उनी घोषित रुपमा एमाओवादीको यूवा संगठन योङ्ग कम्युनिष्ट लिगको उपत्यका इन्चार्ज छन् । वाइसियलमा आउनुअघि उनी माओवादी जनसेनाको दिनेश राम्जी स्मृति ब्रिगेडमा कमाण्डर थिए । उपत्यका इन्चार्जको रुपमा आएपछि उनले काठमाडौंमा गुण्डा नियन्त्रण र चन्दा उठाउने काममा गरेको फौजी शैलीको बल प्रयोगले निकै चर्चामा आए ।
मुद्धा मामिला र लेनदेनदेखि गुण्डा नियन्त्रणका नाममा काठमाडौंमा कहलिएका डनहरुसगको नाटकीय सम्बन्धले उनी वाइसियलका अध्यक्ष गणेशमान पुन भन्दा पनि बढी चर्चित भए । एक समय वाइसियल भनेकै सागर र सागर भनेकै वाइसियल भनेर चिनिने अवस्था थियो । तर अहिले तिनै सागरले खोलेको वेरोजगार यूवा संघका कारण सागर वाइसियलका कार्यकर्ताबाट पूरै कटेका मात्र छैनन् माओवादी पार्टीलाई उनी घाडो हुन थालेका छन्–माओवादी नेवा राज्य समितिका एक नेताले नेपाल सन्देशलाई भने ।
माओवादीले अघिल्लो बर्ष पार्टीमा रहेका बेरोजगार कार्यकर्तालाई ब्यवस्थापन गर्ने गरि संगठन बनाउने योजना ल्याएको थियो । त्यही मेसोमा वाइसियलले फोर्समा संलग्न यूवाहरुलाई लक्षित गरेर संघका विभिन्न विभाग विस्तार गर्ने क्रममा बेरोजगार विभाग बनाएको थियो । शुरुमा त्यो विभाग हेर्ने जिम्मा वाइसियलले सागरलाई दिएको थियो । पछि उनले संगठनमा छलफलै नगरी जिप्रका काठमाडौंमा एनजिओको रुपमा बेरोजगार यूवा संघ दर्ता गरे ।
माओवादीले अघिल्लो बर्ष पार्टीमा रहेका बेरोजगार कार्यकर्तालाई ब्यवस्थापन गर्ने गरि संगठन बनाउने योजना ल्याएको थियो । त्यही मेसोमा वाइसियलले फोर्समा संलग्न यूवाहरुलाई लक्षित गरेर संघका विभिन्न विभाग विस्तार गर्ने क्रममा बेरोजगार विभाग बनाएको थियो । शुरुमा त्यो विभाग हेर्ने जिम्मा वाइसियलले सागरलाई दिएको थियो । पछि उनले संगठनमा छलफलै नगरी जिप्रका काठमाडौंमा एनजिओको रुपमा बेरोजगार यूवा संघ दर्ता गरे ।
वाइसियलको उपत्यका कार्यलय स्वयम्भू छेउको ठूलो भर्याङ नेर थियो । संघ गठन गरेपछि उनले वाइसियल कार्यलयको भाडा नतिरी थापाथली गएर संघको कार्यलय खोलेको र अहिले वाइसियल कार्यलयमा आउनै छाडेको वाइसियल काठमाडौंका इन्चार्ज शिव कोइराला ‘ज्वाला’ ले बताए । संघ नीजि संस्था हो कि लिगकै विभाग हो भन्नेमा लामो समय विवाद पनि चल्यो । लिगका गणतान्त्रिक सम्पर्क समितिका इन्चार्ज कल्साङ्ग लामाले भने–‘कुरा शुरु हुदा आन्तरिक प्रशिक्षणको क्रममा पार्टी अध्यक्ष प्रचण्डले संघलाई योङ्ग कम्यूनिष्ट लिग कै विभागका रुपमा चलाउने गरि अघि बढ्नोस् भनेर निर्देशन दिनुभएको थियो ।
पछि सागरले एनजिओको रुपमा विकास गरेपछि लिगको बैठकमा हामीले करा उठाउदा सागरले यो लिगको विभाग हैन, समानान्तर संगठन हो । वाइसियलका साथीहरुले मन लागे सघाउनुस् नलागे नसघाउनुस् भने ।’ लिगको काठमाडौं उपत्यकामा पाच वटा जिल्ला कमिटी छ । काठमाडौं वाइसियलका इन्चार्ज ज्वाला,ललितपुर इन्चार्ज विश्वास, भक्तपुरका हेमन्त, मजदुरका मौसम र गणतान्त्रिकका कल्साङ्ग मध्य कोही पनि सागरको एनजिओमा लागेका छैनन् ।
उपत्यकाका सह–इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेपाल सन्देश सँग भने–‘मैले महाधिवेशन हलमै यो एनजिओले वाइसियलको बदनाम बनायो । पार्टीलाई थाहै नदिई आफु खुशी एनजिओ चलाउन पाइन्न भनेर कुरा उठाएको थिए, उनी वाइसियलको उपत्यका इन्चार्ज भएर वेरोजगार संगठन चलाउदै हिड्न मिल्छ र कि पार्टी छोड्नु पर्यो कि एनजिओ ।’ उनले भने–‘वाइसियलबाट उपत्यकामा ३०० जना पार्टी डिसिएम र ३३ जना राज्य समिति सदस्य छन् ।
ती मध्य सागरले खोलेको बेरोजगार यूवा सघंमा ४ जना जिल्ला सदस्य र सागर एक्लो राज्य समिति सदस्य लागेका छन् । संघले गर्ने कार्यक्रममा भएको खर्च कता बाट आउछ भन्ने पनि पारदर्शी छैन । उनी वाईसियलको नाममा पैसा उठाएर वेरोजगार चलाउछन् । वाइसियल डिजल्भ भयो अब यही संघ नै पूरानो वाइसियल हो भन्दै हिड्ने र वाईसियल उपत्यकाबाट हेटौंडा महाधिवेशनमा छानिएका दीपशिखा सहित ३० जना प्रतिनिधिहरुले लिखितरुपमा सागरमाथि कारवाहीको माग गर्दै हस्ताक्षर बुझाएका थिए । उनीहरुको मागमा छानविन भईरहेको माओवादी कार्यलय पेरिसडाडामा कार्यरत एक नेताले बताए ।
ती नेताका अनुसार पार्टीमा सागर बिरुद्ध थुप्रै लिखित,मौखिक र बेनामे उजुरीहरु परेका छन् । उनले भने–‘उजुरीमा सागरले खोलेको संस्था वेरोजगार यूवा संघ अन्तराष्ट्रिय सम्बन्ध भएको संस्था भएको उल्लेख गर्दै बाहिरी मुलुकबाट नेपाली यूवाहरुलाई आन्दोलनमा उतारेर नेपालमा अराजकता फैलाईरहने चालवाजी अन्र्तगत सागर पैसाको लोभमा परिचालित भएको बेहोरा समेत उल्लेख भएको छ ।’ उनले थपे–हरेक महिनाजसो एविसी टेलिभिजनमा लाइभ कार्यक्रम गर्ने, उपत्यकाका हरेक पर्खाल र भित्ता नछाडीकन वेराजगार संघको भित्तेलेखन गर्ने पैसा कहाबाट आउँछ भन्नेबारे पार्टीभित्र छलफल भइरहे कै छ ।’ माओवादी नेतृत्व समक्ष सागरले भारतीय दुतावासबाट पैसा लिएको उजुरी परे पनि त्यसको पुष्टि हुने प्रमाण भने कसैले पेश गरेको छैन । नेपाल सन्देशसँगको कुराकानीमा वाईसियलका केन्द्रीय स्तर देखि जिल्ला तहसम्मका हरेक नेताहरुले सागर भारतीय दुतावासको पैसाबाट परिचालित भएको तर आफुहरुसग प्रमाण नभएकाले उनलाई कारवाही गर्न नसकेको दुखेसो ब्यक्त गरे ।
तपाईले भारतीय दुतावासबाट पैसा लिएको आरोप छ नि भनि नेपाल सन्देशले राखेको जिज्ञासामा सागरले भने–यो वहियात र बेकार कुरा हो । हाम्रो उपत्यका मै डेढ लाख सदस्य छन् । देशभरिमा गरेर ३ लाख सदस्यता बितरण भएको छ । प्रतिब्यक्ति २० रुपैया सदस्य शुल्कका दरले पनि सदस्यताबाटै साठी लाख उठेको छ । त्यही पैसाले हामी संघको खर्च चलाईरहेका छौं । कतिपयले राम्रो काम गर्न लागेको भनेर फोन गरेरै सहयोग पनि गरेका छन् ।’
सागरले वेराजगार संघमा ३ लाख सदस्य रहेको बताए पनि यो दावी बिश्वशनीय देखिदैन । एमाओवादी जस्तो देशभरका हरेक गा.वि.स. स्तरमा सदस्य रहेको पार्टीको जम्मा सदस्य संख्या ६ लाख हाराहारीमा छ । अरु ठूला पाटीहरुको त जम्मा जम्मी चार लाख हाराहारीमा सदस्य छन् भने सागरको ७५ जिल्ला समिति समेत नबनेको संगठनमा ३ लाख सदस्य छ भन्दा कसैले नपत्याउने वाईसियल नेता दीपशिखाको भनाई छ ।
सागरले वेराजगार संघमा ३ लाख सदस्य रहेको बताए पनि यो दावी बिश्वशनीय देखिदैन । एमाओवादी जस्तो देशभरका हरेक गा.वि.स. स्तरमा सदस्य रहेको पार्टीको जम्मा सदस्य संख्या ६ लाख हाराहारीमा छ । अरु ठूला पाटीहरुको त जम्मा जम्मी चार लाख हाराहारीमा सदस्य छन् भने सागरको ७५ जिल्ला समिति समेत नबनेको संगठनमा ३ लाख सदस्य छ भन्दा कसैले नपत्याउने वाईसियल नेता दीपशिखाको भनाई छ ।
उनी भन्छन्–‘सागरको देशभर गरेर त्यही दुई तिन सय कार्यकर्ता होलान् । त्यसलाई कतिले गुणन गरेर तीन लाख पुगेको हो सागरलाई थाहा होला ।’ वाईसियल र माओवादीलाई सागर र वेरोजगार संघ घाडो हुनुको भित्री कारण भने अर्कै रहेछ । सागरले ब्यापारी र कर्मचारीलाई म वाईसियलको नेता सागर बोलेको भनेर फोन गर्ने र हाम्रो संगठन बेरोजगर संघलाई चन्दा दिनुस् भन्ने गरेपछि त्यस्तो गुनासो ओइरो लागेर वाईसियल र माओवादी नेताकोमा पुग्न थालेको रहेछ । ‘वेरोजगार संघसंग पार्टी र वाईसियलको कुनै साइनो छैन भनेर जवाफ दिदा दिदा हैरान भएका छौ–दीपशिखाले भने ।
पछिल्लो समय सरकारी निकायबाट रकम पाउनाका लागि सागरले लाइन फेरेर बाबुराम लाइन गएको आरोप समेत उनी माथि लागेको छ । ‘कुनै समय बाबुरामको छाला काडिन्छ भनेर भाषण गर्ने सागर विचारका लागि नभई पैसाका लागि यता लागेको बुझेका छौं–प्रधानमन्त्री कार्यलयमा कार्यरत एमाओवादीका एक नेताले भने–त्यसैले उनलाई भाउ दिइएको छैन ।’
www.nepalsandesh.com
No comments:
Post a Comment