Sunday, March 24, 2013

नेपाली भुमि प्रयोग गरि चीन घेर्ने अमेरिकी गुप्त योजनाको खुलासा


काठमाडौं । देशमा प्रधानमन्त्री कसलाई बनाउने र कसरी बनाउने भनेर गरमागरम बहस चलिरहेको बेला सुटुक्क अमेरिकी सेनाको एक टुकडी नेपाल आउछ । नेपाली सेनाको ब्यारेक घुम्दै विपद् ब्यवस्थापनको नाममा नेपाल प्रबेश गर्न बाटो खोज्दै धुइधुइती फन्को मारेको डरलाग्दो खवरको भित्री पाटो पढिसकेपछि भने स्वाभिमानी नेपालीहरुलाई नेताहरुले दिएको पिडामा नुनचुक थप्न सक्छ । एसिया प्यासिफिकस्थित ४५ देशको विपद् ब्यवस्थपन हेर्ने टोलीको नेतृत्व गर्दै अमेरिकी सेनामा दुई तारे जर्नेल(मेजर जनरल) मिसेल ग्यारेट अघिल्लो साता नेपाल आएका थिए ।
अमेरिकाको अलास्का राज्यका कमाण्डिङ्ग जनरल ग्यारेटसहित आएको ५२ सदस्यीय अमेरिकी सेना अमेरिकी सेनाले लगाउने सैन्य ड्रेसमै उपस्थित थियो । नेपाली सेना सेन्य अधिकारीहरुका ३२ जना फौज र १५ जना अन्य विभिन्न राष्ट्रसंघीय निकाय र रक्षा मन्त्रालय सम्बद्ध नेपाली अधिकारीहरु सहितको सिभिल टोली थियो । राष्ट्रसंघिय खाद्य कार्यक्रम, आइसिआरसि, आइओएम, यूएनओचा लगायतका सस्थाका आपत्कालीन ब्यवस्थापन विभागका प्रमुखहरुलाई राखेर लाजिम्पाटको होटल ¥याडिसनमा गरिएको अन्तक्रिया कार्यक्रम गत मंगलवार देखि शुक्रवारसम्म सम्पन्न भएको थियो ।

विपत ब्यवस्थापनको सहयोगका लागि नेपाली सेनासग मिलेर काम गर्ने योजना लिएर नेपाल आएको बताएपनि अमेरिकी सेना नेपाल छिर्ने प्रयासमा लामो समयदेखि निरन्तर लागिरहेको जनाकार स्रोतहरुको भनाई छ । सन् २००२ मा महाराजगजंस्थित चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानमा ७ जना अमेरिकी सैन्य अधिकारी आएर प्रतिष्ठानलाई सयुक्त चिकित्सा तालिम र सहयोग आदान प्रदानको प्रस्ताव गरेकोमा नेपाली पक्षले तयसलाई अस्विकार गरेको थियो । सन् २००३ मा अमेरिकी सेनाको अर्को टोली आएर डोल्पामा प्रतिआतंकबाद नियन्त्रण सम्बन्धि केन्द्र खडा गरेर सयुक्त अपरेशन गर्ने प्रस्ताब तत्कालिन शाही नेपाली सेनासमक्ष राखेकोमा तत्कालीन जनयुद्धरत माओवादीले जनयुद्धलाई दवाउन र चीनको गतिबिधिलाई अध्ययन गर्दै चीनबिरोधी गतिबिधि संचालन गर्न अमेरिकी सेनाको बेस डोल्पामा राखिएको भनदै त्यसको कडा बिरोध गरेपछि त्यो योजना समेत असफल भएको थियो । सन् २००५ मा पाटन अस्पतालमा आएको अमेरिकी सेनाको टोलीले हेपाटाइटिस बिरुद्ध सहकार्य गरेर काम गर्ने प्रस्ताव राखेकोमा पाटन अस्पतालले अस्विकार गरेपछि अमेरिकी सेनाको स्वास्थ्य सम्बन्धि काम गर्ने भनिएको टोली छाउनी स्थित तत्कालीन शाही नेपाली सेनाको अस्पतलमा गएर समझौता गर्न सफल भएको थियो । संसारभर कसैले पनि प्रयोगमा ल्याउन नमानेको हेपाटाइटिसको सुई राज्यको नुन पानी खाएर बसेका नेपाली सिपाहीहरुमा परिक्षणको रुपमा प्रयोग गरिएपछि पिपल्स हेल्थ मुभमेन्टले त्यसको बिरोध गरेको थियो र विश्वब्यापीरुपमा अमेरिकी सेनाको आलोचना भएको थियो । मुभमेन्टको नेपाल सहयोगीहरुमा अरुणा उप्रेती,शरद वन्त, मथुरा मास्केजस्ता प्रतिष्ठित चिकित्सकहरु रहेका छन् ।

यसरी कहिले अस्पताल त कहिले सेनालाइ सहयोग गर्ने भन्दै बारम्बार नेपालमा शिविर खडा गर्ने भित्री उदेश्यले धाइरहेको अमेरिकी सेनाले नेपालमा पस्ने सक्ने ३५ वटा भित्री सम्भावनाहरुको सूची नै बोकेर हिडेको उच्च स्रोतको भनाई छ । होटल ¥याडिसनमा भएको कार्यक्रममा सेनापति गौरव शम्सेर राणा सहितका उच्च अधिकारीहरु सहभागी हुनु र सोही बैठकमा आगामी जुलाइमा सोही टोलीले पुन नेपाल भ्रमण गर्ने र सेप्टेम्बर ९ देखि १२ सम्म विपद् ब्यवस्थापनको नाममा सयुक्त फौजी अभ्यास गर्ने सहमति हुनुलाई सामान्य रुपमा लिन नहुने र राष्ट्रिय स्वाधिनता र चीनको संवेदनशीलतामा पुग्न सक्ने दुरगामी प्रभावबारे पनि ध्यान दिनुपर्ने परराष्ट्रविद्हरुको भनाई छ ।

¥याडिसनका कार्यक्रम सकेर अमेरिकी सैन्य टोलीले हिजो मध्य एअरवेश र यन्जिनियरिङ्ग निर्देशनालय एअरपोर्टको भ्रमण गरेको छ भने सोमबार नगरकोट र खरिपाटी स्थित अधिकृत तालिम केन्द्रको भ्रमण गरेको छ । विपद ब्यवस्थापनको कार्यक्रममा आएको भनिएको अमेरिकी सेनाको टोलीले नेपाली सेनाका महत्वपूर्ण तालिम र सामरिक केन्द्रको भ्रमण किन गरे र गराइयो भन्ने बिषय रहस्यपूर्ण छ ।

यसैबीच माओवादी सेनाको ब्यवस्थापन पछि बनाइने पिद् ब्यवस्थपन र बन सुरक्षा सम्बन्धि निर्देशनालयमा जानका लागि सेनावाट दरवन्दी अनुसार आनतरिक सरुवाको परिपत्र भएको छ । निर्देशनालयमा एक जना उपरथी, ३ जना सहायक रथी,७ महा सेनानीको दरवन्दी रहनेछ । जागिर सकिने र प्रमोसन नभएकाले २६ वेशिक का प्रमुख सेनानीहरु ठाउ नभएर घर जान लागेकोमानिर्देशनालय बनेपछि थप समय जागिरमा रहने भएका छन् । नया बन्ने निर्देशनालयलाई माओवदी सेनाको शिविर रहेको पुरानो गणमा गएर मोर्चा सम्हाल्न आदेश दिइएको जङ्गी अड्डा स्रोतले बताएको छ ।

साभार: www.nepalsandesh.com

No comments:

Post a Comment