
रबिन्द्र श्रेष्ठ टोकियो, चैत्र ११ – जापानमा बसोबास गर्ने नेपालीहरुको साझा प्रयासमा सन्चालन हुन लागेको एभरेष्ट इन्टरनेसनल स्कुलको औपचारिक सुरुवात एक कार्यक्रमका बीच गरिएको छ l
स्कुलको अवलोकन ११ बजेबाट सुरु गरि ४ बजेसम्मलाई खुल्ला गरिएको थियो l अवलोकन तथा कल्चरल एक्सचेन्ज नाम दिइएको उक्त कार्यक्रममा जापानमा रहेका नेपाली र जापानिजहरुलाई स्कुलको भित्रि संरचना र पाठ्य पुस्तक सम्बन्धि जानकारी गराइएको थियो l
सोहि स्कुलका अध्यक्ष्य भूपाल मान श्रेष्ठले नेपाल सन्देशसंग- कार्यक्रममा सय जना भन्दा बढी नेपाली र जापानिजको उत्साहमय उपस्थितिले हाम्रो मेहनतले सफलता पाउदै गएकोमा व्यवस्थापक समितिलाई थप उत्साहित बनाएको बताउनु भयो l
कार्यक्रममा नेपाली स्वादको म:म र नेपाली चिया नास्ताको समेत ब्यबस्था गरिएको थियो l साथै नेपाली परिचय झल्कने ह्याण्डी क्राफ्ट लगायत सामाग्रीहरुको अवलोकन तथा बिक्रि वितरण गरिएकोले थप उत्साह जनक रहेको एक जापानीजले बताउनु भयो l
त्यस्तै गरि स्कुलमा आएका नेपालीहरु आ-आफ्ना बाल बच्चाहरुको भर्ना समेत गराएका थिए l सुरुमा चालिस जना भन्दा बढी बिद्यार्थीको उपस्थितिमा अप्रिल एक तारिकबाट संचालनमा आउने सोहि सस्थाका व्यवस्थापक हेर्दै आउनु भएका प्रदिप थापाले बताउनु भयो l
सो स्कुल बाल बच्चा र अविभावकलाई मध्ये नजर गर्दै टोक्यो टो सुगीनामी कु असगाया मिनामी ३-३४-१६ मा संचालन गरिएको छ l
please visit www.nepalsandesh.com
No comments:
Post a Comment