दलहरुको ३३ दिनको कसरत पश्चात प्रधानन्यायाधीश खिल राज रेग्मीको नेतृत्वमा चुनाबी मन्त्रिपरिषद गठन भएको हो l रेग्मी नेतृत्वको सरकार चुनाब पश्चात संबिधान सभाबाट नया प्रधानमन्त्री चुनिदासम्म रहनेछ l रेग्मी नेतृत्वको सरकारले ११ सदस्सीय मन्त्री परिषद समेत गठन गरिसकेको छ l दलहरु बीच मत भिन्नता हुदा हुदै पनि सरकार चुनाबको गृह कार्यमा जुटिरहेको छ l
दल बारे
दलहरुले मन्त्रीपरिषद गठन गरे पनि निर्वाचन कहिले हुने भन्नेमा अन्यौल देखिन्छ l चुनाब असारमा गर्ने तय गरिएको छ l दलहरु विवादका बीच चुनाबी माहोलमा जुटेका छन् l दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई गाउ फर्क अभियानमा लाग्न निर्देशन दिएका छन् l शहर केन्द्रित राजनीति गरेका दलहरु रित्तो हात लिई पुन भोट माग्न गाऊ जान लागेका हुन् l चुनाब ताका मात्रै गाऊ प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरु पुन आफ्ना पुराना नारा लिएर गाऊ घरमा देखिन थालेका छन् l चुनाबी बातावरण बनाउन चार दल छलफल, अन्तरक्रिया र सभाहरु गरिरहेका छन् l
खिलराज बारे
चार दलको बहस, छलफल र अभ्यास पश्चात अन्तत खिलराज रेग्मी चुनाबी मन्त्रीपरिषदको अध्यक्ष्य चयन भएको हो l ०६९ चैत्र १ गते विवादका बीच राष्ट्रपति निवासमा राष्ट्रपतिको उपस्थितिमा पदिय सपथ ग्रहण गरिएको हो l खिलराज रेग्मीले प्रधानमन्त्रीमा नाम दर्ज गर्दै दुई *प्रधान* शब्द थप्ने पहिलो व्यक्ति बनेका हुन् l खिलराज रेग्मी न्यायालयमा सफल ठहरिए पनि सरकारको नेतृत्वमा सफल हुने वा नहुने भन्नेमा भने केहि समय कुर्ने पर्ने हुन्छ l उनको प्रयास र कार्य कुशलताले समस्याबाट निकाश पायो भने उनको दुई *प्रधान* शब्दावलीले सार्थकता पाउनेछ l यदि सफल भएनन भने दुई *प्रधान* फोटो भित्तामा झुन्डाउदै एक इतिहास रच्नेमा दुई मत रहनेछैन l
आन्दोलन बारे
नेकपा-माओबादीको नेतृत्वमा अन्य साना राजनैतिक दलको समर्थनमा आन्दोलन गरिरहेका छन् l आन्दोलन धर्ना, हड्ताल, चक्काजाम, पुत्लादहन, प्रतिरोध अभियान जस्ता बिरोध र बहस गर्दै आएको छ l त्यस्तै गरि मधेशी दल, नेपाल बार एसोसियसन, जनजाति पार्टी लगायत अन्य साना दलले छुट्टा छुट्टै बिरोधहरु जनाइरहेका छन् l आन्दोलनको नेतृत्व गरिरहेका नेकपा-माओबादी चुनाब नगराउने पक्षमा रहेको छ l त्यस्तै गरि ३३ दलको बैठकले मन्त्रीमण्डल र चार दलीय सिण्डीकेटसंग बार्ता गर्नुको औचित्य नरहेको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइसकेका छन् l प्रतिगमन तथा फासिवादको अभ्यास गर्ने र सिक्किमीकरण तर्फ देश लम्केको भन्दै संघर्ष बढाइएको नेकपा-माओबादीले भनिरहेका छन् l जबसम्म सहमतीय बाटोमा सरकार र चार दल पुग्दैन तबसम्म चुनाब हुनै नदिने बताइरहेका छन् l
अन्तमा
दलहरुले चुनाबी सरकारको वकालत गरिरहेको अवस्थामा अर्को ठुलो शक्ति आन्दोलनमा छ l बार समेतले बिरोध गरिरहेको र दलहरुले चुनाबी रटान मात्रै गर्नाले असारमा चुनाब हुनेमा चार दल मै विवाद रहेको देखिन्छ l चुनाबका लागि राष्ट्रिय सहमति जुटाउन सकिरहेका छैनन l यता सरकारले भने चुनाब गराउने प्रतिबद्वता जाहेर गरेता पनि राजनैतिक खिचातानीले भने असारमा चुनाब हुनेमा आशंका थपिएको छ l बढ्दो दलहरु बीचको अबिश्वासले देश मुडभेड तर्फ जाने देखिन्छ l देश भित्रका अस्तित्वमा रहेका राजनैतिक दलहरु सजग बनि सहमतीय बाटो पैलाउदै चुनाबी प्रक्रियामा अघि बढ्न सकेमा देशले निकाश पाउने छ l अन्यथा देश पुन: द्वन्द्व तर्फ धकेलिनेछ l
No comments:
Post a Comment