Sunday, April 7, 2013

जापानमा अध्यनरत बिद्यार्थी माथि सरकारको धरपकड

टोकियो, चैत्र २४ - बिद्यार्थीहरुको गन्तब्य स्थान बन्दै आएको जापानमा जुलाई देखि जापान सरकारले बिदेशी नागरिकहरुलाई भिषामा कडाई गर्न थालेका छन् l कडाइ गरे लगतै नेपाली बिद्यार्थी र परिवार भिषामा आई बसोवास गर्नेहरुमा त्रास पैदा भएको छ l

नेपालीहरु मुख्य त बिद्यार्थी, कुक, परिवार र बिजिनेस भिषामा जापान आउने गरेका छन् l २० हजार भन्दा बढी नेपालीहरुको बसोवास रहेको जापानमा जुलाई देखि एकाएक भिषा नियम परिवर्तन लगतै परिवार भिषामा रहेकाहरुलाई टोकियो, नागोया, ओसाका र आसपासका क्षेत्रबाट धेरैको भिषामा अवरोध खडा गरेका थिए l अप्रिल सेसनमा बिद्यार्थीहरुले भिषा थप र स्कुल परिवर्तन गर्ने समय भएकोले विद्यार्थीले भिषाका लागि निवेदन दिने गर्छन l

भिषा परिवर्तन किन ?
नेपाल अर्थतन्त्रको हिसाबले कमजोर रहदै आएको छ l जीविकोपार्जनका लागि उपयुक्त रोजगारी र व्यवस्थित राज्य प्रणाली र अस्थिर राजनीतिक माहोलका कारण नेपालीहरु विदेशिने गरेको भेटिन्छ l नेपालीहरु अत्याधिक बिकशित मुलुकमा सहजै प्रवेशका लागि एक मात्र हतियार बिद्यार्थी भिषा हो l सरल र सहजै प्रवेश गर्न सकिने हुनाले नेपालीहरुको उपस्थिति जापानमा बाक्लो रहेको छ l त्यस्तै गरी बिद्यार्थी र कुक भिषामा आउनेले आफ्नो परिवार ल्याउन पाउने व्यवस्था रहेकोले पनि जापानलाई गन्तब्य स्थानको रुपमा बिकाश गरिएको छ l
बिद्यार्थी र पारिवारिक भिषामा रहनेलाई हप्ताको २८ घण्टा भन्दा बढी गर्न नमिल्ने व्यवस्था जापान सरकार गरेको छ l त्यसका बाबजुत जापानमा बस्नुको उदेश्य बढी भन्दा बढी कमाउने अनि नेपाल फर्कने सोचाइ राख्ने गरिएकोले बिद्यार्थी र पारिवारिक भिषामा रहेकाहरुले तोकिएको समय भन्दा बढी काम गर्ने गरेकोले जापान सरकारले कढाई गर्न सुरु गरिएको अनुमान लगाउन सकिन्छ l फरक फरक बैंक खातामा रकम कम्पनीले दिने रकम राखिएमा समस्या नहुने भन्ठान्ने नेपालीहरुलाई एक पटक पुन अर्को धक्का पुगेको छ l इमिग्रेशनले जापानको कुनै पनि कम्पनीमा काम गरेता पनि डाटा रहने कुरामा नेपालीहरु भ्रमित रहेको छ l जापान सरकारले बारम्बार त्यसो नगर्न भनिएता पनि प्रवाह नगरी काम गर्ने गरेका छन् l जापान सरकारले जापानमा रहदाको समयमा बस्न र खान पुग्ने गरी तोकिएको समयमा काम गरिएमा पुग्ने देखिन्छ l

बिद्यार्थीहरु के भन्छन ?
जापानमा रहेका बिद्यार्थीहरु फर्कनु पर्ने बाध्यता र नेपालबाट उत्साहित बनि प्रवेश गर्नेको संख्या बढ्नुले एजुकेशन कन्सल्टेन्सीको प्रलोभन नै मुख्य समस्या रहेको बताउछन l जापानको वास्तविक जीवनको बिषयमा कन्सल्टेन्सीले नबताउनाले भर्मित भै आउनेको संख्या बढी रहेको छ l बिद्यार्थी भिषामा आउने धेरै बिद्यार्थीको उदेश्य पैसासंग जोडिएको र कमैको मात्र उच्च शिक्षा हासिल गर्ने मनसाय रहेको बुझिन्छ l थोपरिएको आश्वासनले ग्रसित भै आउनाले बास्तबिक जीवन के भनि बुझ्दै चिन्तित बनेका छन् l केहि बिद्यार्थी भिषा परिवर्तन गरी पेशा व्यवसायमा जोडिने गरेकोले पनि जापान रोज्ने गरेको भेटिन्छ l अप्रिलमा भिषा थपको प्रक्रियामा रहेका केहि बिद्यार्थीहरुको भिषा नलाग्ने पक्कापक्की भएको खवर नेपाल सन्देशलाई प्राप्त भएको छ l

जापानमा रहेको बिद्यार्थी समाज नेसाज के भन्छ ?
जापानमा बिद्यार्थीको समस्यासंग जोडिदै आएको एक मात्रै गैर राजनैतिक सस्था नेपाल बिद्यार्थी समाज, जापान हो l यो सस्थाको पुर्व अध्यक्ष्य कृष्ण भेटवालसंग बिद्यार्थी भिषा थप नहुनुका कारण  बारे नेपालसन्देशसंग कुरा गर्दै भन्नु भयो- पढाईमा भन्दा काममा ध्यान दिइनु, जापान सरकारको नियम पालना नगरिएको अवस्था, नेपालबाट भ्रममा परि आउनाले समस्या उत्पन्न भएको बताउनु हुन्छ l जापान सरकारले भिषा नदिने कारणहरु वारेमा सोधिएको प्रश्नमा उहाले थप्दै भने – यस क्षेत्रसंग सहकार्य नेसाजले गर्दैन तर पनि सरकारले लागु गरिएको न्युनतम नियम पालना गर्नु पर्नेमा जोड दिनु भयो l अर्थतन्त्रमा फरक पार्ने देखिन्छ भनेर सोध्दा उहा भन्नु हुन्छ- बिद्यार्थी भिषा नलाग्नाले जापानको अर्थतन्त्रसंग कुनै फरक नपर्ने समेत जानकारी दिनु भएको छ l एउटा कुरा सत्य हो जापानका अधिकांश युवा अष्ट्रेलिया, मलेसिया लगायत देशमा बढी जान रुचाइएको तथ्यांकले देखिएकोले केहि असर पर्ने त देखिन्छ तर धेरै फरक नपर्ने कुरा प्रति भ्रममा नपर्न आग्रह गर्नु भएको छ l
यस्तै हुदै जाने हो भने नेपाली बिद्यार्थीहरु घट्दै जाने देखिन्छ l यसरी घट्दै गएमा जापानलाई समेत घाटा हुनेमा संका छैन l जापानको अधिकांश कम्पनीमा बिदेशी बिद्यार्थी र पारिवारिक भिषामा आउनेको संख्या अत्याधिक रहेको छ l बिद्यार्थी फर्काउने प्रक्रिया वृद्वि हुदै गएमा जापानको अर्थतन्त्रमा असर पुग्ने जापानमा रहेका बिद्यार्थीहरु र व्यवसाय गरि बसेकाहरुको बुझाई रहेको छ l आगामी दिनमा जापान सरकारले कस्तो कदम चाल्छ हेर्न भने बाकि नै छ l
स्मरण रहोस जापान सरकारले तोकिएको समय काम गर्ने कमै भेटिने गरेको देखिन्छ l

No comments:

Post a Comment