Monday, June 17, 2013

रबिन्द्र गोर्खाली

उदाङ्गिएको खेस्रा बचनका ठेली
पानि झैँ भुलेका रगतका थोपाहरु

आकाशमा अड्किएको हाम्रो भोलि
वर्तमानले ल्याएको निराशका पल

आगोको झिल्कोमा रमेको दिन
याद आयो हजुर संगिन मोडको

रंगिन दुनियाले सजिएको मनहरु
हज्जार सपनाले बुनेको सहयात्रा

विगतले सुम्पेको सम्मुनत देश
बिपनामा देखिएको झार खण्ड

अत्यासका बेला मुट्ठी कसिएको
बित्यासका बखत भुमरीको बास

आकाश रुपी गंगाको बचन बद्धता
पिल्छिएर रहेको स्वप्नशील मन्त्र

No comments:

Post a Comment