Sunday, March 24, 2013

कुन धरातलबाट गर्दै छौ मुल्यांकन

आज जे सुनिदै र देखिदै आएका छौ, त्यो यथार्थ सत्य हैन र हुदैन पनि l रोडमा आउने खलनायक र घरमा बस्ने सबै नायक भन्ने हो भने त्यो सत्य केहि समयको पाउना मात्र हुनेमा अन्यथा नहोला l राजनैतिक दलको आडमा बस्ने जति पनि समर्थकहरु हुनुहुन्छ तिनले बुझ्नै पर्ने धर्म मन्त्र यह छ कि हामी राजनैतिक शक्तिको आडमा छौ l आवश्यकता अनुसार रोड र घरको बासमा चित्त बुझाउनु पर्ने हुन्छ भन्ने जस्ता कुरा भुल्नु हुन्न कि भन्ने बुझ्न जरुरी छ l आफु र आफु समर्थित राजनैतिक दलले गरेका र गरिएका हर्कतहरु सबै जायज हुने र अन्यले गरेका हर्कतहरु सबै गलत हुन् भनि प्रचारबाजी गर्नु कहाँको नियम हो l गलत आफ्नाले गरे पनि अर्काले गरे पनि गलतलाई गलत हो भनि लेख्न र भन्न सक्ने नै असली नेपाली जनता हुन् l त्यस बाहेक अन्य पार्टीका क्याडर हुन् भन्ने मेरो बुझाई हो l त्यसर्थ बिरोध गर्दा आ-आफ्नो हैसियत हेरी मुल्यांकन गर्दा अति उत्तम हुनेछ l

No comments:

Post a Comment