Friday, June 14, 2013

कांग्रेसको जनसम्पर्क समिति भित्र अन्यौल

रबिन्द्र श्रेष्ठ, टोक्यो । नेपाली कांग्रेसको प्रवासी सँगठन नेपाली जनसम्पर्क समिति, जापानको ५ औ महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास भन्दै ५ जनाले उमेद्वारी दिए । १९ सदस्यका लागि ४३ जना प्रतिस्प्रधामा उत्रिए । तर अधिवेशनमा जे देखियो त्यस्तो अन्त कमै देख्न पाईन्छ ।

बन्द सत्रमा जे देखियो
केन्द्रिय नेताहरु प्रकाश मान सिंह, चन्द्र भण्डारी, अर्जुन कुमार जोशी र नविन्द्र राज जोशीको उपस्थितिमा ५ औ महाधिबेशन सुरु भएको थियो । बन्द सत्रमा बिभिन्न क्षेत्रबाट छानिएर आएका प्रतिनिधिले मात्र प्रवेश पाउने नियम हुन्छ । तर, कांग्रेस निकट नेपाली जनसम्पर्क समिति, जापानको बन्द सत्र आमसभा जस्तै थियो । जो कोहिलेपनि बिना झन्झट प्रवेश गर्न पाउथ्यो । बिना रोकावट भित्र प्रवेश गर्न पाउने बन्द सत्रले कांग्रेसको नीति बलियो वा कमजोर के भन्ने कुरा स्पस्ट छ ।
बन्द सत्रमा विवाद हुन स्वाभाविक हो । त्यसलाई नकार्न सकिन्न । बिभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरुले आफ्नो भनाई राख्न माग राखिरहदा मन्चबाट समयको अभाब देखाउदै प्रतिनिधिको बिचार राख्न रोक लगाइएको थियो । सायद प्रजातान्त्रिक अभ्यास भने कै यहि हुनु पर्छ भन्नेहरुको कमि थिएन । आ-आफ्ना बीच मतमतान्तरले विवादको सृजना भएको थियो । अन्तत विद्वान पारित गरि छाड्यो । तर, बिबाद थाति नै रहयो ।
नेतृत्वको होडबाजी
नेतृत्व चयनका लागि प्रस्तोताले समितिमा दाबे पेस गरेका सदस्यहरुको नाम बोलाइरहदा आ-आफ्नै शैलीमा हुटिंग गरिरहेका थिए । अध्यक्ष पदका ५ जना दाबेदारहरु समितिका वर्तमान अध्यक्ष वलराम श्रेष्ठ, एनआरएन आइसीसी सदस्य डा. सुदिप अधिकारी, वर्तमान उपाध्यक्ष पासाङ्ग शेर्पा, सल्लाहकार भूपी गोबिन्द श्रेष्ठ, एनआरएन आइसीसी सदस्य तथा समितिका पूर्वअध्यक्ष रोशन केसी रहेका थिए । क्रमस मन्चमा नाम बोलाइसके पछि आउने काम भयो । प्रस्तोताले भनिरहेको थिए, सामान्य परिचय मात्रै तर आफ्नो बिगत र बर्तमान समेत बताउदै गर्दा बिरोध हलबाट आएको थियो । अन्तिममा बलराम श्रेष्टको परिचयात्मक कार्यक्रमसंगै नेतृत्व विवाद चुल्लिएर गयो ।
अध्यक्ष पदमा ५ जनाको दावीले नेपालबाट पुगेका केन्द्रीय नेतामा उत्साह कम देखिन्थ्यो । हस्तक्षेप गर्ने हिम्मत समेत बटुल्न सकेनन । श्रोतले भने- यतिसम्म भयो कि केन्द्रिय नेतालाई नेतृत्व चयनका लागि छलफलमा सहभागी गराएनन । समस्या समाधान हामि आफै गर्छौ भने पछि केन्द्रिय नेता प्रकाशमान सिह लगायत अन्य नेता पछि हटेर कार्यक्रम हालको अन्तिम सिटमा नेताहरु खुम्चिएका थिए । मन्चबाट भाषण गर्दा नेताहरुले भनेका थिए- सकेसम्म सहमतिमा जाउ नसके चुनाबबाट भए पनि समस्या समाधान गर्नु पर्छ । तर, त्यसलाई लत्याउदै आ-आफ्नै नेतृत्व दाबि र होहल्ला गर्दै भित्र बाहिर गरिरहदा भबन  संचालकले बारम्बार भित्र प्रवेश गर्न अनुरोध गरिरहेका थिए । भबन संचालकको माइङ्किङले समेत नसुनेपछि भोलेन्टियरलाई खटाई प्रतिनीधिहरुलाई भित्र ल्याउने पटक पटक प्रयास भएपनि कसैले सुनेन । जम्मा भएका कार्यकर्तामा सहमतिको खोजि गरिनु पर्छ भन्ने थियो तर आ-आफ्नै दाबि र आफ्ना अनुकुलका व्यक्तिले जित्नु पर्छ भन्दै लागि परेका थिए । रोशन केसीलाई जिताउनु पर्नेको संख्या पनि उल्लेख्य थियो । स्रोतका अनुसार रोशन केसीको जनमत धेरै देखिए पछि रोशन केसीले आफ्नो दाबि प्रस्तुत गर्न छाडेनन त्यस पछि पासांग र केसी बाहेक अन्य दाबेदारहरुले भने छाड्ने पक्का पक्कि भएता पनि पासांग र केसी बीच कसले नेतृत्व गर्न भन्ने कुरा नमिलेको र अन्यले सहमति जनाइसकेकोले अन्तत दुई जनामा आएर कुरा अड्किएको थियो । बिबाद चलिरहदा केन्द्रिय सदस्यहरु रामकृष्ण बम मल्ल, पिताम्बर चापागाई, काम्तो क्षेत्रका अध्यक्ष्य प्रेम कडेल लगायत सहमतिबाट नै नेतृत्व चुनिनु पर्छ नत्र पत्रकार सम्मेलन गर्ने भन्दै हलबाट बाहिरिएका थिए । अन्तत जनसम्पर्क समितिका पदाधिकारीहरुवीच छलफल गर्दा पनि नेतृत्वको लागी सहमति नजुटे पछि अध्यक्षका प्रत्यासी एवं समितिका निर्वतमान सल्लाहकार भूपीगोबिन्द श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठनगरी उक्त समितिले ५ महिना भित्र अर्को अधिवेशन गरि नेतृत्व चयन गर्ने निर्णय गर्दै अधिवेशन सकिएको छ ।
बाहिर के भयो ?
अध्यक्ष पदका लागि हल भित्र सहमति हुन नसके पछि बाहिर छाताछुल्ल्को स्थिति सृजना भयो । बाहिर कार्यकर्ता- कार्यकर्ता र नेता-नेता बीच धकेला धकेलसम्मको स्थिति आइपर्यो । एक जमात जनजाति पासांगलाई जिताउनु पर्ने भन्दै संगै रहेका अर्का प्रतिश्प्रधीको बिचमा होहल्ला गर्दै उचाल्दै पासांगले जित्नु पर्ने दाबि गर्दै बन्द सत्रको हल तर्फ लागे । संगै रहेका बलराम श्रेष्ठ मलिन देखिन्थ्यो । बिबाद बढ्दै गयो । कार्यकर्ता आक्रोश पोख्दै भन्न थाले- सबैलाई थुतेर पिट्नु पर्छ, हामीलाई दुख दिनुसम्म दियो । पदोलुप्ताको पनि हद हुन्छ नि, बिदेशमा बसेर पदको लुछाचुडी गर्नु भन्दा नेपाल गएर राजनीति गर्नु भन्दै आगामी दिनमा कार्यक्रममा भाग नलिने बताइरहेका थिए।
बिभिन्न संघ सस्थाका प्रतिनिधि अलमल्ल
अति नै बेस्त देशमा आएर पनि नेपाली नेपाली बिचको एकता कायम गर्ने कोसिसका साथ् बिभिन्न संघ सस्थाहरु जन्मिएका हुन् । आ-आफ्नै अस्तित्वमा रहेका संघ सस्थाहरुले कार्यक्रम गर्दा आमन्त्रण गर्ने प्रचंलन रहेको छ । सोहि अनुसार जापानमा अस्तित्वमा रहेका संघ सस्थाहरुको उपस्थित बाक्लै रहेको थियो । आएका अथितिलाई स्वागत गर्ने र व्यवस्थित गरेर राख्न नसक्नु जनसम्पर्क समितिको मुख्य कमजोरी रहेको प्रष्टै देखिन्थ्यो  अन्यौलका बीच छरिएर रहेका नेता देखि कार्यकर्तासम्मको चुरो कुरा बुझ्न कान ठाडो पार्दै सुन्नु सिबाय अरु काम पनि थिएन । कार्यक्रममा आएका एक अथितिले भनेका थिए- बिदेशमा त समस्यै समस्याले जगढ़िएको देखियो भने नेपालमा कस्तो होला कांग्रेसको हालत भन्दै सामुहिक व्यंग्य प्रस्तुत गरेको भेटिन्थे । समय बर्बाद गरेकोमा गालि समेत गर्नेको संख्या कम थिएन । अन्तत हल भाडामा लिएको समय सकिए पछि कार्यकर्ता मात्रै नभई बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु समेत अन्यौलमा पर्दै औपचारिक कार्यक्रम नै नभई फर्कनु परेको थियो ।

No comments:

Post a Comment