Saturday, April 27, 2013
प्रसंग प्रचण्डको भारत भ्रमण : रबिन्द्र श्रेष्ठ
दलगत अबिश्वासका कारण देश प्रधान न्यायाधिश नेतृत्वमा अघि बढिरहेको छ l दलहरुको तछाडमछाडको बीचमा एमाओबादी अध्यक्ष्यको हैसियतमा भ्रमण तय गरिएकोले अर्थ पूर्ण रुपमा एमाओबादीले लिएता पनि खासै अर्थ पूर्ण नहुने पक्कापक्की छ l
उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्यको हैसियतसमेत भन्दै आइरहेका प्रचण्डको भ्रमण बारे परराष्ट्र र सम्बन्धित मुलुकका दूतावासले औपचारिक जानकारी समेत गराएका छैनन् l प्रचण्ड भ्रमण नितान्त पार्टीगत हुने भएकाले भारत सरकार समक्ष गरिने मौखिक प्रस्ताबहरु र समसामयिक छलफलले सम्झौताको रुप नपाउने साथै अर्थ राजनीतिमा समेत कुनै सुधार नआउने भएकाले पनि खासै प्रभाब नपर्ने देखिन्छ l
सिमा सम्बन्धमा धेरै पटक कुटनीतिक पहल गरिएता पनि भारत सरकारले कानमा तेल हालेर बसिरहेकोले प्रचण्डले राष्ट्रियताको सवालमा बोल्ने हिम्मत गरे भने पनि कुनै अर्थ हुनेछैन l किन कि प्रचण्ड राष्ट्रिय राजनीतिका प्रमुख मानिएता पनि सरकारको नेतृत्व गैर राजनैतिक दलको भएकोले भारत सरकार मौन रहनेछ l
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment