एकिकृत नेकपा (माओवादी)बाट सम्वन्ध बिच्छेद गरी नेकपा–माओवादी निर्माण गरेको एक वर्ष पूरा भएको छ । यस बिचमा यो बिभाजन र विद्रोहको बारेमा व्यापक चासोका साथ प्रतिक्रियाहरु आए । विश्वका कम्युनिष्ट क्रान्तिकारीहरु, जनवादी शक्तिहरु, साम्राज्यवाद विरोधी पार्टी र सरकारहरुले समर्थन र ऐक्यवद्धता प्रकट गरेका छन् भने साम्राज्यवाद, विस्तारवाद र तिनका घरेलु प्रतिनिधिहरुले देखाएको वैरभाव र आलोचनाले यो पार्टीको आवश्यकता र औचित्यको गंभिरतालाई सहज बुझ्न सकिन्छ । नवसंशोधनवादका विरुद्ध विद्रोह गर्नु जायज र क्रान्तिकारी कदम हो भन्ने यि एक वर्षका वहश एवम् गतिविधिहरुले प्रमाणित गरिसकेका छन् । तर अव यो इतिहासको विषय भैसकेको छ ।
विषय प्रसङ्गमा यस्को
चर्चा र समिक्षा भैरहला तर क्रान्तिकरीहरुले अहिले मूख्य रुपमा हेर्ने
भनेको वर्तमान र भविष्य तिर नै हो । हाम्रो पार्टीले पनि ठिक यही मर्मलाइै
समातेर नेपालको वर्गसंघर्षलाई गुणात्मक दिशा दिन गंभीर रुपमा लागिपरेको छ
। प्रस्तुत आलेखमा विगत एक वर्षमा पार्टीका कामहरुको वारेमा संक्षिप्त
समिक्षा गरिएको छ । १. विषयप्रवेशहाम्रो पार्टीका कामहरुको विस्तृत समिक्षा
गर्नुपूर्व अझ एउटा प्रसङ्ग राख्न आवश्यक छ । नेकपा – माओवादीको पूनर्गठन
सँगै समर्थन र विरोध चलिरहेको छ र जीवन्त पार्टी हुनुको नाताले लामो
समयसम्म रहिरहन्छ । तर यो पार्टी नेकपा–माओवादी यस रुपमा पुनर्गठन हुनु नै
आफैंमा एउटा चमात्कारिक परिघटना हो । हामी यही आन्दोलनका सदस्यका नाताले
विषयलाई यस रुपमा राख्नु अतिशयोक्ति जस्तो लाग्न सक्छ । तर अन्तर्राष्ट्रिय
कम्युनिष्ट आन्दोलन र त्यस्मा पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु
पुनर्गठन गरिएका इतिहास हेर्दा हाम्रो पार्टीको स्थान सजिलै बुझ्न सकिन्छ ।
एउटै व्यक्ति क्रान्तिको महानायक बाट क्रान्तिको भयनाक खलनायक भएका
प्रचण्ड मण्डलीबाट विद्रोह गरी पार्टीलाई यो रुपमा संगठित गर्नु निक्क ठूलो
उपलब्धि हो ।
अन्यत्र नायक र खलनायक एउटै पात्र भएको परिघटना पाउन अत्यन्त
दुर्लभ छ । एउटा पुस्ताले गरेको क्रान्ति अर्काे पुस्ताले प्रतिक्रान्ति
मा पु¥याएको त धेरै ठाउँमा भएका छन् तर उही पुस्ता र उही पात्र जन्मदाता र
हत्यारा भएको उदाहरण विरलै छ । यो भन्दा पनि महत्वपूर्ण विषय भनेको यति
ठूलो प्रतिक्रान्ति भइसकेपछि त्यस्का विरुद्ध विद्रोह गरी उही पुस्ताका
क्रान्तिकारी नेताहरुको नेतृत्वमा अर्काे पार्टी यति सशक्त रुपमा बनेको
अर्काे उदाहरण पाउन मुस्किल छ । अन्यत्र यस रुपमा पार्टी पुनर्गठन भएर यो
स्थानमा आइपुग्न दशकौं लागेको देखिन्छ । अझ महत्वपूर्ण विषय भनेको
वर्गसंघर्षमा हामीले यति ठूलो प्रतिधक्का खाएको छौं, हाम्रा हिंजोका प्रायः
सबै उपलब्धीहरु गुम्न पुगेका छन् तर हाम्रो क्रान्ति अझै पनि निर्णायक
विन्दूमै रहिरहेका छ । अझै पनि हामी केन्द्रीय सत्तामा दखल दिने क्षमतामा
नै आइपुगेका छौं । अन्यत्र यस्तो स्थीतिमा आन्दोलनहरु पुन सुन्य बाट उठाउन
पर्ने वाध्यता हुन्थ्यो । हाम्रो आफ्नै कम्युनिष्ट पार्टिको इतिहासमा पनि
२०४२ सालमा मोहनविक्रमका विरुद्ध संघर्ष गरेर पार्टीको क्रान्तिकारी करण र
जनयुद्धको थालनी सम्म लान पनि दश वर्ष लागेको थियो । यद्यपि त्यतिबेलाको
महाधिवेशन (पाँचौ)मा अत्याधिक बहुमतद्वारा एमबीलाई कारवाही गरिएको थियो ।
यस पटक त संख्यात्मक रुपमा हामी अल्पमतमा रह्यौं तर पनि वर्ग संघर्ष र
पार्टी निर्माणमा हामी मूलभूत रुपमा हावी नै रहिरहेका छौं । यो हामी सबैको
लागि निकै ठूलो गौरव हो । यसको लागि हाम्रो पार्टीका क्रान्तिकारीहरु र
मुख्यतः नेतृत्वको टीमलाई सबै श्रेय जान्छ । २. उपलब्धीका केही पाटाहरु२.१
वैचारिक उपलब्धीहरुनेकपा–माओवादीको यस बीचमा भएको सबैभन्दा ठूलो उपलब्धि
भनेको नै विचारको क्षेत्रमा रहेको छ । नवसंशोधनवाद जुन नेपालमा नितान्त
नौलो भेष धारण गरेर आएको थियो त्यसलाई चिन्न र परास्त गर्न सफल भयो ।
माओवादीको झण्डामुनी, जनयुद्ध गरेर आएको पार्टी र त्यसका मुख्य मुख्य
नेताहरुमा देखा परेको यो विचलनका जराहरु पत्ता लगाएर त्यसउपर विजयी प्राप्त
गर्नु पहिलो ठूलो सफलता रहेको छ । दुई दशक भन्दा बढी समयदेखि प्रचण्डको
नेतृत्वमा संचालित पार्टीबाट विद्रोह गरी नयाँ पार्टी निर्माण गरिसकेपछि यस
दौरानमा भएका सम्पूर्ण कामहरुको समीक्षा गर्न जरुरी थियो । मनोगतवाद,
आदर्शवाद र अधिभूतवादबाट मुक्त भएर ऐतिहासिक भौतिकवादी ढंगले विगतका
कामहरुको समीक्षा आवश्यक थियो । बौंद्ध राष्ट्रिय भेलाबाट त्यस्को शुरुवात
गरेर हामीले सातौं महाधिवेशन सम्म आइपुग्दा आधारभूत रुपमा पूरा ग¥यौं । अझै
पनि थुपै्र विषयहरुको विहंगम समीक्षा गर्न बाँकी नै छ
। माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली वर्गसंघर्षमा लागु गर्दा यसले
विशिष्टताको माग गर्दछ । यस्को अर्थ केही मौलिक प्रस्थापनाहरुको माग गर्दछ ।
हाम्रो दुनियाँ गतिशील र विकासमान भइरहने हुनाले स्वभाविक रुपमा नयाँ नयाँ
चुनौतीको सामना गर्न हामीले पनि विचारको क्षेत्रमा निरन्तर विकास गरिरहनु
पर्दछ । यो मालेमाको सार्वभौम चरित्र हो । यस मान्यतामा अडिग भएर
जनयुद्धपूर्व देखि नै हामीले निकै प्रगति पनि ग¥यौं । यही मान्यतामा
जनयुद्ध मौलिक तबरले सुरुवात भयो तर जनयुद्धले एउटा उचाइ हासिल
गर्दा–नगर्दै यस्का मुख्य नेतृत्व आफ्ना विगतका मान्यताबाट चिप्लिएर
नवसंशोधनवादको दलदलमा भास्सिए । यो परिघटना दोस्रो राष्ट्रिय सम्मेलन
वरिपरिबाट शुरुवात भयो । समग्र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको
वस्तुगत र आत्मगत समिक्षा र भावी दिशा दिने सन्दर्भमा माक्र्सवादबाट
चिप्लिएर नवसंशोधनवादी आहालमा डुब्न पुगे । क्रान्तिकारीहरुमा पनि नेतृत्व
प्रतिको श्रद्धावाद, उदारवाद जस्ता कमजोरीका कारण संघर्ष व्यवस्थित हुन
सकेन । जब संघर्ष शुरु भयो ढिलो भइसकेको थियो । नेतृत्व साच्चिनै नसच्चिने
दलदलमा फसिसकेको थियो । सिंगो पार्टी र नेताहरुलाई फोहरी आहलबाट उम्काएर
पुन सही बाटोमा हिंडाउने मेहनत सफल बन्न सकेन र हामीले उनीहरुलाई त्यही
आहलमा छाडेर बाहिर आयौं ।नयाँ पार्टी निर्माण सँगै निक्कै ठूलो चुनौतीको
सामना गर्न आवश्यक थियो ।
मुख्य गरी वैचारिक रुपले नवसंशोधनवादबाट मुक्त
गराएर पुन मालेमाको राजमार्गमा पार्टीलाई हिंडाउनु थियो । र यो सबैको
केन्द्रमा कार्यदिशा थियो । क. माओको ‘कार्यदिशा सही हुनु र नहुनुले सबै
थोकको निर्धारण गर्दछ’ भन्ने मर्मलाई ठिक सँग आत्मसात गर्दै यस दिशामा
पार्टीले निक्कै मिहिनेत ग¥यो । प्रचण्ड मण्डलीका सबै प्रकारका वर्ग
आत्मसमर्पण राष्ट्रिय आत्मसमर्पण बाट मुक्त बनाएर क्रान्तिका कामहरु पुरा
गर्न नयाँ पहल लिन अग्रसर भयो । लामो छलफल बहस र अनुसन्धान पश्चात पार्टीले
‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा पारित ग¥यो । यो निक्कै ठूलो
उपलब्धि र फड्को हो । यस्ले प्रचण्ड मण्डलीको नवसंशोधनवादी कार्यदिशाबाट
आफूलाई पूर्ण रुपमा मुक्त मात्र गरेन नेपालमा क्रान्तिलाई पूर्ण रुपमा सफल
बनाउन दक्षिणपन्थी विचलन र यान्त्रिक अन्धानुकरणबाट मुक्त गरेर क्रान्ति
सम्पन्न गर्न नयाँ प्रस्तावनाहरु अघि सारेको छ । यसको अझै व्याख्या
विश्लेषण जरुरी छ । वर्गसंघर्षमा प्रयोग गर्दै जाँदा कार्यदिशा अझ बढी
परिष्कृत र वैज्ञानिकता बन्दै जाने निश्चित छ ।
२.२ राजनीतिक
उपलब्धिप्रचण्ड–बाबुरामलाई संसदीय राजनीतिमा सहवरण गरेपछि सर्वहारा राजनीति
लामो समयका लागि समाप्त हुन्छ भन्ने अपेक्षा यसका मूल खेलाडीहरुको थियो ।
उनीहरु नेपालमा प्रतिविद्रोह र प्रतिक्रान्तिको नविन मोडल बनाउन चाहन्थे ।
नेपालमा माओवादी नेतालाई सम्पूर्ण रुपले संसदवादमा टुप्पीदेखि पैतालासम्म
चोवलेर कम्युनिज्म असफल भएको, हतियारबाट क्रान्ति असंभव हुने र अवको
राजनीति भनेको ‘शान्ती’ र संसद’ बाट मात्र संभव हुने भनेर प्रमाणित गराउन
चाहन्थे । उनीहरु माओवादी को ठूलो हिस्सालाई आत्मसमर्पण गराएर एक हदसम्म
सफल भएको जस्तो पनि देखिए । तर प्रचण्ड बाबुरामको संसदवादका विरुद्ध
नेकपा–माओवादीले नयाँ जनवादी क्रान्तिको धारालाई नेपालको राजनीतिमा पुन
प्रवाहित ग¥यो । यति मात्र भएन अहिले सत्ताका विरुद्ध नेकपा–माओवादी सशक्त
प्रतिपक्षी भइ शानदार रुपमा उभिएको छ । नेपाली राजनीतिको अलिकति पनि
जानकारी राख्ने जो कोहीले बुझ्न सक्तछ कि अहिले नेकपा–माओवादीतिर देशका
सम्पूर्ण देशभक्त, संघीयतापक्षधर, जनवादी र वामपन्थीको आशा केन्द्रित भएको छ
। नेपाल सिक्किमीकरण तर्फ तिव्र रुपमा गइरहेको छ । भारतीय विस्तारवादी
सिकञ्जा नेपालमा कसिदैं गइरहेको छ । आज इतिहासकै सबभन्दा कमजोर अवस्थामा
राष्ट्रियता पुगेको छ । पुराना पार्टीहरु एकपछि अर्काे गरी राष्ट्रिय
आत्मसमर्पणवाद तिर गइरहेका छन् ।
कांग्रेस एमाले मात्र हैन एमाओवादी समेत
भारतको आशिर्वाद बिना सत्तामा जान र टिक्न सकिंदैन भन्नेमा पुगेको देखिन्छ ।
नेपालमा आफ्ना पुराना र नयाँ दलाल मार्फत भारतले एकपछि अर्काे गरी नेपालको
सार्वभौमिकता माथि धावा बोलिरहेको छ । सिमाना मिच्चिएका मिच्चिएकै छन् झन्
पछिल्लो अवस्थामा विप्पा, अन्तर्राष्ट्रिय हवाई अड्डामा निगरानी बढाउने,
जलविद्युत हडप्ने कामहरुमा वृद्धि गरेको छ । प्रत्येक राजनीतिक निर्णयहरुमा
भारतीय शासक वर्गको हस्तक्षेप बढ्दो छ । खिलराज रेग्मी सरकारको नियुक्ती,
अख्तियार प्रमुख लोकमानको नियुक्ती मात्र होइन, गठबन्धन निर्माण, चुनावको
मिति लगायतका मामलामा ठाडो हस्तक्षेप सार्वजनिक रुपमा हाक्काहाक्की गरिएको छ
। लाजै लाग्ने गरी नेपालका ‘स्थापित’ नेताहरु भारतको चाकडी गर्न तछाडमछाड
गरेर दिल्ली पुग्छन् र आर्शिर्वाद लिएर फर्कन्छन् । उनीहरुलाई यसो
गर्नुपर्दा हिनता, लघुता हैन गौरवको अनुभूति हुन्छ । यो भन्दा चर्काे दलाली
संस्कृति अर्काे के हुन सक्छ र ? बन्दुक नै नचलाई भारतले नेपालमा आफ्ना
दलाल मार्फत आफ्नो हितमा जे चाह्यो त्यही गर्ने स्थिति बनेको छ
। नेकपा–माओवादीले यो समग्र विश्लेषण गरी यसलाई नवऔपनिवेशिक अवस्थाको रुपमा
शुत्रवद्ध ग¥यो र राष्ट्रिय स्वाधीनताको संघर्ष नै प्रमुख हो भन्ने
निष्कर्ष निकाल्यो । यसको लागि सबै देशभक्तहरु एउटै मोर्चामा गोलबन्द हुन
आव्हान ग¥यो । यो क्रान्तिकारी पहलले देशभक्तहरुमा नयाँ जोश र उर्जा पैदा
भएको छ । विस्तारै विस्तारै देशभक्तहरु नेकपा–माओवादीको वरिपरि गोलवन्द
हुने क्रम बढेको छ । राष्ट्रिय स्वाधीनताको संघर्ष नयाँ ढंगले नेपालमा
उठ्ने शुभ संकेत देखिएको छ । यो नेकपा–माओवादी निर्माण पश्चात सबभन्दा
प्रष्टताका साथ देखिएको राजनीतिक उपलब्धी हो ।
संसदवादी हावाका विरुद्ध पुन
एकपल्ट नेकपा–माओवादी को नेतृत्वमा कम्युनिस्टहरु नेपालमा संगठित आवाज
प्रदर्शनगर्ने स्थिति बन्यो । नेपालको राजनीतिमा लामो समय देखि सामन्ती
दरबार, संसदवाद र जनवादी धारा क्रियाशील रहेकोमा राजतन्त्रको अन्त्य पश्चात
सामन्ती सोंच कमजोर भै संसदवाद र जनवादी धारा बीच संघर्ष केन्द्रित छ ।
प्रचण्डको संसदवाद तिरको वहिर्गमन पश्चात संसदवाद केही मजवुत जस्तो देखिएता
पनि नेकपा – माओवादीले जनवादको धारालाई मजवुतीका साथ समातेको छ । यो
दोश्रो ठूलो उपलब्धी बन्न गएको छ । तत्कालीन रुपमा संविधान सभा २ को चुनाव
गरी संसदवादलाई चिरस्थायी बनाउने षड्यन्त्र भइरहेको छ ।
हाम्रो पार्टी यसको
विरुद्ध सशक्त रुपमा खडा भएको छ । दलाल पार्टीहरुको षड्यन्त्रका विरुद्ध
३३ दलीय गठबन्धन निर्माण गरी पार्टी लामो समयदेखि संघर्षमा गएको छ । मंसिर ४
गते चुनावको मिति घोषणा भएपश्चात यो मोर्चामा अन्य थुपै्र राजनैतिक
पार्टिहरु नागरिक समाज, वार एशोसियसन, स्वतन्त व्यक्तित्वहरु सहित निक्कै
ठूलो संख्यामा मोर्चाबन्दी भइरहेको छ । नेपालको समस्त संघर्ष यही विन्दुमा
केन्द्रित भएको छ र हाम्रो पार्टीले दलाल गद्दारहरुका विरुद्ध सशक्त रुपमा
खडा भएको छ । २.३ अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका केही
उपलब्धिहरुः नेकपा – माओवादीको गठनसँगै अन्तराष्ट्रीय कम्युनिष्ट आन्दोलनमा
नयाँ रक्त सञ्चार भएको छ । प्रचण्डको नवसंशोधनवादमा पतनसँगै रिम करिव करिव
मृत प्राय भएको थियो ।
जनयुद्धको समयमा नेपालतिर सवैको आशाका नजर थिए तर
अहिले भाइचारा पार्टीहरुले गम्भिर शंकाको दृष्टिबाट नेपाललाई हेरि रहेका
छन् । नेकपा – माओवादीको गठनले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पुनः
नयाँ बहस श्रृजना भएको छ । हाम्रो महाधिवेशनमा भाइचारा पार्टीहरुको बाक्लो
उपस्थिति र उनिहरुको शुभकामना सन्देशले यही संकेत गरेको छ । अहिले रिम
अन्तर्गतका पार्टीहरु र माओवादी पक्षधरहरुसँग घनिभूत छलफल चलिरहेको छ ।
छिट्टै नै नयाँ अन्तर्राष्ट्रीय केन्द्र बनाउन पर्छ भन्नेमा सवैको विचार
संकेन्द्रित बन्दै गएको छ । तर केही समस्याहरु छन् । यसमा मुख्य रुपमा
क्रान्तिकारी कम्युनिष्ट पार्टी अमेरिकाले हालै ल्याएको “नयाँ संस्लेषण”,
नयाँ केन्द्रले गर्नुपर्ने कामहरुको रुपरेखा, यसमा सहभागिताको प्रश्न,
विश्वको हालको अन्तर्विरोधलाई बुझ्ने प्रश्न आदि रहेका छन् । यि
प्रश्नहरुमा हाम्रो पार्टिले नयाँ अन्तर्राष्ट्रयको पहल र नेतृत्व गरोस्
भन्ने भावना व्यक्त गरेका छन् ।
साम्राज्यवाद र प्रतिक्रियावादीहरु विभिन्न नाममा संगठित भैरहेको अहिलेको
विश्वमा कम्युनिष्टहरु प्नि संगठित भएर वैरीहरुका विरुद्ध लड्न गतिलो
केन्द्रको आवश्यकता एकदमै खड्कीएको छ । सर्वहारावर्गलाई हिजो भन्दा आज
अन्तर्राष्ट्रीय केन्द्रको आवश्यकता बढी छ । आजको भूमण्डलीकृत विश्वमा
संगठीत रुपमा विश्वव्यापी पहलको अत्याधिक आवश्यकता विगतभन्दा कैयौं गुणा
वृद्धि भएको छ । कम्युनिष्टहरुको नेतृत्वमा साम्राज्यवाद विरोधी संयुक्त
मोर्चा आवश्यक छ । यस्को साथै नेपालको सन्दर्भमा भारतिय विस्तारवाद नै
क्रान्तिको प्रमुख वाधक छ । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न र
यसलाई टिकाएर विकास गर्न विस्तारवाद विरोधी सशक्त मोर्चाको पनि आवश्यकता छ ।
हिजो यस क्षत्रका माओवादी पार्टीहरुलाई कम्पोसामा संगठीत गरिएको थियो ।
प्रचण्डको विचलनले त्यो संगठन मृतप्राय छ । आगामी दिनमा विस्तारवाद विरोधि
सशक्त संगठन निर्माण गर्न आवश्यकता छ । र, पार्टीले दक्षिण एशियामा कार्यरत
थुप्रै राष्ट्रिय मुक्ति आन्दोलकारी, जनवादी शक्तिका साथ विस्तारवादी
विरोधि सरकारहरुसँग पनि सम्बन्धलाई विस्तार गर्न काफी मिहिनेत गरेको छ । यस
दिशातर्फ पनि सफलता हासिल हुँदै गएका छन् । २.४ विविध उपलब्धीकम्युनिस्ट
आदर्श पुन स्थापित हुँदै गएको छ । सामूहिकता, त्याग, आदर्शको राजनीति
विस्तारै गति लिइरहेको छ । पुन जनताको लागि मर्ने मिट्ने भावनामा जागृत
भएको छ ।३. सिमा र कमिकमजोरीविगत एक वर्षमा उपलब्धि मात्र छैनन् थुप्रै
सिमा र कमीकमजोरी पनि यस बीचमा छरपष्ट रुपमा देखा परेका छन् । माओवादी
पार्टी र आन्दोलनलाई अगाडि बढाउनका लागि यी सबै सिमा कमजोरीका बारेमा
निर्मम समीक्षा गरी हल गर्न अग्रसर बन्नै पर्दछ । यी एकवर्षमा निक्कै
ठूल्ठूला उपलब्धीहरु हासिल भएका छन् । र यो मूल पक्ष हो तर समस्याहरु पनि
निक्कै ठूलठूला देखिन्छ र जसलाई आगामी दिनमा हल गर्नका लागि सिंगो पार्टी
अग्रसर बन्नु पर्दछ ।
३.१ कार्यदिशाको प्रष्टता र कार्यन्वयनको
समस्याहाम्रो पार्टीका लागि अझै पनि कार्यदिशाको मूल मर्मलाई व्यवस्थित
ढंगले पार्टी र समाजमा स्थापित गर्ने समस्या रहेको छ । यो कार्यदिशा नविन छ
। यो न त लेनिनले अंगिकार गर्नुभएको सशस्त्र विद्रोह हो न त माओको
दिर्घकालिन जनयुद्धकै कार्यदिशा हो । यो नेपालमा विशिष्ट ढंगले यहाँको
वर्गसंघर्ष र भिषण दुइ लाइन संघर्षको प्रक्रियामा निर्माण भएको कार्यदिशा
हो । तर यसको व्याख्या र प्रयोगको माग भैरहेको छ । यति हुँदा हुँदै पनि
यसलाई बुझ्नेमा केही समस्या देखा परेको छ । एकथरीले यसलाई विशुद्ध
दिर्घकालिन जनयुद्धकै आँखाबाट हेर्ने र निराश हुने, अर्काथरीले विशुद्ध
शान्तिपूर्ण घेराभन्दा माथि नउठ्ने र तेस्रो थरी अकर्मण्यतामा फस्ने समस्या
देखापरेको छ । यि तीन थरी गलत प्रवृत्तिका विरुद्ध वैचारिक संघर्ष र
यिनमाथि विजयी प्रक्रियामा कार्यदिशाको बारेको अस्पष्टता र भ्रम साफ हुन्छ ।
यस्को साथै मूख्य कुरा भनेको कार्यन्वयनको प्रक्रिया हो । यस्को
कार्यन्वयनसँगै सवै गलत प्रवृत्ति हराउँदै जान्छ, कार्यदिशाको स्थापना र
विकास पनि सोही अनुपातमा बढ्दै जान्छ । ३.२ तीन साधनको विकास गर्ने समस्या
ः क्रान्तिका लागि पार्टी सेना र संयुक्त मोर्चा आवश्यक पर्छ । अझ नेपालको
वर्गसंघर्ष जुन चरणमा पुगेको छ त्यसलाई नेतृत्व गर्ने ढंगले यि तीन साधनको
विकास गर्न जरुरी छ । अझ पनि यस दिशामा गुणात्मक प्रगति हासिल भैसकेको छैन
। पार्टी अझै पनि प्रचण्डको विरासतबाट सम्पुर्ण रुपले मुक्त पार्न सकिएको
छैन । संसदवाद र सुधारवादका कतिपय छिर्काहरु हाम्रो पार्टीमा पनि सरुवा
रोगका रुपमा रहिराखेको छ । जुझारु शक्तिको विकासमा प्रयाप्त प्रगति वन्न
सकेको छैन । व्यापक संयुक्त मोर्चा निर्माण गर्ने दिशा तर्फ केही पाइला अघि
बढेको छ तर यसले पनि गुणात्मकता हासिल गर्न सकेको छैन । ३.३ संघर्षका
समस्या ःएक वर्षदेखि हाम्रो पार्टी निरन्तर जनसंघर्षमा लागिपरेको छ । यि
संघर्षले हाम्रो पार्टी देशभक्त, जनवादी, संघियतावादी हो भन्नेमा राम्रो
स्थापित पनि भएको छ । जनताको विश्वास यसप्रति उल्लेख्य वृद्धि भएको पनि छ ।
यो निक्कै ठूलो उपलब्धी हो । तर अझै पनि जनसंघर्षहरुलाई व्यापक
जनआन्दोलनमा रुपान्तरण गर्न निक्कै ठूलो चुनौती देखिएको छ । जनता ह्वात्त
सडकमा ल्याउने विश्वासको वातावरण अझ बनेको छैन । जनताका दुश्मनहरुको
दिनप्रतिदिन स्वरहरुमा वृद्धि भएको छ । जनविरोधि, राष्ट्रघाति, दलाल तत्वका
विरुद्ध प्रतिरोधात्मक संघर्ष शून्य छ । आगामी दिनमा यस दिशा तर्फ
गंभिरतापूर्वक समिक्षा गर्न जरुरी छ । आन्दोलनका नारा, तरिका, रुप आदि
पक्षमा देखिएका कमी कमजोरी हटाउन विशेष मिहिनेत गर्न जरुरी छ । ३.४
व्यवस्थापनका समस्या ःकार्यकर्ताको बेहाल अवस्था छ । व्यवस्थापनाको
वैज्ञानिक रुप खोज्न नसक्दा आन्दोलनमा टिक्न नसकेर थुप्रै कार्यकर्ता पलायन
भएका छन् । टिकेका सदस्यहरुको पनि जीवनवृत्तिको चर्काे समस्या देखा पर्दै
गएको छ । विस्तारै विस्तारै पूर्णकालिन सदस्यमा कमी हुँदै गएको छ ।
पार्टिका लागि यो निक्कै ठुलो चुनौति हो । पार्टीका लागि कार्यकर्ता
अत्यन्त मूल्यवान हुन्छ । झन् लामो संघर्षमा खारिएका नेता कार्यकर्ताको
महत्व स्वतः बढी हुन्छ । यिनको उचित हेरचाह, विकास र सुदृढीकरणमा विशेष
ध्यान पु¥याउन नसक्दा पार्टी र नेतृत्व माथि नै बेला बेलामा आशंका पैदा
हुने गरेको छ ।
३.५ भ्रमहरुको चिरफारको समस्या ःयस बिचमा विरोधीहरुले
लगातार पार्टी र नेतृत्वमाथि हमला वोलिरहे । यस प्रक्रियामा सवैभन्दा बढी
एमाओवादी पंक्ती देखा प¥यो । हामीमा त्यसलाई व्यवस्थित र तत्कालै खण्डन
गर्ने मामलामा काफी अपुगता देखा प¥यो । नेतृत्व तत्कालिन कामहरुमा चनाखो
नभएको महशुस हुन्छ । उदाहरणको लागि विरोधिहरुले एकताको भ्रम फैलाए र अझै
फैलाइरहेका छन् । उनिहरुले हाम्रो पार्टी नेतृत्वमा फूटको हल्ला
मच्चाइरहेका छन् । कार्यदिशा अस्पस्टताको राग लगाइरहेका छन् । हाम्रो
राजनिति माथि चौतर्फी हमला बोलीरहेका छन् । तर हामी रणनितिक मात्र कुरा बढी
गर्ने यस्ता कुराहरु प्रति आवश्वयक सजगता नपुगेको मात्र होइन कतिपय
सन्दर्भमा उनिहरुलाई नै वल पुग्ने गरी क्रियाकलाप हुनु दुःखद कुरा हो
।
३.६ निराशा र विसर्जनवादस्थापित नेतृत्वले धोका दिएपछि पार्टी र समाजमा
निराशाका भावहरु वग्रैल्ती देखा परेका छन् । “जुन जोगी आए पनि कानै
चिरेका”, “प्रचण्डले त धोका दिए अरुले दिंदैनन् भन्ने के ग्यारेण्टी”,
“प्रचण्डहरु भन्दा किरण पक्षको फरक पन के छ”, “के किरण पक्षले साँच्चिकै
क्रान्तिको नेतृत्व गर्न सक्छ र ?” । यी र यस्ता कतिपय भावहरु पार्टी भित्र
र बाहिर उठिरहेका छन् । यिनको जवाफ पनि एकथरिले नकरात्मक रुपमा दिएर पलायन
र विसर्जनको बाटो समातेका छन् । अब पुन क्रान्ति हुँदैन। सब सकियो, बर्वाद
भयो भन्ने भाव आन्दोलनमा केही वर्ष लागेकाहरुमा देखा पर्दै गएको छ ।
क्रान्ति आरोह, अवरोह, घुम्ती र मोडहरु हुँदै अघि बढ्छ । सोझो र सरल रेखामा
यो बढ्दैन भन्ने नबुझेका युवाहरुमा यस्को असर बढी परेको देखिन्छ । निम्न
पुँजीवादी आर्थिक धरातलको दायाँ कोणबाट आउने यो समस्याका बारेमा पार्टीले
निक्कै ठूलो वैचारिक संघर्ष संचालन गर्दै आएको छ र यसलाई बढाउन जरुरी छ ।
क्रान्ति कसैको मनोगत चाहनाबाट पैदा नभई देशको ठोस भौतिक परिस्थितिले
निर्धारण गर्छ र यसको आफ्नै नियम र गति हुन्छ । पार्टीले त त्यो नियम र
गतिलाई बुझेर नेतृत्व गर्ने कुरा मात्र हो भन्ने विचारलाई व्यवस्थित तवरले
बुझाउन जरुरी छ । ३.७ केन्द्रिकरणको समस्या ःबहुलवाद हानिकारक विचार हो ।
हाम्रो पार्टीमा यो नजानिदो ढंगले प्रवेश गरिरहेको छ । प्रचण्ड मण्डलिसँग
दुई लाइन संघर्ष सञ्चालन गर्दा जनवादी केन्द्रियतालाई मिचेर गरिएको थियो ।
वैचारिक संघर्ष मुख्य भएको हुनाले पद्धतिको प्रश्न त्यस बेलामा अत्यन्त गौण
थियो । तर अहिले हाम्रो पार्टीले क्रान्तिकारी कार्यदिशा पारित गरि त्यसको
कार्यन्वयनको गम्भिर प्रक्रियामा प्रवेश गरिरहेको यसबेला केन्द्रिकरणको
आवश्यकता पर्दछ । तर अझै पनि पार्टीले यस दिशामा आवश्यक सफलता हासिल गर्न
सकेको छैन ।
४. निष्कर्ष ःविगत एक वर्ष निक्कै चुनौतीपूर्ण रह्यो । पार्टी पुनर्गठन
गरिसकेपछि यसलाई बचाउन र हुर्काउन यस बीच नेताहरुले निक्कै ठूलो मिहिनत र
परिश्रम गर्नुप¥यो । यो प्रक्रियामा पार्टीका कार्यकर्ता शुभचिन्तक र
जनताको पनि निक्कै ठूलो साथ र सहयोग रह्यो । अन्तर्राष्ट्रीय क्षेत्रबाट
पनि भाइचारा पार्टीहरुले गतिलो समर्थन र ऐक्यवद्धता प्रकट गरे । आन्दोलमा
पार्टीले आफ्नो देशभक्ति र जनवादी छाप छोड्न सफल भयो । यही पार्टीको वरिपरि
आधा सय भन्दा धेरै पार्टीहरु कार्यगत गर्न आए र संघर्षमा समेत साथ र सहयोग
गरिरहेका छन् । विगत एक वर्ष देशको परिस्थितिमा झन् ठूलो संकट थपिँदै
गएको छ । विस्तारवादी गुरुयोजनामा निर्दलीय खिलराज जस्तो प्रतिगामी सरकार
नेपाली जनताका विरुद्ध थोपारियो । अहिले पुन देशलाई गुलाम बनाउने
उद्देश्यका साथ संविधानसभाको मञ्चन गर्ने प्रयत्न गरिएको छ । देशलाई
संसदवादमा होम्ने गुरुयोजना तयार पारिएको छ । देशको राष्ट्रियता डरलाग्दो
मोडमा पुगेको छ । जनता यसबाट मुक्त स्वाधिन, जनवादी प्रगतिशील, नयाँ
नेपालको प्रतिक्षामा छन् । पुरानो पार्टीको गंभीर विश्वासघात र धोकाबाट
उनिहरु आजित भएका छन् र आफ्नो बीचबाट नयाँ पार्टी र नेतृत्व क्रमशः स्थापित
गर्दै लगेका छन् । हाम्रो पार्टी जनताको यही आशाको धरोहरका रुपमा खडा
भएको छ । आन्तरिक रुपमा निक्कै ठूलठूला चुनौती छन् । समस्याहरुका अनगिन्ति
पहाडहरु खडा भएका छन् । तर पार्टीले वर्ग, राष्ट्र प्रति आफ्नो उच्च
प्रतिवद्धता प्रकट गरिसकेको छ । विगत एक वर्षको सकरात्मक नकरात्मक अनुभवहरु
संश्लेषित गरी आगामी दिनका सुन्दर तर कठिनतम बाटोमा हिड्न आफूलाई सम्पूर्ण
रुपले तयार पार्नु आजको प्रमुख कार्य हो । हाम्रो पार्टी यस विचारमा खरो
भएर उत्रने छ ।
No comments:
Post a Comment