Thursday, March 21, 2013

जापानमा गोल्डेन साँझ धमाका

बार्षिक कार्यक्रमको रुपमा संधैको झैँ यो बर्ष पनि म्याग्देली सञ्जाल जापानको आयोजनामा “गोल्डेन साँझ” नामक बृहत साँस्कृतिक कार्यक्रम हुने भनेएको छ |



जापानको संस्कार अनुसार गोल्डेन उइकमा हुने पाँच दिने बिदाको अबसर छोपेर कामाताको ओताकुमिन सेन्टर हलमा मे महिनाको ५ तारिख, आइतबारका दिन नेपालबाट चर्चित कलाकारहरुको आमन्त्रण गरिने र गोल्डेन उइक धमाका मच्चाउने आयोजक पक्षले जानकारी गराएका छन |




स्मरण रहोस गत साल पनि लोकप्रिय गायक खड्क गर्बुजा, गायिका मुना थापा मगर र हाँस्यकलाकार जीतु नेपाल (मुन्द्रे )ले गोल्डेन उइकलाई सुनमा सुगन्ध थपेका थिए |

No comments:

Post a Comment