देश अन्यौल ग्रस्त छ l एकातिर चुनाबको चहलपहल बढ्दैछ भने अर्को तिर चुनाबलाई बहिष्कार गर्ने नीति अवलम्बन गर्दै पोखरामा नेकपा-माओबादीको केन्द्रिय समितिको बैठक चलिरहेको छ l बैठकमा उठान गरिएको बिषयबस्तुहरु चुनाब लच्छित देखिन्छ l जनयुद्वको जगमा जनविद्रोहको नीति पार्टी अलग भएपछि भएको ८ औ महाधिबेशनले पारित गरेको कार्यदिशा हो l कार्यदिशा ठोस गरिएता पनि तयारीको चरणमा नलाग्नाले थप आशंका थपिदिएको छ l माओबादीमा जनयुद्वको बाटो पच्छाउदै बढ्न सक्ने वा नसक्नेमा मतान्तर रहेको प्रष्ट बुझिन्छ l निशस्त्र कि ससस्त्र
जनयुद्व बिना तयारी पुरा हुने कुरा हैन l त्यसका लागि ठोस योजना र कार्यन्वयनमा भर पर्ने कुरा हुन् l मुखमा जनयुद्वको नारा जप्ने र भित्र अर्कै बाटो खोज्दै हिड्नु अहिले केन्द्रिय समितिमा बहसको बिषयबस्तु बनिरहेको छ l कार्यक्रम ठोस गरिएता पनि कार्यकर्ता माझ स्पस्ट नीति निर्देशन नगरेका कारण निशस्त्र वा ससस्त्र कुन बाटो बन्नेमा दुबिधा पैदा भएको हो l
यसै बेला एमाओबादीमा फर्कनु भन्दा जनयुद्व वा सशस्त्र कै दिशामा केन्द्रित रहने गरि प्रतिबेदन पेश गरेका छन् l समय सान्धर्भिक जनयुद्व भन्दा जनविद्रोहको दिशामा केन्द्रित बन्नु पर्नेमा जोड बल केन्द्रिय सदस्यहरुले गरेको बुझिन्छ l
कुरा स्पष्ट छ, नेकपा-माओबादीले तत्काल जनयुद्वको बाटो रोज्नेछैन l सके चुनाब हुदै नसके जनविद्रोहको नीतिमा केन्द्रित हुनेछ l जनयुद्व सम्भावना नरहेको भन्दै चुनाब बहिष्कार कि चुबाब कै बाटो रोज्ने दुई बिकल्प मध्ये एक हुन सक्छ l जनयुद्व तत्कालका लागि पर्ख र हेरको रणनीतिमा राख्नेछ l
कार्यकर्ता बुझाई के ?
एमाओबादी संसदीय भासमा फस्दै गएको भन्दै बैचारिक अन्तरसंघर्षको उच्चतम अनुभूत गरेका कार्यकर्ताहरु बीच मनमुटाबसम्मको स्थिति सिर्जना भए l बिरोधका आवाजहरु बलियो बनाउदै बढ्दा विभाजन पश्चात औचित्य पुष्टि केहि समय मै गर्नु पर्ने थियो l एकले अर्कोलाई हिलो छ्यापाछ्यापको स्थितिबाट गुज्रदै अन्तत पार्टी फुटसम्मको स्थिति व्यहोर्नु पर्यो l
नेता देखि कार्यकर्तासम्म आरोप प्रत्यारोप देखि झडपसम्म भएकै कारण एमाओबादीमा कुनै पनि हालतमा मिल्न नसक्ने बताउदै आइरहेको छ l तर, बिरोधका बिरोध भन्दा बढ्ता केहि नया उत्साहजनक कार्यक्रम दिन नसकेकोले कार्यकर्तामा निराशा पैदा भएको छ l
बैचारिक मत मतान्तरको खाडल निकै रहेको छ l पोखरा केन्द्रिय समितिको बैठकले संघर्षको कार्यक्रम ल्याउदै पार्टी अझ एक ढिक्का हुदै जनजीविकासंग जोडिएका समस्याहरु समाधान गर्ने दिशामा केन्द्रित बने पार्टीले जनविश्वास बढ्नेमा बिश्वस्त देखिन्छन l भने, अर्को थरि कार्यकर्ता पार्टी एकता गरेर भित्रै संघर्ष गर्दै शहिदको सपना पुरा गर्नु पर्ने तर्क गर्ने गरेका छन् l बर्तमान परिस्थितिमा आउने कुनै पनि योजना कार्यकर्ताले मनन गर्दै बढ्ने संकेत प्रशस्तै रहेको भेटिन्छ l
l
चुनाब, जनयुद्व वा जनविद्रोह
संबिधान सभाको चुनाब धोस्त पार्ने नीति अख्तियार गर्दै युवा शक्तिलाई सशक्त रुपमा परिचालन गर्दै जाने, यदि चुनाब नहुने स्थिति आएमा राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवाललाई चर्काएर शहरी जनविद्रोहलाई उचाल्दै जनयुद्धको बाटोमा जाने बादलको प्रतिबेदनमा उल्लेख गरेका छन् ।
शहरमा विशेष लडाकू दस्ता अर्थात् एसटीएफ तयार गर्ने ग्रामीण इलाकाहरुमा युवाहरुलाई समेटेर हातहतियार सहितको सैन्य शक्ति निर्माण गरिनेछ । विशेष लडाकू दस्ताले शहरमा विभिन्न दबाबमूलक कारवाहीहरु गरेको खण्डमा ग्रामीण इलाकामा रहेका सैन्य दस्ताले प्रत्यक्ष रुपमा जिम्मेवारी लिने व्यवस्था गर्ने भनिएको छ l
साथै विप्लबको सैन्य दस्ताबेजमा समेत 10 बराबर १ सेक्सन सहरमा कारबाही सैन्य फर्मेशन बनाउने प्रस्ताब प्रस्तुत गरेका छन् l दमन भए सेना बनाएर जनयुद्दमा जाने प्रस्ताब समेत प्रस्तुत गरिएको स्रोतको दाबि छ l
यस्तो अवस्थामा ल्याईएको प्रस्तावले जनभावना समेट्न सक्ने वा नसक्ने भन्नेमा भने केन्द्रिय नेताहरु अस्पष्ट रहेको बुझिन्छ l तर, बैधानिक खुल्ला पार्टीमा सैन्य दस्ताबेज प्रस्तुत हुने कुरा र त्यसलाई छलफलमा लैजाने कुरा भने सामान्य छैन l

No comments:
Post a Comment