Tuesday, July 2, 2013

भ्यु टावर टेन्डरमा हिसिला यमीले घुस खाएको खुलासा

काठमाडौं । कसैलाई केही धन्दा कसैलाई केही धन्दा घरज्वाईलाई खानकै धन्दा भने जस्तै भएको छ बाबराम सरकारमा शक्तिमा रहेका केही खन्चुवाहरुलाई । प्रसग काठमाडौं महानगरपालिकाले पूरानो बसपार्कमा बनाउन लागेको भ्यू टावर टेयडरको क्रममा भएको ब्यापक अनियमितता हो र थपमा जोडिएन आइपुगेका पात्रहरु हुन् सदाचारको गीत गाएर नथाक्ने प्रभानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र उनैको छत्रटायामा काठमाडौं महानगरपालिकामा लुट मच्चाईरहेका कार्यकारी अधिकृत केदार बहादुर अधिकारीको ।


महानगरपालिकाले पच्चिस तले भ्यू टावर बनाउनका लागि भन्दै आह्वान गरेको बोलपत्र भर्ने क्रममै महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले बोलपत्रको आसय रकम लिक गरेर त्यो भन्दा बढी रकम टेण्डरमा हाल्न लगाई मिलेमतोमा लेनदेन गरेको तथ्य नेपाल सन्देशले फेला पारेको छ ।

भ्यू टावर बनाउनका लागि भन्दै जापानी कम्पनी,इटली, नृपाली गरि कुल ११ वटा कम्पनिहरुले टेण्डर भरेका थिए । त्यसमा एउटा कम्पनि थियो स्वच्छन्द निर्माण सेवा एण्ड जेभी । काठमाडौं महानगर पालिकाले बनाएकको आकासे पुलहरु ठेक्कामा लिएर मुनाफा कमाउदै आएकको इनोभेटिभ कन्सेप्ट्स प्रा लि नाकमको एउटा कम्पनि छ र त्यसका मालिक छन् मनोज भेट्वाल ।

यिनै भेटवाल हुन जो केही बर्षअघिसम्म काठमाडौंमा होडिङ्ग बोर्ड बोक्दै हिड्थे । अहिले उनी काठमाडौंका आकासे पुर उधारोमा ठेक्का लिएर चर्को भाडा बिज्ञापन मार्फत प्रशस्त पैसा कमाउन सफल भएका छन् । उनै भेट्वालले माओवादी कार्यकर्ता मार्फत हिसिला यमिलाई हातमा लिएर आफु सम्बद्ध स्वच्छन्द निमार्ण जेभीलाई टेण्डर पारेका हुन् । मनोजले टेण्डर हात पार्न कम्तिमा १ करोड ५० लाख रकम खर्च गरेको स्रोतहरुको दावी छ । स्रोतका अनुसार भेटवालले टेण्डर हात पार्नका लागि प्रधानमन्त्री पत्नि हिसिला यमीलाई ७५ लाख र महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार अधिकारीलाई ५० लाख नगद दिएका थिए भने यो कामको चाजो पाजो मिलाउने उपत्यका वाइसियलका प्रमुख चन्द्र बहादुर थापा सागर सहित अन्यलाई ५० लाख रकम दिएका थिए । खासमा भेट्वाल बिचौलिया हुन् । स्वच्छन्द निमार्ण सेवा पनि उनको आङ्खनै कम्पनि होइन । उनले ठेक्का मिलाएर कमिसन खान स्वच्छन्दका अलावा, रसुवा जेभी, कालिका जेभी, नार्गाजुना जेभी लगायतका कम्पनिहरुलाई डेण्डर हाल्न लगायका थिए । यी मध्य जुन सुकै कम्पनिले टेण्डर पाए पनि मिलेमतोमा रकम दामासाहीले बाड्ने पूर्व सहमति भएको स्रोतका दावी छ ।

अधिकारीले माओवादी नेतृत्वस“ग सम्बन्ध विकास गर्न आफ्ना नातेदार ज्योति अधिकारीको सहायता लिएका थिए । ज्योति ठमेलमा पर्यटन ब्यवसाय गर्छन भने क्यास माओवादी भनेर चिनिने एकीकृत माओवादी पर्यटन इलाका कमिटीका प्रमुख समेत हुन् । ज्योतिको माओवादी नेताहरु प्रचण्ड, बाबुराम,पोष्ट बहादुर लगायत उच्च तहका सबै नेताहरुसग उठबस हुने गर्छ । माओवादीको नाममा संकट कालमा अथाह चन्दा उठाएर त्यसलाई व्यक्तिगत काममा दर्च गरेका ज्योति माओवादी कारवाहीबाट बच्नलाई नेताहरुलाई मोटो रकम चन्दा दिएर नजिकको हुने र त्यसैको आधारमा विभिन्न काम हात पार्न खप्पिस मान्छेको रुपमा एमाओवादी भित्रै चर्चामा आउने गरेका छन् । हिसिला यमीलाई मोटो रकम दिएरै उनी वायू नागरिक उड्डयन प्राधिकरणको संचालन समितिमा मनोनयन भएको माओवादी नेताहरु खुलेआम बताउने गर्छन् । केदार र ज्योति बीच काका भतिजाको सम्बन्ध छ ।

टेण्डर प्रक्रियामा ब्यापक अनियमितता भएकको उजुरी परेपछि अख्तियार दुरुपयोग खनुसन्धधान आयोगले गरेको छानविनमा समेत कागजपत्र गडबड गरिएको र भ्रष्टाचार गरिएको भन्ने आशंका पछि टेण्डर प्रक्रियाका सबै फाइल अख्तियारमा बुझाउन दिइएको आदेशलाई केदारले आलटाल गर्दैआएका छन् । अख्तियारले छानविन गरेमा आङ्खनो भ्रष्टाचार प्रमाणित भएर कारवाही हुने पक्का पक्की भएपछि कारवाहीबाट बच्न केदार उनै ज्योतिलाई लिएर काग्रेस एमाले माओवादी सहितका उच्च नेताहरुको दैलो चाहार्न थालेका छन् ।

भुमीगत दुई तल्लामा पार्ककिङ, त्यसभन्दा माथि बस, टेम्पो लगायतका सवारी मोटर साइकल लगायतका स्टेशन बनाइने छ ।

भ्युटावरबाट पुरै काठमाडौ दृश्यावलोकन गर्न सकिने उनले बताइएको छ। अन्य मुलुकका महानरपालिका जस्तै भ्युटावरले पनि हाम्रो पहिचान दिने छ, न्युरोड लगातयका क्षेत्रको ट्राफिकजाम पनि कम हुने बताइन्छ ।

न्युरोडसम्म भ्रमण तथा व्यपार गर्न जानेहरुले भ्यु टावरमै सवारी साधन पार्किङ गरेर जाने व्यवस्थासमेत मिलाउने र त्यसले गर्दा न्युरोड लगायत क्षेत्र स्वच्छ सफा हुनका साथै पर्यटकीय आकर्षणको केन्द्र बन्ने समेत आशा गरिएको छ । टावरलाई व्यापारिक केन्द्रको रुपमा विकसित गरिने छ । टावरमा प्राचिन कला झल्किने विभिन्न किसिमका डिजाइन निर्माण गर्न लगाइने छ ।

टावरमा चार वटा मनोरन्जन हल, बैंक, अस्पताल, रेष्टुरेन्ट लगायत पुस्कालयसमेत बनाइनेछ । अत्याधुनिक प्रविधिबाट निर्माण हुन लागेको भ्युटाव दक्षिण एशियाकै पहिलो हुने महानगरले दाबी गरेको छ । टावरका प्रत्येक तल्ला २४ घण्टा खुल्ला रहने छन् ।

निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द बिके निर्माण कम्पनीले तीस वर्षसम्म उक्त टावर उपभोग गर्ने छ । तीस वर्षपछि महानगरलाई हस्तारण गर्ने सम्झौता भएको छ । निर्माण लागि करीव दुई अर्व रुपैयाँ लाग्ने कम्पनीले अनुमान गरेको छ । जमीनको प्रत्येक वर्ष सतरी लाख रुपैयाँ भाडा तिर्ने छ भने त्यो पनि वर्षेपिच्छे दस प्रतिशतका दरले बढ्ने पहिलो चरणको सम्झौता भएको छ ।

त्यसैगरी टावर निर्माण पश्चात प्रत्येक वर्ष १ करोड ६५ लाख रुपैयाँ महानगरलाई राजस्व वुझाउने र त्यो वर्षेपिच्छे करीव तीन प्रतिशतका दरले बढ्ने छ ।

कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले अन्तिम सम्झौता हुन बांकी रहेको बताउंदै तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिने बताइएको छ ।

No comments:

Post a Comment