Monday, March 25, 2013

रेखा र झरनाको बीच कहाबाट आए पप्पु ? (तस्विर सहित)




(रबिन्द्र श्रेष्ठ) एक ताका चलचित्र बिकाश बोर्डको अध्यक्ष्य बन्न कसरत गरेकी नायिका रेखा थापा राजनैतिक भिडमा दौडिएकी थिइन् l नायिका रेखा थापा अमेरिका गए लगतै नेपालमा चलचित्र बिकाश बोर्डमा सरकारले धर्मेन्द्र मरवैता पप्पु’ नियुक्ति  पश्चात रेखाको चाहनामा पूर्ण बिराम लागेको थियो l


शिब रात्रिमा पप्पु र रेखाले संगै बसी गाजा तानेको तस्विर बाहिर आएको थियो l त्यस लगतै यी दुईलाई विवादमा समेत ल्याएको थियो l गाजा काण्ड सेलाउन नपाउदै पुन यी दुईको रोमाञ्चक भेट भएको छ l
प्रस्तावित चलचित्र नगरीको स्थलगत अध्ययनका लागि बोर्डका कर्मचारीसहित दोलखा पुगेका पप्पुले नायिका थापाद्धय आउने भएपछि थप एकदिन दोलखा बस्ने योजना लम्ब्याए । पप्पु दोलखा पुगेको भोलिपल्ट रेखा र झरना ९ चैतमा त्यहाँ गएका थिए l
नायिका झरनाले भीमसेन मन्दिरमा पप्पुसँगका क्षणहरुलाई आफ्नो फेसबुक पेजमा अपलोड गरेकी छिन् ।त्यस लगतै चलेको चर्चाले स्थान पाए पछि रेखाले भनिन्, ‘म सिने नगरीको अवलोकन भन्दा पनि ‘हमेशा’ को सफलताको लागी प्रार्थन गर्न पनि त्यहाँ गएकी थिए । सँगै सिने नगरीको अवलोन पनि गरियो ।’ भीमसेन मन्दिरमा भेट हुनु संयोग मात्रै भएको पप्पु र रेखाले बताएका छन् । उनीहरुको टोली पनि अघि पछि गरि काठमाडौ आइपुगेको छ ।

No comments:

Post a Comment