रविन्द्र श्रेष्ठ, जापान । गैर आवासीय नेपाली संघ ९एनआरएन० जापानभित्र ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै भएको छ । पाँच महिनाअघि विशेष चर्चामा रहेको आर्थिक अनियमितताको विषयलाई पन्छाएर देशविदेश हिँडीराख्नु पर्ने र कार्यव्यस्तताको कारणले राजिनामा दिएको उल्लेख गर्दै तात्कालिन कोषाध्यक्षलाई ‘पानी माथिको ओभानो’ बनाउँदै उठेको विवादलाई थन्काएर एनआरएन जापानले विज्ञप्ती निकालेको छ ।
अघिल्लो कमिटिका जिम्मेवार व्यक्तिको नाममा खाता खोलिएकोले सम्बन्धित व्यक्ति गएर खाताको अपडेट रकम के कति रहेको भनि हेर्दा रकम बाहिरिएको तथ्य खुलेसंगै छानविन हुनुपर्ने कमिटि भित्रैबाट उठ्न थालेपछि भित्री रहस्य खुलेको थियो । तर, विज्ञप्तीमा अनियमितताबारे उल्लेख नगरी उल्टै अनियमितताबारे उठेको प्रश्न प्रति नै प्रश्न तेस्र्याएको छ ।
गोरखाका सुरज बस्नेतले आत्महत्या गरेपछि आर्थिक सहयोग गर्ने घोषणा गरेलगत्तै रकम अपडेट गर्दा बैंक खाताबाट लाखौं रकम तत्कालीन कोषाध्याक्ष तेज अर्यालले झिकेको रहस्य खुलेको थियो । यसबारे नेपाल सन्देशले यसअघि नै विस्तृत समाचार लेखेको थियो ।
रहस्य के हुन सक्छ र ?
नेपालीहरुको हकहितको लागि संगठित भएको भन्न रुचाउनेहरु नै आर्थिक अनियमिततालाई हलुका रुपमा लिनुलाई ‘दालमा केही कालो छ’ भन्ने कुरातिर पो संकेत गरिरहेको छ कि रु संस्थामाथि अविश्वास बढिरहेको बेला पुनस् आर्थिक अनियमितता कै विषय कमिटि भित्रले उठाउँदा समेत सत्यतथ्य बाहिर ल्याउन नसक्नुको पछाडिको रहस्य के हुन सक्छ रु
कोषाध्यक्षको राजिनामा स्वीकृत गर्दै सो पदमा दीपक थापालाई सर्वसम्मत रुपमा मनोनयन गरेको विज्ञप्ती एनआरएन जापानले निकालेको छ । प्रवक्ता सन्देश पोखरेलद्वारा जारी विज्ञप्तीमा ‘अधिबेशनबाट निर्वाचित तत्कालिन कोषाध्यक्ष तेजप्रसाद अर्यालले आफ्नो व्यवसायिक व्यस्तताको कारण दर्शाउँदै दिनुभएको राजिनामालाई स्वीकृत गर्दै थापालाई मनोनित गरिएको हो ।’
आर्थिक हिनामिनाको पाटोलाई कुनै पनि सम्बोधन नगरी विज्ञप्तीमा ‘स्थानीय एक अनलाइन मिडियाले सस्थाको लाखौ रकम हिनामिना गरेको जस्ता मनगन्ते रुपमा समाचार प्रकाशन गरेकोमा त्यसको खण्डन गर्दै कुराको बास्तविकता नबुझी सतही रुपमा संस्थाको गरिमामा आँच आउने खालका समाचार प्रकाशित नगर्न पनि सम्बन्धित सबैमा अनुरोध गरिएको छ ’ भन्दै उल्टै मिडियाले औंल्याएको कमिकमजोरीमाथि प्रश्न उठाइएको छ ।
एटीएम र पासबुक नभएपछि खुलासा
रेलको लिगमा हामफालेर ज्यान गुमाएका सुरज बस्नेतको दाहसंस्कार र पारिवारिक सहयोगका लागि एनआरएन जापान को नेतृत्वमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो । सुरजको परिवारलाई एनआरएन जापानले सहयोग गर्ने निर्णय गरेपछि खाता नम्बर जापानवासी नेपालीहरु माझ सार्वजनिक गरेका थिए ।
सहयोग रकम दिनेलाई सहज होस् भनेर खाता नम्बर दिईएको हो । सोहि खातामा के कति रकम नेपालीहरुले सहयोग गरेका छन् भनि अपडेटका लागि कोषाध्यक्ष अर्यालसंग सम्पर्क गरि एटीएम कार्ड र पासबुक उपलब्ध गराउन अनुरोध गरेका थिए । नेपालमा रहेका अर्यालले एटीएम कार्ड र पासबुक आफूसंग रहेको बताएपछि माथिल्लो कमिटिका व्यक्तिको नामको खाता भएकोले सम्बन्धित व्यति बोलाई बैंकमा के कति रकम छ भनेर हेर्दा बैंकमा पटकपटक गरि झिकिएको रहस्य बाहिरिएसंगै एनआरएन जापानमा हल्लीखल्ली नै मच्चिएको थियो ।
त्यसपछि अर्याल विवादको घेरामा तानिएको थियो । अर्याल नेपालबाट जापान आएपछि लाखौं रकम झिकिएको बारे एनआरएन जापानका सक्रिय केन्द्रीय सदस्यहरु र क्षेत्रीय समितिका सदस्यहरुको पहलकदमीमा अनियमितता बारे प्रश्न उठाएको थिए ।
अर्यालले स्वीकारेपनि कारवाही भएन
त्यसपछि बसेको एनआरएन जापानको बैठकमा आफ्नो कमजोरी भएको अर्यालले स्वीकारेका थिए । स्वीकारेसंगै रकम फिर्ता गरिसकेको थियो ।स्विकारीएको कमिकमजोरीलाई व्यवसायिक र घरयासी कामको प्रचारबाजी गर्नुमा नै एनआरएन जापानमाथि प्रश्न उठ्ने प्रशस्त ठाउँहरु छन् ।
अर्यालले नेपालसन्देशसंग पटकपटक गरेको कुराकानीमा अरु पनि गलत तरिकाले रकम झिकिएकोले संलग्न भएकाहरु र तिनीहरुको पनि लेख्नु भनी जवाफ फर्काएका थिए । यसरी हेर्दा यस अघिका दिनमा एनआरएन भित्र निकै ठूलो आर्थिक चलखेल हुने गरेकोतिर संकेत गरेको छ ।
एनआरएन जापानमा लागेकाहरुले किन र कुन प्रयोजनका लागि रकम झिकिएको बुझ्न चाहिरहेका बेला एनआरएन जापानले कार्यव्यस्तताको कारणले राजिनामा दिएको उल्लेख गरि राजिनामा स्वीकृत गर्दै नयाँ कोषाध्यक्ष नियुक्त गर्न हतारिएको समाचार पनि आइसकेको छ ।
ढाकछोप किन रु
झिकिएको प्रष्ट बैंक खातामा हेर्दा देखिन्छ र बैठक बसेर राजिनामासम्मको विषयवस्तु उठे पश्चात ‘एनआरएन जापानले घटनाबारे प्रष्टाउन किन सकेनन् रु एनआरएन जापानले कसको दवावमा किन वनावटी विज्ञप्ती निकालेर ढाकछोप गर्दैछ रु’ यावत प्रश्नहरु जिउँका तिउँ छन् ।
नेपाल सरकारले मान्यता दिएपछि एनआरएनलाई नेपालीहरुको हेर्ने दृष्ट्रिकोणमा विस्तारै बदलाव आइरहेको बेला अनियमितताको विषयलाई ढाकछोप गरि बढ्नुले थप शंकास्पद रहेको पुष्टि नगर्ला भन्न सकिन्न । कार्यव्यस्तता देखाउँदै राजिनाको कुरा आएकै हैन ।
आर्थिक अनियमितताको विषय गम्भीर रुपमा उठिसकेपछि बाध्य भएर आत्मआलोचित हुँदै राजिनामा पेश गरेका थिए । यी सबैको साक्षी एनआरएन जापान आफै हुँदाहुँदै ढाकछोप किन गरे भन्ने सवाल उठ्नुलाई अस्वाभाविक मान्न सकिन्न ।
No comments:
Post a Comment