्ता गराएका थिए । त्यस्तै गरि क्रमश उपसंयोजकमा राकेश श्रेष्ठ र
दिपेन्द्र पौडेल, सचिबमा टिकाराम खरेल र प्रकाश थापा, कोषाध्यक्ष्य ऋषिराम
कडेल र अभिषेक सुबेदीले उम्मेद्वारी दर्ता गराएका थिए ।
एन आर एन कान्तो क्षेत्रको संयोजकमा चयन भएका खत्रीले नेपाल सन्देशसंग
भने- एन आर एन जापानमा भएका आर्थिक अपारदर्शिता, युवाहरुलाई गरिएको उपेक्षा
विरुद्व कडा प्रतिबाद गर्दै केन्द्रिय कार्ययोजनालाई सहि र गलतका आधारमा
समर्थन र बिरोध गर्ने बताए । साथै खत्रीले आफुले गरेको प्रतिबद्वता पूर्ण
रुपमा लागु गर्दै जाने बताएका छन् ।
खत्रीको संयोजकमा रहेको कार्यसमितिको कार्यकाल २ बर्षसम्म रहने छ ।
July 15, 2013 12:05 pm

No comments:
Post a Comment