मोरङ ,चैत १३- मोरङको गोविन्दपुरपमा भिषण आगलागी भएको छ। आज दिउँसो भएको आगलागीबाट कम्तिमा ९० घर जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार सदरमुकाम बिराटनगरबाट २८ किलोमिटर पुर्वको सो गाविसको बाक्लो वस्तीमा दिउसो १ बजे तिर आगलागी सुरु भएको हो। जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरी उपरीक्षक निरजबहादुर साहिले नेपाल सन्देसलाई दिएको जानकारी अनुसार दिउँसो साढे तिन बजे मात्र आगो नियन्त्रणमा आएको हो।
बिधुत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। सो आगलागी बाट ४ जना घाईते समेत भएका छन। नाम थर नखुलेका उनिहरुको स्थानिय गोविन्दपुर स्वास्थ्य चौकीमा उपचारका लगीएको जिल्ला जनस्वास्थ्य कार्यलय मोरङले जनाएको छ । घाईते ४ जनाकै सास्थ्य स्थीती सुधार भएको गोविन्दपुर स्वास्थ्य चौकीका इन्चार्ज उदयचन्द्र मेहताको हवाला दिंदै जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जन सम्पर्ग व्यति उत्सव पोखरेलले बताए। आगलागीमा परी २ सय १६ जना घरबारविहिन भएको प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा स्थानीय तथा जिल्ला स्तरीय आर.आर.टि.(रेपिड रेस्पन्स टिम) पनि परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। प्रकोप ब्यवस्थापनका लागी जिल्ला दैवीप्रकोप समन्वय समिति मोरङले उद्धार कार्य गरीरहेको बुभिएको छ।
आगलागीको क्षति का बारेमा केही खुल्न सकेको छैन ।
No comments:
Post a Comment