Tuesday, March 19, 2013

सामूहिक बलात्कारको शिकार भएर साथी संस्थाको सेल्टरमा राखिएकी युवती बेपत्ता



काठमाडौ,चैत ६ – नेपालगन्ज बस पार्कबाट सामूहिक बलात्कारको शिकार भएपछि साथी संस्थाको सेल्टरमा राखिएकी कैलाली धनगढीकी एक युवती रहस्यमय ढंगले बेपत्ता भएकी छिन् ।

युवती आफै बेपत्ता भएकी हुन वा पारिएको हो रु भन्ने सम्बन्धमा भने प्रहरी केही बताएको छैन ।
नेपाल बन्दका बेला गत फागुन २५ गते घर जानका लागि बसपार्क पुगेकी ती युवतीलाई रोकि राखेका बस भित्र लगेर तीन जनाले बलात्कार गरेका थिए । ती मध्ये २ जना पक्राउ परेका छन भने एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
उक्त घटनापछि प्रहरीले ती युवतीलाई संरक्षणका लागि साथी सस्थाको जिम्मा लगाएको थियो ।
तर संस्थामा राखेको ४ दिनपछि युवती वेपत्ता भएको रहस्य खुलेको छ । संस्थाकी वार्डन लता श्रेष्ठले ’एकै छिन काम छ’ भन्दै बाहिर गएकी युवती पछि नफर्किएको बताए । ती युवतीका परिबारका सदस्यहरुले फोन गरि घर नपठाई दिन र सेल्टरमै राख्नु’ भनेपछि युवतीलाई सेल्टरमै राखेको श्रेष्ठले बताए ।
यस अघिपनि सस्थाले संरक्षणका लागि जिम्मा लिएकी एक किशोरी सोही सेल्टरबाट वेपत्ता भएकी थिइन् ।



No comments:

Post a Comment