एमाओबादीका अध्यक्ष्य प्रचण्ड मनोगत अर्थात संगठनात्मक संरचनालाई लत्कारेर एकलौटी निर्णय गर्दै अघि बढ्नाले पार्टी फुटको सामना गर्नु पर्यो l लादिएको सस्कारबाट मुक्त हुन जरुरी थियो सोहि अनुसार फुट तत्कालिन परिस्थितिमा सहि नै थियो l त्यसकारण अर्को पार्टी जन्मियो मोहन बैद्य नेतृत्वमा l
तर, यहा पनि सस्कारत उही विधिमा फर्कदैछ l थोपरिने र लादिने सस्कारले ग्रसित कथित मनोबलले दिशा निर्देश हैन बरु निरुत्साहित तर्फ मोडिन्छ भन्नेमा हेक्का नगरी मनोगत तरिकाले प्रचण्डको बाटो तर्फ लम्कने तर हैन भन्दै अघि बढ्ने सस्कारको बिरोध अहिलेको आवश्यकता हो l
संगठन निर्माण गर्नु पर्छ भन्नेमा बिमति रहेन तर अप्रत्यासित र अपत्यारिलो तरिकाले संगठनात्मक संरचनाको बिकाश हुन्छ भन्नेमा बिमति रहन्छ l संगठन थपनाका लागि हैन l बिचारलाई केन्द्रीकरण गर्दै अधि बढ्नका लागि हो l
बैचारिक धरातलमा नटेकी एकाएक प्रक्रियागत त्रुटीमा संगठन निर्माण गरिनुले आगामी दिनमा संगठनले कुन रुप लिन्छ भने हेर्न बाकी नै छ l यसै सन्दर्भमा भन्नु पर्दा गलत नजिर बस्दै छ l पद प्रमुख हैन पदमा नरहेर पनि बिचारलाई माथि उठाउन सकिन्छ l
अत; कम्युनिष्ट पार्टीले पद र व्यक्तिगत उचाईलाइ हेर्न थालियो भने गलत सस्कार तर्फ अघि बढ्दै गएको अनुमान लगाउन सकिन्छ भने अर्को कुरा नाम मात्रैको संगठनले पनि गलत सन्देश दिन्छ भन्ने नै हो l
No comments:
Post a Comment