काठमाडौ, चैत ८ । पहिला–पहिला बहुविवाह गर्ने, पत्नीमाथि यातना दिनेलाई माओवादीका महिला अगुवाले भाटे कारवाही गर्थे । अहिले समय फेरिएको छ । र, त्यसलाई नुवाकोट– १ की पूर्वसभासद् विमला सुवेदीले राम्रैसँग मलजल गर्दै रहेकी छन् ।
बागेश्वरी गाविसका अशोक र उनका बुबा तोरणबहादुर अधिकारी युद्धकालभरि कांग्रेस थिए । अशोककी पत्नी तुलसादेवी भण्डारीलाई अंशबाट बेदखल गर्ने प्रयोजनका लागि एकाएक माओवादी भए ।
उदयपुर ठोक्सिलाकी तुलसाले नुवाकोटका अधिकारीसँग ०५७ फागुनमा काठमाडौंको शोभाभगवती मन्दिरमा प्रेमविवाह गरेकी हुन् । लैनचौरको एउटै घरमा डेरा लिएर बसेका भण्डारी र अधिकारीबीच केही वर्षदेखि प्रेम थियो । त्यो कुरा गाइँगुइँ हुँदै अधिकारी परिवारसम्म पुग्यो । थाहा पाएर त्यसबारे सोध्न काठमाडौं आएकी आमालाई अशोकले भने, ‘हो, हाम्रो प्रेम छ । मलाई छोरा भन्ने हो भने तुलसासँग विवाह गरिदिनु । नत्र, हाम्रो सम्बन्ध सकियो ।’ ०५९ भदौमा छोरा जन्मियो ।

यसरी स्थापित पारिवारिक सम्बन्ध तोड्ने गरी ०५९ फागुनदेखि तुलसाको जीवनमा दाइजो नल्याएको विषय चर्कदै गएर अँधेरी रात सुरु भयो । सासु–ससुराले गाउँमा काकाको छोराको विवाहमा प्रशस्त दाइजो आएपछि दाइजो नल्याउने तुलसामाथि झन् दुव्र्यवहार भयो । यस्तो यातनाबीच ०६३ सालमा काठमाडौं फर्किइन् । तुलसालाई माइला ससुराको छोराले डेरा खोजिदिए । ०६४ पुसमा अशोक इराक गएर ०६८ मंसिरमा फर्किए । सम्बन्धविच्छेद मागे । ०६९ असार २१ मा नुवाकोटको चोगतेमा बनाएको घर दिदी शोभा रिजालको नाममा पास भयो । अशोकको परिवारले त्यो घर शोभाले सरकारी विद्यालयमा पढाएर कमाएको पैसाले बनाएको भने पनि अशोकले इराकबाट ल्याएको रकमले बनेको तुलसाको दाबी छ । शोभाको नाममा घर पास भएपछि तुलसाले नाबालक छोरा घरवारविहीन हुने त्रासले अदालतमा अंश मुद्दा हालिन् । मुद्दासँगै अधिकारी परिवार माओवादी भयो ।
पूर्वसभासद् विमला सुवेदीका श्रीमान् पुष्प लामिछाने (अरुण) पार्टीको जिल्ला सेक्रेटरी थिए । उनीमार्फत अधिकारीहरु माओवादी भएका हुन् । विमला र अरुणसँग ससुराले ‘मलाई दुःख दिए’ भनेपछि विमलाले ‘तपाईं अंश नदिनुस्, उनीहरुको पक्षमा लाग्ने गाउँलेहरुले नै अंश दिऊन्’ भनिन् । गाउँमा ७३ घर छ । ७० घर बुहारी, तीन घर अधिकारीको पक्षमा छ । तुलसाको साक्षी बस्ने अशोकका काका–बाबुका छोराहरु छन् । अशोकले गाउँको मान्छे नपाएर अर्को गाउँको मान्छे, त्यो पनि माओवादीको गाविस स्तरका नेता गुरुप्रसाद अधिकारी र साधुराम सापकोटालाई साक्षी राख्नुपरेको छ । न्याय र समानताको कुरा गर्दै जनताको पार्टीको काम गर्न गा पार्टीमा खटिएका एमाओवादी कार्यकर्ताहरु एउटा नावालक र असहाय महिलालाई सम्पत्तिबाट बेदखल गराउन हिँडेको देखेर गाउलेहरु छकक परेका छन् ।
तुलसाको लागि बोलिदिने बाआमाको पहिल्यै निधन भएको छ भने नुवाकोटका स्थानीय भद्र भलाद्मीहरुले राम्रै साथ दिएका छन् । तुलसालाई सघाउने माओवादी कार्यकर्ता राजन लामिछाने वैद्यतिर लागेका छन् । विमलाले उनलाई फोन गरेर मुद्दा फिर्ता लिइदिनुपर्यो भनेकी छन् । जब कि एकजना महिला सभासद्ले महिलामाथि भएको समस्या समाधान गर्नुपर्नेमा उल्टै महिलालाई पीडा दिने काममा उद्दत छिन् ।
No comments:
Post a Comment