काठमाडौ, बैशाख १२ – संयुक्त औद्योगिक क्षेत्र पुनः सञ्चालनका लागि दक्षिण कोरियाले उत्तर कोरियासित औपचारिक वार्ताको प्रस्ताव गरेको छ ।
एकीकरण मन्त्रालयका प्रवक्ता किम ह्यूङ्ग सुकले औद्योगिक क्षेत्रमा काम गर्ने श्रमिकलाई प्रभावित गर्ने मानवीय मुद्दा सम्बोधन र औद्योगिक क्षेत्रको अवस्था सामान्य बनाउन सरकारले वार्ताको प्रस्ताव गरेको जानकारी दिनुभयो । उहाँले वार्ताका लागि उत्तर कोरिया सहमत नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिनुभएको छ ।
उत्तर कोरियाले यसै महिना औद्योगिक क्षेत्रमा दक्षिण कोरियाली कामदारको प्रवेशमा रोक लगाउनुका साथै आफ्ना ५३ हजार कामदारलाई फिर्ता बोलाएको थियो ।
कोरियाले आफ्नो भूभागमा पर्ने औद्योगिक क्षेत्रबाट दक्षिण कोरियाली कामदारलाई बाहिर निस्कन दिने तर प्रवेश गर्न नदिने घोषणा गरेपछि जागिर गुम्ने डरले केही कामदार औद्योगिक क्षेत्रबाट बाहिर निस्केका छैनन् ।
यसैबीच दक्षिण कोरियाले उत्तर कोरियाली कदम पछि प्रभावित कम्पनीहरुलाई सहयोगको घोषणा गरेको छ । औद्योगिक क्षेत्रका कम्पनीहरुलाई कर छुट, विशेष ऋण, जागिर गुमाएकाहरुलाई प्रशिक्षण दिने सरकारी अधिकारीहरुले जनाएको छ ।
No comments:
Post a Comment