नेस संवाददाता, टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएन) जापानले टोकियोमा आयोजना गरेको नेपाल फेष्टिवल २०१४ मा नेपालको राष्ट्रिय झण्डाकै अपमान गरिएको छ ।
दुई दिने फेष्टिवलको पहिलो दिन अर्थात उद्घाटनको दिन शनिबार अतिथि स्वागतको लागि बनाइएको मूल प्रवेशद्वारमा राष्ट्रिय झण्डालाई चन्द्रमा तल र सूर्य माथि पट्टी फर्काएर अपमान पूर्वक राखेको पाइयो ।
विश्वव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गर्दै बढिरहेको एनआरएनको जापानमा आयोजित क्षेत्रीय ग्लोवल सम्मेलनको समापान गरेको भोलिपल्ट अर्थात शनिवार आयोजना गरेको नेपाली पहिचान झल्कने फेष्टिवलमा व्यवस्थापनको कमजोरीका कारण राष्ट्रिय झण्डाको लज्जास्पद अपमान गरिएको छ ।
विदेशीको आँखा झण्डातिर
विदेशमा आयोजना हुने गरेका नेपाली पहिचान झल्कने स–साना कार्यक्रमहरुको विदेशी माझ ठूलो महत्व रहने गरेको छ । विदेशी भूमिमा आयोजना हुने कार्यक्रमहरु विदेशीहरुलाई नै लक्षित गरेर आयोजना गरिएको हुनाले पनि उनीहरुको चाँसो हुनु स्वभाविकै हो । त्यसमा पनि पर्यटनको अथाह सम्भावना रहेको र विश्वमै फरक खालको दुई त्रिकोणात्मक झण्डा भएकाले सबैको ध्यान त्यतातर्फ मोडिएको हुनसक्छ ।

शनिबार जापानको मुटुको रुपमा रहेको उएनो पार्कमा आयोजना गरिएको नेपाल फेष्टिवलमा पनि जापानी तथा विदेशी नागरिकहरुको ध्यान पनि त्यही नेपाली झण्डा र नेपालको परिचायक वस्तुहरुमाथि केन्द्रीत भएको देखिन्थ्यो । उसो त जापान र नेपालको मैत्रीपूर्ण सम्वन्ध पनि अन्य देशहरुको तुलनामा निकै उचाइमा छ ।
उएनो पार्कमा आयोजना गरिएको भव्य फेष्टिवल हेर्न पुगेका जापानी तथा विदेशीहरुले गेटमै भीड गरेर दुईथरी नेपाली झण्डालाई चाँख दिएर हेरिरहेका थिए भने केही दुई फरक झण्डाको फोटो आफ्नो क्यामेरा तथा मोवाइलमा कैद गर्न व्यस्त थिए । नेपालको राष्ट्रिय झण्डालाई नै अपमान गरिएको दृश्यले नेपालीलाई नै चाँही निकै असहज महसुस भएको थियो ।
शनिबार उएनोमा आयोजना गरिएको नेपाल फेष्टिवलमा नेपाल तथा विदेशमा लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । आयोजकले पनि धुमधामको साथ नौमति बाजाले अतिथिहरुलाई आसन ग्रहण गराएका थिए । फेष्टिवलमा जापानका लागि नेपाली राजदूत डा.मदनकुमार भट्टराई प्रमुख अतिथि थिए भने एनआरएनका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायत थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो ।
समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको सो फेष्टिवलमा राष्ट्रिय झण्डाको यस्तो हविगत हुनु कमजोरी मात्र होईन राष्ट्रिय झण्डाको कानुन त अपमान गरिएको छ ।
राष्ट्रिय झण्डाबारे कानुनमा के छ ?
नेपाल फेष्टिवलमा नेपाली राष्ट्रिय झण्डाको जुन हविगत देखियो, राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी कार्यविधि २०६९ अनुसार यो राष्ट्रिय झण्डाको अपमान हो । नेपालको राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धि कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा निम्न कार्यहरु गर्न निषेध छ :–

(क) राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन ।
(ख) राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न ।
(ग) राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न ।
(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न ।
(ङ) व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन ।
(च) शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री र बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक र चित्र राख्न ।
(छ) फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओह्रालेर राख्दा बाहेक) अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न ।
झण्डाको अपमानबारे के भन्छन् कानुनविद् ?
राष्ट्रिय झण्डाको अपमान गर्नेलाई सार्वजनिक अपराध ऐन अनुसार पक्राउ गरेर मुद्दा चलाउन सकिने कानुनविदको भनाइ छ । राष्ट्रिय झण्डाको अपमानबारे सोधिएको प्रश्नमा अधिवक्ता एकराज भण्डारीले यो राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र स्वाभिमानमाथि नै आँच आउने कार्य भएको बताए ।

उनले यो राज्य विरुद्धको अपराध भएकोले सोही अनुसार कारबाही हुने समेत उल्लेख गरे । उनले भने, ‘यो विदेशीले गरेको भए कुटनीतिक सीमा उल्लंघन ठहरिने र आफ्नै नागरिकले गरेको भएपनि त्यो राज्यविरुद्धको अक्षम्य अपराध हो, यस्तो गर्नेलाई सजायको मात्रा जति नै भएपनि कारबाही हुन्छ ।’
यस्तै राष्ट्रिय झण्डाको दुरुपयोग गर्नेलाई कानुनमा कस्तो प्रावधान रहेको छ ? भन्ने नेपाल सन्देशको जिज्ञासामा अधिवक्ता स्वागत नेपाल भन्छन्, ‘राष्ट्रिय झण्डा दुरुपयोग गर्नेलाई गृह मन्त्रालयले प्रहरी लगाएर पक्राउ गर्न सक्छ । कसैले राष्ट्रिय झण्डाको दुरुपयोग गरेको ठहरिए राष्ट्रिय झण्डा नीति २०४९ बमोजिमको पक्राउ गरी सार्वजनिक अपराध अनुसार कारवाही हुने व्यवस्था छ ।’

No comments:
Post a Comment