साधारणतय बुझ्दा फेसबुक व्यक्तिको स्वतन्त्रता अभिव्यक्त गर्ने विद्युतीय सामाजिक संजाल हो । यसमा लेखिने बिचार र भावना व्यक्तिमा निहित हुन्छ बालबालिका देखि बृद्धबृद्वासम्म यसप्रति आकर्षित भएका छन् । यसको प्रयोग जो कसैले सहजै गर्न सक्ने हुँदा सबैको पहुचमा सजिलै पुग्न सक्ने माध्यम मान्न सकिन्छ ।
यसको प्रयोगले छिटो छरितो सुचना आदान प्रदान गर्न सकिनाले पनि यस प्रति आकर्षित भएको प्रष्ट छ । चुनाव सकियो तर कुरा चुनाब कै गर्नुपर्ने भएको छ । जति बेला एमाओबादी लगायत दलहरुले संबिधान सभा चुनाबमा होम्मिने निर्णय गरे ।
त्यसपछिका दिनमा राजनीतिक अनुनय बिनय गर्ने माध्यम फेसबुक बन्यो । एक दृष्टिले भन्ने हो भने चुनाव प्रचार फेसबुकमय बन्यो भने अर्का दृष्टिले फेसबुक चुनावमय बनेको थियो ।
त्यसपछिका दिनमा राजनीतिक अनुनय बिनय गर्ने माध्यम फेसबुक बन्यो । एक दृष्टिले भन्ने हो भने चुनाव प्रचार फेसबुकमय बन्यो भने अर्का दृष्टिले फेसबुक चुनावमय बनेको थियो ।
फेसबुकमा चुनाब प्रचारका साथै चुनाब बिरोधीहर्कत पनि देखियो । त्यसैगरी निर्वाचन बहिस्कारहरु र स्वतन्त्र उम्मेदवारहरु समेत बिरोध र प्रचारमा फेसबुकमै छाए । नेता, उम्मेदवार, कार्यकर्ता देखि समर्थकसम्मकाले फेसबुकका भित्ता रंगाए । जसले फेसबुकलाई प्रचारको माध्यम बनाएका थिएनन्, तिनले पनि अरुको सिको गर्दै गए । प्रायजसो उम्मेदवारहरु निर्वाचन क्षेत्रको नाम सहित सामाजिक संजालमा देखिए ।
एकपछि अर्को फेसबुक एकाउन्ट र लाईकको रिक्वेस्ट पठाउनेको बाढी नै आयो । कहिल्यै फेसबुक नचलाउने, फेसबुकलाई समय बर्बाद गर्ने संजालको रुपमा ब्याख्या विश्लेषण गर्नेहरु पनि फेसबुकमा भुलेको र झुलेको भेटियो ।
त्यसो भन्नेहरुले नै बढी भन्दा बढी समय फेसबुकमा दिए । हुन त फेसबुक सबैले सहि कामका लागि नै प्रयोग गर्छन् भन्न सकिँदैन तर सामाजिक संजाल मार्फत प्रचार गर्न सकिए चाडै फैलिने हुदा चुनाव ताका राजनीतिकर्मीहरु फेसबुक लगायतका विद्युतीय सामाजिक संजालप्रति आकर्षित भएको बुझ्न सकिन्थ्यो ।
फेसबुक प्रयोगकर्ताले लेखेका स्टाटस, कमेन्ट र फोटो अलपोड़बाट उसको सामाजिक उत्तरदायित्व र राजनैतिक तथा बैचारिक क्षमता बारे सहजै बुझ्न मद्वत समेत गरेको थियो । मतदाताले उम्मेदवारसंग बातचित गर्ने अवसर पनि मिल्यो ।
यसरी हेर्दा उम्मेदवारहरुलाई सामाजिक संजालको महत्व र अपरिहार्यता बारे ज्ञान भयो । सामाजिक संजाल प्रयोगमा पछिल्लो समय शिर्ष नेताहरुमा बाबुराम भट्टराई अगाडी देखिएका छन् । भट्टराईले लेखेका स्टाटसहरुले समाचारको रुप पाउनुका साथै निर्वाचन अघि र पछि लेखिएका स्टाटसहरुलाई अन्य दलका नेताहरुले इंगित गरेको संचार माध्यममा पढ्न पाइन्थ्यो । त्यसै गरी कांग्रेस नेता रामचन्द्र पौडेल पनि फेसबुमा बाक्लैसँग देखिन्छन् भने अन्य नेताहरु पनि आकर्षित बन्दै गएको देखिन्छन् ।
विभिन्न दलका युवा नेताहरुले भने चुनाव लागेपछि मात्र नभएर त्यसभन्दा धेरै अघिदेखि फेसबुक प्रयोग गर्दै आएका छन् । सामाजिक संजालको प्रयोगले छिटो सुचना प्रवाह हुने हुँदा चुनाब पछि पनि कतिपय उम्मेदवारले फेसबुकलाई निरन्तरता दिएको देखिन्छ । कतिपय उम्मेदवार भने चुनाव हारेपछि फेसबुकमा देखिन छाडेका छन् । यसो पनि भन्न सकिन्छ, जित्नेहरु फेसबुकमा कायमै छन् तर हार्नेहरु फेसबुकमा निष्क्रिय छन् ।
निर्वाचन आचार संहिताले गर्दा उम्मेदवार र दलहरुले जेजे गर्न पाउँदैनथे त्यो सबै गर्न पाइयो फेसबुकमा । अरुलाई आरोप लाउने, बदनाम गर्ने, झुटा कुरा गर्ने सबै काम गरिए फेसबुक मार्फत । फेसबुककै कारणले क(कसले जिते र क(कसले हारे भन्ने छुट्याउन सकिन्न तर चुनाव फेसबुकमय बनेकोमा भने शंका छैन । अहिले पनि फेसबुकमा चुनाव प्रचार जारी छ । तर, यो प्रचार मतदातातिर होइन नेताहरुतिर लक्षित छ ।
समानुपातिकमा नाम परेका उम्मेदवारहरुले आ-आफ्ना पार्टीका नेताहरुलाई दवाब दिन फेसबुकमा अभियान चलाइरहेका छन् । अर्को अभियान पनि छ, २६ सीट मनोनीत भित्र परेर सभासद् बन्ने । चुनाब ताका रंगिन मुद्रामा फेसबुकका भित्तामा सजिसजाउ देखिएका पात्रहरुले एक पछि अर्को हारको सृंखला व्यहोर्दै जादा लाजले देखिन छाडेका पनि हुन सक्छन् । तर, फेसबुकलाई जितको माध्यम मात्रै बनाउनु भन्दा सन्देश मूलक बनाउदा अति उपयुक्त हुन्थ्यो ।
जितको उत्साह महिनौ पहिले देखि झल्काउने माध्यम फेसबुकलाई बनाउनुभन्दा जनतासंग निरन्तर जोडिने माध्यम बनाएको भए सहि प्रयोग भएको मान्न सकिन्थ्यो । चुनाव जित्नेहरुले फेसबुकमार्फत नै मतदातालाई धन्यवाद दिएको देखियो भने उनीहरुले शुभकामना पनि फेसबुक मार्फत नै पाए । तर हार्नेहरु कतिपयले फेसबुक चलाउनै बन्द गरेको अड्कल लगाउन सकिन्छ ।
पराजित भएपछि फेसबुकबाट पलायन हुने हर्कतले सामाजिक संजालको महत्व र सान्दर्भिकतामा प्रश्न खडा गरेको छ । सामाजिक संजालको प्रयोग गरेर आम जनता र मतदातसम्म पुग्न खोज्नु राम्रो हो । तर, जनताले अस्वीकार गरिदिए भनेर फेसबुकबाट गायब हुन चाहिँ राम्रो होइन । किनभने राजनीति गर्ने मानिस र दलले जहिलेतहिले जनतामाझ रहनुपर्छ । जनतामाझ रहने एउटा राम्रो उपाय हो विद्युतीय सामाजिक संजाल ।
सामाजिक संजालबाट जो गायब भएका छन् उनीहरुको कुरा एउटा भयो, जो कायम छन् तिनका बारे केही चर्चा गर्नैपर्ने हुन्छ । फेसबुकमा विजयोत्सव मनाइरहेका विजेता उम्मेदवार र दलहरुले आगामी दिनमा यो उत्साह कायम राख्न सक्छन् रु प्रश्न उठ्छ । चुनावका बेला तिनले जेजे वाचा गरेका छन् त्यसका बारे आगामी दिनमा पनि फेसबुकबाट जानकारी गराउँछन् रु चुनाव जितेर जानेहरुले संविधानसभामा गएर के(के काम गरिरहेका छन् भन्ने जानकारी फेसबुकबाट पाइएला रु पाइयो भने राम्रो हो । पाइएन भने चाहिँ तिनको बेइमानी ठहरिने छ ।
No comments:
Post a Comment