Thursday, January 23, 2014

६ एकान ६ जापानमा प्रदर्शन यसरी रोकियो

फिल्म प्रदर्शन हुनु अघि निर्माता निर्मल शर्माले भवानी पन्तलाई प्रस्ताब गरेका थिए l त्यो कुरा मलाई थाहा भने थिएन l मैले त्यसैको बिचमा फिल्म चलाउ भने भवानीबाट हुन्छ भनि संकेत आयो l त्यसपछि नबिन निउरेसंग छलफल भयो l सहयात्री मिडियाको प्रस्तुतिमा नेपाल सन्देश लगायत जापानको सबै मिडिया अफिसियल मिडियाको भूमिकामा राख्ने निर्णय गर्यौ l कृष्ण भेटवालसंग पनि छफल भएको थियो नागोयामा चलाउन सकिने नसकिने बारे l


अन्तत नागोयामा नचलाउने टोकियो केन्द्रित गर्ने भनि नबिन र मेरो छलफल भयो l भवानीको कार्यव्यस्तताले गर्दा हामी दुई भाईले कार्यक्रम गर्ने भनि गृह कार्यमा लाग्यौ l हास्यव्यंग्यको समिश्रणलाई जापानमा प्रस्तुत गर्न सकिएमा राम्रै हुने ठानेर प्रक्रिया अघि बढाईएको हो l कार्यक्रमलाई सफल बनाउने तरिकाहरु भए पनि फिल्म चलाउन अनुभब कम हुनाले केहि नेपाली दाजु भाई तथा दिदि बहिनीहरुसंग छलफल पनि बढाईयो l

यसको नेतृत्व म स्वयम आफैले गरेको थिए l यो फिल्म ल्याउनुको उदेश्य जापानमा फिल्म प्रदर्शनसंगै केहि नया कार्यक्रम प्रस्तुत गर्ने मनसायले हो l नया सोचलाई बिकास गर्नु अघि नै गला रेटीने काम निर्माताबाट नै भयो l साथै जापानमा रहेका नेपालीहरु कै कारण यो प्रक्रिया टुंगियो l भोलि पल्टै फिल्मको पाईरेसी भएको खुल्न आयो l समाचार बनाउनेमा पनि हामी नै अघि भयौ l दिपकसंग पछि कुरा हुदा पाईरेसी गर्ने पुलिसको फन्दामा परिसकेको जनाउ आयो l लगानी ढुबेन भन्ने निष्कर्ष नै हो l

हामीलाई २ लाखमा दिने भनेको फिल्मको भाउ दिपकले बढायो, निर्मल पनि त्यसै भिडमा उभियो l अन्तत बेलुकी पख साढे चार लाखमा फाईनल हुदैछ भन्ने खबर निर्माता निर्मलले गर्यो l तर, हामी भित्रबाट नै गर्ने भनिएको कार्यक्रमलाई असफल बनाउन लागि परेकाहरु पनि भेटियो l मान्छे जुदाउने र मिलाउनेमा जापानबासी नेपालीहरू सफल हुदारहेछन l

जापानमा केहि नेपालीहरु मान्छे चोर्ने र फोर्नेमा उद्वत देखियो l आफ्नै नजिकका विश्वासिला पात्रहरु प्रवृतिको रुपमा बाहिर निस्कियो l फिल्मलाई जीवन र मरणको दोसाझ ठाने l सामान्य फिल्मले पक्कै फरक चरित्र प्रदर्शन गर्नु पर्ने थिएन l हामी ठुलो स्केलमा कार्यक्रम गर्ने हैसियत पनि राख्दैनौ l तर, यसको प्रस्तुतिको बिचमा नौलो प्रस्तुति हाम्रा सामु थियो l

तछाड र मछाडमा लाग्ने गरेको जापानमा धेरै देखियो l एक अर्कोलाई बाईपास नै गरेर बढ्ने हर्कतहरु पनि पर्दा पछाडी र अगाडी देखियो l

खैर, फिल्म ठुलो कुरा थिएन l हामीले गर्ने कार्यक्रमको प्रकृति अलि पृथक् रहेको दाबी पनि गर्छु l कार्यक्रमहरु सेट हुदैथियो l गर्ने भनिएको कार्यक्रमलाई अझ जापानबासी नेपालीहरु माझ प्रस्तुत गर्न सकिएमा आगामी दिनमा उत्साह थपिने थियो भन्ने नै लाग्थ्यो l यसलाई थाति नै राखेका छौ l निकट भविष्यमा गर्ने अठोटका साथ बढेका छौ l अब चाहि सबै प्रक्रियाको अन्तमा भन्नु पर्ने रहेछ भन्ने ज्ञात चाहि भयो l 

No comments:

Post a Comment