Thursday, April 18, 2013

६५ किलोको घोडा जत्रै खसी !

कृषकले सडकमा डोर्याएको पशुलाई झट्ट हेर्दा खच्चड घोडाजस्तै देखिन्थ्यो । सोधखोज र मोलतोल गर्नेको चासो उत्तिकै थियो । बिहीबार धनकुटा सदरमुकामस्थित हुलाक टोलमा धनकुटा ५, माथिल्लो कोप्चेका दिलबहादुर मगरले ५ फिटभन्दा अग्लो ‘बाकटे’ खसी डोर्याउँदै हिँडेको दृश्य हो यो । मोल गर्ने क्रममा बढाबढ नै भयो । २५ हजारसम्म मूल्य दिने ग्राहक आए पनि मगर चित्त बुझेन । खसीको तौल ६५ किलोग्राम थियो । तौलअनुसारको मूल्यभन्दा आफ्नो लगानी चित्तबुझ्दो नभएपछि मगरले खसीलाई झापाको बिर्तामोर्डमा माग भएकाले उतै लैजाने बताए । ‘त्यहाँ भनेजस्तै मूल्य पाइन्छ कि,’ उनले भने ‘कम्तीमा ३० हजारसम्म दिए बेच्नेछु ।’

No comments:

Post a Comment