Wednesday, March 27, 2013

पूर्व प्रधानसेनापति पुत्रमाथि खुकुरी प्रहार

काठमाडौं, चैत - आफ्नो पद र प्रतिष्ठाको ख्याल नगर्दा थुप्रै मान्छेले समाजमा बद्नामी खेपेका छन् भने कतिपयले सन्तान हुर्काउने नाममा धेरै पुल्पुल्याउँदा बेइज्जति खेप्ने गरेका छन् । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङले पुल्पुल्याएर हुर्काएका छोरा एकजना त्यस्तै उदाहरण बनेका छन् ।
 गएको शुक्रबार (गुड फ्राइडे) मनाइरहँदा
भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङका सम्धी छत्रमानका छोरा प्रवलले खुकुरी खाए । खुकुरी हान्ने थियो, हालै गृहमन्त्रालयबाट बहिर्गमित विजयकुमार गच्छेदारको सहयोगीका रुपमा चिनिने गणेश लामा समूह ।
 निहुँ थियो, मदिराले लठ्ठिएर अर्कैसँग रमाइलो गर्न पुगेकी युवतीलाई हात समाती आफूसँग नचाउन खोज्नु । पहिला ज्ञानेन्द्र पुत्र पारस र प्रज्वल समशेरको आवारा छोरा प्रभाषले दरबारमार्गस्थित क्लब डाइनेस्टीमा देखाएजस्तो चर्तिकलाका कारण पूर्वप्रधानसेनापतिपुत्र प्रवल कुटिएको प्रहरीले जनाएको छ ।
 घटना कमलादीस्थित आइरिस पब एन्ड बारको हो । त्यसबेला प्रवल बेलायतको स्कटल्याण्डमा पढाई सिध्याएर फर्किएका आफ्ना पाँच जना साथीसँगै त्यहाँ थिए । तर, उनीमाथि आक्रमण शुरु हुँदा तीमध्येका सबै साथी तितरवितर भए । युवतीपक्षका युवाले प्रवलको टाउकोमा खुकुरी प्रहार गरेका थिए । घाइते भएका उनलाई तत्कालै उपचारार्थ थापाथलीस्थित नर्भिक अस्पताल पु¥याइएको थियो । त्यसरी प्रवलको टाउकोमा खुकुरी हान्नेमध्येका मुक्ति लामालाई प्रहरीले आइतबार राति बौद्धबाट पक्राउ गरेको छ । तर, खुकुरी उज्याउने दिनेश नामका व्यक्ति फरार छन् । आक्रमणमा गणेशका सहयोगी दावा लामाको हात रहेको प्रहरीले जनाएको छ । उनी पनि फरार छन् ।

No comments:

Post a Comment