मधेशमा युद्धकालमा योगदान गरेका नेताहरुको भूमिका खुम्च्याउँदै लगिएको उनीहरुको आरोप छ । मधेशको नेतृत्व गराउन पहाडेमूलका नेता पठाइएको भनी पटक–पटक हेडक्वार्टरमा उजुरी गर्दै आएका छन् । नेपाल सन्देशसँग कुरा गर्दै प्रभुले भने, ‘शान्ति प्रक्रियापछि एकता क्रममा आएका नेतालाई छानी–छानी मधेश पठाइएको छ । पार्टीको माथिल्लो निकायमा मधेशको तर्फबाट कुनै प्रतिनिधित्व छैन । यी कुरा पूरा भए पार्टीमा बस्ने, नत्र छिट्टै नयाँ शक्ति बनाउनेबारेमा पनि छलफल अघि बढाउने योजना छ ।’ भने, ‘बस्ने र छाड्ने सम्भावना आधा–आधा छ ।’
उता, एमाले नेता रामचन्द्र झाको प्रवेशप्रति आपत्ति जनाउँदै आएका अर्का नेता श्रवण यादव हेडक्वार्टरप्रति अरुभन्दा बढी क्रुद्ध छन् । ‘माओवादी प्रचण्डको दाइजोमा आएको हो र रु रामचन्द्र झा अजवलाल यादवको हत्याको सुराकी हो । उसले त्यो कुरा स्वीकार गरी गल्ती भयो, माफ पाउँ भनी आयो भने स्वीकार गर्न सकिन्छ । अन्यथा, सकिन्न’, नेपाल सन्देशसँग कुरा गर्दा भने, ‘मैले यही विषयमा सञ्चारमाध्यममा बोलेको थिएँ । प्रचण्डसहितका नेताहरुले किन त्यसो बोलेको भनेर सोधे । म कुल डाउन हुने मान्छे होइन । मैले बोलेको जति कुरा लेख्न मिडिया डरायो । म लड्दा–लड्दै बाँचेको मान्छे हुँ, लुकेर बाँचेको होइन । जायज चिज जहिले, जहाँ पनि भन्छु भन्ने जवाफ दिएँ ।’ गोरुको खरिद–बिक्रि गरेझैं बजारमा आफूलाई किनबेच गर्न दाम्लो फुकाएर बसेका सबैलाई पार्टीमा हुल्नुहुँदैन भन्दै थपे, ‘यदि माओवादी युद्धमा लागेका बाहेक अन्य पार्टीबाट आउँदा एक तह घटेर आयो भने स्वीकार्य हुन्छ । अन्यथा म यो पार्टीमा बस्दिनँ ।’ उनको भनाइ छ, ‘प्रचण्डले बुझ्नुपर्छ, माओवादी कुनै व्यक्तिको पेवा होइन । उनी कतै गए भने सबै उनका पछि लाग्छन् भन्ने नठाने हुन्छ ।’
उता, एक समय नेकपा–माओवादीमा छदा, प्रचण्ड भनेको यो देशको सबभन्दा ठूलो दलाल हो भनी भाषण र गीत गाउँदै हिँड्ने खुशीराम पाख्रिन प्रचण्ड नै यो देशका क्रान्ति नायक हुन् भन्दै एमाओवादीमै फर्किएका छन् । कृष्णध्वज खड्का, रेखा शर्मा, कुमार दाहालहरुले पहिल्यै विज्ञप्ति निकालेर एमाओवादीमा जान खुट्टा उचालेका छन् । कांग्रेसका डिवी लामा (पूर्वआइजिपी) समेत मोलमोलाइमा रहेको स्रोतले जनाएको छ । ३ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएर राजनीतिक बजारमा भाऊ पाउन छाडेका मान्छेहरुलाई प्रचण्डले खुरुखुरु पार्टीमा भित्र्याउने, तर अरु पार्टीहरु भने आफ्नै पार्टीमा वर्षौं काम गरेका नेताहरुलाई जिम्मेवारी दिन कञ्जुस्याइँ गर्ने गर्दा प्रचण्डले पार्टी ठूलो बनाउने हौवा पिट्ने मौका पाएको बताइन्छ । बैद्य माओवादीभित्र ७५ सदस्यीय केन्द्रीय समिति, २२ सदस्यीय पोलिट्व्युरो, ११ सदस्यीय स्थायी समिति बनाउँदा पुराना र नयाँ पुस्ता दुबैलाई समेटेर नेतृत्वमा पुर्याउन सकिने प्रस्ताव आए पनि अझै अन्यौल मै रहेको छ l
साभार:- http://www.nepalsandesh.com
No comments:
Post a Comment