Tuesday, May 14, 2013

प्रचण्डले डिग्रीधारीलाई कायर र मूर्ख नै भने

आमा'— उसले भन्यो—'युद्ध त सक्किगो नि !'अनि किन जान्छस् त ?'फेरि सोधिन् ।'यत्रो युद्ध लडियो । सारा गुमाइयो । पाटी सरकारमा छ'— उसले कारण खुलायो—'यसो सानोतिनो जागिर पाइन्छ कि ?'छोड्दे बाबु'— आमाले सम्झाइन्—'आशामुखी हुनु हुँदैन । आफ्नै खुट्टामा उबिनुपर्छ । मलाई त तिनेर्को भर छैन । दिँदैनन् तँलाई केई पनि ।'सानोतिनो इलम भए बिहे गर्न नि हुन्थ्यो'— टाउको कन्याउँदै उसले
भन्यो—'डुकुलन्ठकलाई अचेल कसैले छोरी दिँदैनन् ।'आमालाई पनि बुहारी भित्र्याउने रहर उस्तै थियो ।
निराश हुँदै भनिन्—'जागिर दे त हो ! मलाई त तिनेर्को विश्वासै छैन ।'तैपनि'— उसले जोड गर्यो—'एकचोटि हेर्न त हेरुम् ।'युद्धमा सँगै खाएका सुतेकाहरू मन्त्री भएका थिए । जीएम भएका थिए। ठूला-ठूला निकायमा अध्यक्ष बनेका थिए । राम्रा-राम्रा गाडी चढ्न थालेका थिए । गतिला महलमा बस्न थालेका थिए । ऊ ढुक्क थियो—'म जत्तिको जेहेन्दार कार्यकर्तालाई कसो नच्याप्लान् ?'दाइ अभिवादन !'पाँच दिनको प्रयासपछि जितबहादुरले बल्ल एउटा मन्त्रीलाई भेट्ने मौका पायो । त्यो मन्त्री त्यही व्यक्ति थियो जससँग उसले लामो समय जङ्गलवास गरेको थियो । उनीहरू धेरै ठाउँ सँगै गएका थिए । कति पटक त एउटै थालमा पनि ढिँडो-रोटो खाएका थिए । एउटै ओछ्यानमा सुतेका थिए ! 'म मन्त्रीको कुर्सीमा बसेको छु'— उसले कर्के नजरले हेर्दै भन्यो—'याँ दाइ हैन, मन्त्रीज्यू भन्नुपर्छ । अब अभिवादन हैन, नमस्ते गर्नुपर्छ । कुर्सीको सम्मान त गर्नै परो नि हैन र ?'माओवादीमा आत्मीयता देखाउन सिनियरलाई'दाइ'भन्ने चलन थियो । उसलाई पहिले ऊ दाइ नै भन्थ्यो । अहिले पनि त्यही भनिदियो । ऊ बदलियो भन्ने
के थाहा ? मन्त्रीले चस्मा खोल्यो । कोटको गोजीबाट सफा सेतो रुमाल झिक्यो । दुइटै सिसा पुछ्यो । र, नाके डाँडीमा चस्मा अड्याउँदै सोध्यो—
'साँच्चै तिमी को रे बाबु ?' जितबहादुर चकित भयो । पहिला'कमरेड'र 'तपाईं'लाउँथ्यो । अहिले त'तिमी'र 'बाबु'पो भनिदियो । त्यसमाथि चिन्दै नचिनेजस्तो गरिदियो । पद र सुविधाले मान्छेका सारा चेतना हराइदिँदा रहेछन् भन्ने उसले छर्लङ्गै बुझिहाल्यो । 'म कमरेड अविरल !'उसले सम्झायो— 'लमजुङमा तपाईंलाई दुस्मनले गोली हान्न लाग्दा अगाडि गर फाइरिङ गर्दिने मैँ हुँ, बिर्सिनुभो ?'होला !'उसले सिलिङतिर हेर्यो र, भन्यो—'धेरै पटक धेरैले तेसरी नै बचाका थे । सबैलाई सम्जेर साध्य नै हुँदो रैनछ । कार्यकर्ताको कामै नेताको सुरक्षा गर्ने हो ! धेरैले गरे । तिमीले नि गर्यौ होला । तर, अहँ, सम्जिनचैँ सकिनँ ।' टेबुलको एउटा कागज टिप्यो । डल्लो पार्यो । निहुरिएर नजिकको डस्टबिनमा फाल्यो । फेरि उहीतिर फक्र्यो र सोचेजस्तै गर्दै भन्यो—'अहँ, जति गरे नि सम्जिनै सकिनँ ।''अब देशको वस्तुस्थिति बद्लिसक्यो'—रातो कलम खेलाउँदै उसले फेरि भन्यो—'मलाई त युद्धको ह्याङ ओभर आयो कि टेन्सन हुन्छ ।'ऊ सुनिरह्यो । 'छोड्देऊ भाइ तेस्ता थाङ्ने कुरा'— उसले थप्यो—'बोरु काम के थ्यो कुन्नि ? म अलि बिजी छु ।'युद्ध लडियो । दुःख पाइयो । अइले बेरोजगार भइयो,'उसले कुरा राख्यो— 'पार्टी सरकारमा छ । केही सानोतिनो काम पाइन्थ्यो कि भनेर आको ! 'युद्ध को लडेन होला र तेस बेला ?'मन्त्रीले भन्यो—'सारा जनता लडे । त्यै भर जनयुद्ध सफल भो । ती सप्पैलाई पाटीले के गर्न सक्छ र बाबु ? पाटी नि त पैसा टिप्ने बोट हैन । हैन र ?' कुरा सुनेर ऊ त ट्वाँ पर्यो । 'एसो गर'— उसले जोड्यो—'हरेक वर्ष लोकसेवा खुल्छ । टुप्पी कसेर पड । भिड । राम्रो जागिर त्यैँ छ । दरो गरी पड्यौ भने पक्कै नाम निस्किन्छ ।' जितबहादुरले अर्को घटना सम्झ्यो । संविधासभा चुनावअघि ललितपुरको खन्ना गार्मेन्टमा अध्यक्ष प्रचण्डले नै सम्बोधन गरिरहेका थिए । युद्ध लडेका तमामलाई एक पटक
चुनावमा साथ दिन आह्वान गरे । कार्यकर्तासामु फेरि दुई हात जोडे । एउटा कार्यकर्ताले प्वाक्क सोध्यो—'युद्ध लडेर पढाइ गुमाउनु परेका हामीजस्ता युवालाई पाटीले के गर्छ ? 'हेर्नुहोस्, यो चुनावमा पार्टीले दुई तिहाई बहुमत ल्याउँदै छ । नसके पनि बहुमत त अवश्यै ल्याउँछ'— प्रचण्डले भने— 'त्यसपछि तपाईंहरू सबैलाई हामी डिग्रीको प्रमाणपत्र बाँडिदिने छौँ ।' माओवादीले उसबेला'बुर्जुवा शिक्षा' भन्यो । पढ्नै दिएन । पढाइ छाडेर धेरैलाई वनबास गरायो । युद्ध लडायो । प्रचण्डले डिग्रीधारीलाई कायर र मूर्ख नै भने । लहैलहैमा लागेर धेरैले पढाइ हापे । तिनैमा पथ्र्यो जितबहादुर पनि । चुनावका बेला उनैले डिग्रीका प्रमाणपत्र बाँडिदिने आश्वासन दिए । पदमा पुगेका मन्त्रीहरूले भने पढाइ खोसिएका उनीहरूलाई सजिलै भन्न थाले, 'लोक सेवा लड ।' कुरा सुनेर जितबहादुरलाई उल्टी होलाजस्तो भयो । ऊ केही नभनी निस्कियो । कालो अनुहार
लाउँदै रित्तै घर फर्कियो । 'चिन्ता नगर् छोरा'— सिकुवामा टेक्नासाथ आमाले भनिन्— 'तिनेरु तेस्तै हुन् ! मैले भनेकै थेँ नि ?' देश र मान्छेको अनुहार पढ्ने आमाको क्षमता देखेर ऊ चकित भयो । निहुरेर ढोग्यो । अनि, मुन्टो उठाएर भन्यो—'पत्याएँ आमा !' हो, त्यसपछि उसको निर्विकल्प गन्तव्य बन्यो— वैदेशिक रोजगार !यसकारण विदेश भ्वाइस अफ दि भ्वाइसलेस माओवादीले उसबेला'बुर्जुवा शिक्षा’ भन्यो । पढ्नै दिएन । पढाइ छाडेर धेरैलाई वनबास गरायो । युद्ध लडायो । प्रचण्डले डिग्रीधारीलाई कायर र मूर्ख नै भने । साभार !!

No comments:

Post a Comment