Wednesday, July 31, 2013

एन आर एन जापानको भित्रि रहस्यको खुलासा

गैर आवासीय नेपाली संघ (एन आर एन) कस्तो संस्था र यसले के काम गर्छ भन्ने सामान्य बुझाई बिदेशमा रहेका नेपालीहरुले दुख गरी कमाएको पैसा नेपालमा लगानी गर्ने र बिदेशमा रहदा सहयोगी भूमिका निभाउने सस्थाको रुपमा बुझ्ने गर्छन ।
एन आर एनले बिदेशमा रहेका नेपालीहरुलाई गोलबन्द पनि गरेका छन । नेपालमा संयुक्त लगानी पनि भित्राएका छन । यसलाई सकारात्मक मान्नु पर्छ तर, नेपाल सरकार र राजनैतिक दलको भने समेत बिश्वास जित्न सकेको छैन । एन आर एन को केन्द्रिय अधिबेशन काठमाण्डौमा हुदैछ ।
त्यसैले बिभिन्न देशमा रहेका एन आर एन सम्बद्व संघको अधिबेशन चलिरहेको छ । एन आर एन सदस्य राष्ट्र मध्य जापानको नजिक्कीदै गएको अधिबेशन र यसको बिबाद उत्कर्षमा किन पुग्यो ? जनचासोको बिषय बन्दैछ जापानमा ।

कान्तो क्षेत्रसंग एन आर एन जापान किन तर्सिए ?
गैर आवासीय नेपाली संघ, जापानको अधिबेशन संघारमा जापानमा रहेकाले बिभिन्न क्षेत्रको अधिबेशन चलिरहेको छ । टोकियोमा केन्द्रित रहेको मुख्य केन्द्रको रुपमा रहेको कान्तो क्षेत्रको अधिबेशन बाहेक अरु क्षेत्रमा सामान्य बिबाद मै सल्टियो । कान्तो क्षेत्र किन बिबादमा आयो र किन आइरहेको छ ।
यस बारे जापानमा रहेका नेपालीहरु समेत अन्यौलमा छन् ।
उइ फर अल र नेपाल जापान युथ क्लबको संयुक्त प्यानल खडा गरीए पछि एन आर एन जापानमा हल्लीखल्ली मच्चियो, कारण थियो अनपेक्षित नयाँ अनुहारको प्रवेश हुने डरले सुरु देखि बिबादमा रहयो । यी दुवै संस्थालाई बुझ्ने सबालमा नेपालीहरु माँझ फरक फरक धारणा बाहिरिएका छन । एक थरीले युवाहरुको जमात भन्ने बुझ्छन, भने अर्को थरीले गुण्डा गर्दीको रुपमा बुझ्ने गर्छन ।
कारण जापानमा हुने कुनै पनि सामाजिक होस वा राजनैतिक अधिबेशन र सम्मेलनमा मुख्य पहरेदार यी दुई सस्थाको जिम्मामा हुने गर्छ । सम्भावित झडपलाई रोक्न युवा परिचालन गर्ने गरिन्छ जापानमा । यी दुई सस्थाको संयुक्त प्यानल अधिबेशनमा उत्रनु प्रतिस्प्रर्धी रहेका ३ उमेद्धवार मध्ये एकले छाडी अर्कोलाई समर्थन गरे र संयुक्त प्यानल बनाइ उत्रिए मैदानमा । कान्तो क्षेत्रको अधिबेशनमा गुण्डा गर्दी शैलीमा पद हत्याउन खोजियो भन्दै बिरोध हलबाट र अथितिहरुबाट समेत आए र बाहिरियो पनि । अन्तत सहमति गर्दै कान्तो क्षेत्र युवाहरुको प्यानल बिजयी भए ।
कान्तो क्षेत्रको बिबादले केन्द्रमा रडाको
कान्तो क्षेत्रमा नया अनुहारको प्रवेशले रन्थनिएका एन आर एन जापानका केन्द्रिय समितिमा रहेकाहरुले जापानको केन्द्रिय अधिबेशन आउन एक महिना छदा उपाध्यक्ष, महासचिब, सचिब, सदस्य, सल्लाहकार, आइसीसी सदस्य लगायत १२ जनाले संयुक्त रुपमा राजिनामा एन आर एनका अध्यक्ष जीवा लामिछानेलाई पेस गरेका थिए । रोचक त उक्त राजिनामा पत्र एमाले निकट एन डी एफ को रुप मेलमा समेत पठाईएको रहस्य खुल्न आयो ।
यसले के बुझाउछ भने एमालेको निर्देशनमा जिउ धनको सुरक्षा गरि पाउ भनि पत्र कोरिएको आशंका समेत गर्न सकिने ठाउ प्रसस्तै भेटिन्छन । तर, अहिले कमि कमजोरीलाई ढाकछोप गर्दै राजिनामा फिर्ता लिएको बुझिन्छ । यसले थप पुष्टि गर्छ कमजोर मानसिकता र दबाबका कारण राजिनामा फिर्ता लिने मनस्थितिमा पुगेका थिए ।
राजीनामामा गुण्डाहरुको समुह भनि उल्लेख गरिएको प्रति उई फर अल र नेपाल जापान युथ क्लबले बिरोध गर्दै भण्डाफोर गर्ने निर्णय गरेको छ ।उई फर अलका अध्यक्ष समेत रहेका सरोज कुमार खत्रीका प्यानललाई अधिबेशनका क्रममा कमी कमजोरी गरेको भन्दै छानबिन गर्न जीवा लामिछानेको आग्रहमा आईसिसि कोषध्यक्ष भवन भट्ट र प्रवक्ता डाक्टर हेमको उपस्थितिमा उक्त माइन्युट रहेको श्रोत बताउछ । त्यस्तै गरि अन्य पद सचिब, कोषध्यक्षको सम्पूर्ण जिम्मेवारी रोक्का गर्ने निर्णय गरेका छन ।
त्यसका लागि ओम गुरुङ, शालिकराम भण्डारी, भुषण घिमिरे, डा राम गिरि, रोशन केसी सम्मिलित छानबिन समिति बनाएको समेत श्रोतले नेपाल सन्देशलाई बतायो । साथै केन्द्रिय कार्यसमितिमा उम्मेद्वारी दिने समेत बिबादास्पद रहेकोल डिपी कंडेल, नर बहादुर थापा, राजु ढकाल, श्रवण सत्याल, सरोज कुमार खत्री र ओम गुरुङ् सदस्य रहेको समिति गठन गरिएको समेत श्रोतले भने  ।
त्यस्तै गरि अन्तमा भनिएको छ कुनै प्रकारको धाक धम्कि आएमा पुलिस प्रशासन र राजदुताबास गुहार्ने निर्णय गरेको समेत उल्लेख गरिएको स्रोतले भन्यो । त्यस्तै गरि राजिनामा दिएका १२ जनाले समेत राजिनामा फिर्ता लिएको स्रोत बताउछ । यता उइ फर अल र युथ क्लबले भने आईसिसिको बैठकमा माइन्युट गरिएको फिर्ता लिदै १२ जनाले माफी नमागेसम्म बिरोध गर्ने र भण्डाफोर कार्यक्रम गर्ने भन्दै बिज्ञप्ति निकालेका छन ।
बाजी कसले मार्ला ?
एन आर एन जापानको अधिबेशन अगष्ट १८ तारिकका दिन जापानको ओसाकामा हुदैछ । अध्यक्ष पदका उम्मेद्ववार घोषणा तीन जनाले गरिसकेका छन । जसमा जनजाति संघका अध्यक्ष धु्रब भट्टचन र कांग्रेस निकट मानिने पारस मणि पोख्रेल  र  ओसाकाबाट हरिराज ढकाल रहेका छन ।
जापानमा रहेका सामाजिक संगठनहरुले राजनैतिक प्रसय पाउदै गरेकोले यी दुई मध्ये कसले बाजी मार्छन भन्नेमा जापानमा रहेका नेपालीहरु अन्यौलमा छन । सामान्य त बुझ्दा उई फर अल र युथ क्लबको समर्थन जसको रहन्छ उसैले जित्न सक्ने अनुमान लगाउन थालेका छन । पारस मणि पोखरेलले व्यक्ति व्यक्तिसंग भोटको अपेक्षा गर्दै हिडेको र सस्थागत छलफल नगरेको स्रोतले भन्यो ।
त्यस्तै गरि धु्रब भट्टचन एन आर एन जापानको कार्य समितिमा नरहेकाले उम्मेदवार बन्न नपाउने विधानमा समेत रहेकोले बिबादास्पद बने पनि उम्मेदवार घोषणा भने गरिसकेका छन । एन आर एनमा उठ्न एक कार्यकाल पुरा गर्नु पर्ने नियम रहेको छ तर, भट्टचनले  नेपाल सन्देशसंग भने उम्मेद्ववारी फिर्ता कुनै पनि हालतमा गर्दिन । बिधि र बिधान आजसम्म कसले मानेको छ म पनि मान्दिन ।
दुबैले शक्ति प्रदर्शन गर्ने सम्भावना रहेकोले हुलाकबाट भोटिंग गर्ने व्यवस्थाका लागि छलफल चलाइएको  स्रोतको भनाई छ । बिबाद रहित सम्पन्न नहुने छाटकाट रहेकोले केहि न केहि अप्रिय धटना हुन सक्ने सरोकार वाला बताउछन ।

No comments:

Post a Comment