स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये कतिपयलाई viber को बारेमा थाहा नहुन सक्छ | र यो एकदमै सत्य हो कि viber बाट तपाइले नि : शुल्क कल गर्नका साथै टेक्स्ट र फोटो मेसेज पनि पठाउन र प्राप्त गर्न सक्नुहुन्छ | तर यो प्रक्रिया भने viber देखि viber मात्रै सम्भब छ |
viber हाल चार वटा मोबाइल प्लेटफर्ममा उपलब्ध छ : आई ओएस (iOS) , एन्ड्रोईड (Android) , विन्डोज फोन (Windows Phone) र ब्ल्याक्बेर्री (Blackberry) | यसलाई तपाइले www.viber.com मा गएर नि : शुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा एप्पल को एप स्टोर ( ios भर्जन) अथवा गुगल प्ले (Android भर्जन) मा गएर पनि डाउनलोड गर्न सक्नु हुन्छ |
पहिलो पटक viber इन्स्टल भएपछि यसले तपाइको लोकेसन र फोन नम्बर माग्दछ | त्यसपछि एस.एम.एस को मध्यम बाट एक्टिभेसन कोड पठाउछ | त्यो कोड प्रयोग गरेर तपाइले viber एक्टिभेट गर्नुपर्ने हुन्छ र एक्टिभेट भैसकेपछि यो एपले तपाइको मोबाइलमा भएको फोनबुक एक्सेस गर्न परमिसन माग्छ जुन तपाइले एलोउ गर्नु पर्छ |
अरु एप्लिकेसनहरु मा जस्तो यसमा युजरनेम र पासवर्ड बनाउनु पर्ने , पटक पटक लग-इन गरिराख्नु पर्ने झन्झट गरिराख्नु पर्दैन | viber ले तपाइको फोन नंबरलाई नै युजर नेमको रुपमा प्रयोग गर्दछ | एक चोटी viber मा लग-इन भैसके पछि तपाइको फोनबुकबाट अरु viber प्रयोगकर्ताहरु लाई आफ्नो डाटाबेसमा इस्क्यान गर्छ र तपाइको viber को कन्ट्याक्ट लिस्टमा राख्दछ|
अब तपाइले सिधै आफ्नो फोनबाट ति viber प्रयोगकर्ताहरु लाई कल वा मेसेज गर्न सक्नु हुनेछ | तर यसका लागि दुवै जना ( कलर र रिसिभर ) इन्टरनेट संग कनेक्टेड हुनु आबश्यक छ | viber को इन्टरफेस एकदमै सरल र राम्रो छ | viber बाट कल गर्दा वा रिसिभ गर्दा नर्मल फोन प्रयोग गरे जस्तै हुन्छ , फरक यती मात्रै हुन्छ कि viber प्रयोग गर्दा पर्पल रंगको ब्याक्ग्राउँड देखिन्छ |
के यो साच्चै नि : शुल्क हो त ?
तपाइले viber प्रयोग गर्दा ध्यानदिनु पर्ने कुरा के हो भने , तपाई कुन मध्यमबाट इन्टरनेट संग कनेक्टेड हुनुहुन्छ : वाई फाई या 3G | यदि तपाईवाई फाई चलाउदै हुनुहुन्छ भने तपाइको फोन को ब्यालेन्स कम हुदैन तर यदि 3G चलाउदै हुनुहुन्छ भने तपाइलेविचार पुर्याउनु पर्ने हुन्छ | Viber बाट १ मिनेट कल गर्दा लगभग २४० किलो-बाइट ब्यान्ड्विथ रेट खपत हुन्छ | जसको मतलब यदी तपाइले नेपाल टेलिकमको 3G सर्भिस प्रयोग गर्दै हुनुहुन्छ भने १ मिनेट कल गरेको लगभग ३६ पैसा तपाइको फोनको ब्यालेन्सबाट काटीनेछ |
साभार: dursanchar
No comments:
Post a Comment